Top Navigation
Main Navigation
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, जेठ ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक : अध्यक्ष प्रचण्ड
समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक : अध्यक्ष प्रचण्ड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ १२, २०७८

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएको छ। 

योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहाल (प्रचण्ड)ले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताएको हो। 

समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको अध्यक्ष दाहाल (प्रचण्ड)ले जानकारी दिएका हुन्। आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको अध्यक्ष दाहालको भनाइ थियो। 

समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा (एमाले) सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो। 

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो।” अध्यक्ष दाहालले अगाडि भने, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ। यसतर्फ युवा सचेत हुन आवश्यक छ।” अर्को प्रसङ्गमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।  

अध्यक्ष दाहाल (प्रचण्ड)ले भने, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ। यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ।” 

भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै अध्यक्ष दाहाल (प्रचण्ड)ले भने, “यो ४० वर्षको समीक्षा मैले गरेको छु।” 

भेला सफलताको शुभकामना दिँदै अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले समाजवादको दिशा निर्माण गर्न पार्टी नेतृत्वलाई सहयोग गर्ने दायित्व वाइसिएलको काँधमा रहेको बताए। 

कम्तीमा १५ लाख युवालाई वाइसिएलमा सङ्गठित गरी उनीहरूलाई उत्पादन र रोजगारीमा जोड्ने गरी योजना बनाउन वाइसिएल नेतृत्वलाई अर्थमन्त्री एवं माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख शर्माले निर्देशन दिए भने वाइसिएललाई अब परिवर्तनको उपलब्धिको रक्षा गर्ने, रक्षकको रूपमा, सामाजिक, सांस्कृतिक रुपान्तरण, आर्थिक विकास र समृद्धिको संवाहकको रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रदेश-१ का माओवादी केन्द्रका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश-२ का माओवादी केन्द्रका नेता अच्युतम काफ्ले, वाग्मती प्रदेश माओवादी केन्द्रका सहइञ्चार्ज नारायण दाहाल, गण्डकी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज हितराज पाण्डे, लुम्बीनी प्रदेश माओवादी केन्द्रका इञ्चार्ज चक्रपाणि खनाल, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका सहइञ्चार्ज महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री त्रिलोचन भट्टले भर्चुअल माध्यमबाट भेला सफलताको शुभकामना दिए। 

यस्तै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, नेकपा (एकीकृत समाजवादी) सम्वद्ध युवा सङ्घका महासचिव दीपक जिएम लगायतले भेला सफलताको शुभकामना दिएका थिए।   

नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेला आजदेखि शुरु भएको छ। भोलिसम्म चल्ने भेलाको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरेका हुन्। 

भर्चुअल माध्यमबाट भइरहेको भेलाको काठमाडौँमा भने उद्घाटन कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो। सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाइरहेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। 

वाइसिएल अध्यक्ष सापकोटाले भेलामा अबको युवा आन्दोलनको राजनीतिक कार्यदिशा, अबको सङ्गठनात्मक कार्यदिशा कस्तो हुने र कस्तो नेतृत्व प्रणाली गर्नेबारे गम्भीर बहस गर्ने, ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। 

भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेका छन्। भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १८:४०
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु शुक्रबार, वैशाख २५, २०८३
भदौ २४ को घटनामा सरकारको मौनता किन ?
भदौ २४ को घटनामा सरकारको मौनता किन ? सोमबार, वैशाख २१, २०८३
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ? आइतबार, वैशाख २०, २०८३
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा   
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा    मंगलबार, वैशाख १५, २०८३
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन सोमबार, वैशाख १४, २०८३
लोकतन्त्रको यात्रा र यथार्थ
लोकतन्त्रको यात्रा र यथार्थ शुक्रबार, वैशाख ११, २०८३
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्