Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • चाडपर्व आउँदै, निषेधाज्ञा हटाउँदै, कोरोना फैलाउँदै 
चाडपर्व आउँदै, निषेधाज्ञा हटाउँदै, कोरोना फैलाउँदै 
अनुषा थापा
अनुषा थापा शनिबार, भदौ १२, २०७८

साउन महिना लागेसंगै चाडपर्वहरुको ओइरो लागेको छ। कहिले साउने व्रत त कहिले गाईजात्रा। जुन चाड पर्व आएपनि यस्तो कोरोना कहरबीच भीडभाड भन्दा अरु केही छैन्। गाईजात्रा मनाउने क्रममा भक्तपृर दरबार स्क्वायर वरिपरि कत्रो भीड देखियो। 

कोरोनाको जोखिम बढेकाले भक्तपुरको प्रजिअले भीड नगरी मनाउन आग्रह गर्योे। तर प्रजिअकै कमी कमजोरीको कारणले गर्दा हजारौ सर्वसाधारण स्वास्थ्य मापदण्डको पालना नगरी गाईजात्रा मनाउनका लागि जम्मा भए। 

त्यस्तै साउन महिनामा महिला व्रतालुहरुको भीड पशृपतिनाथ मन्दिरमा उत्तिकै देखियो। स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै व्रतालुहरु पशुपतिनाथमा जम्मा भएका थिए। नेपालमा साउन महिना लागेसंगै चाडपर्वको आगमन शुरु हुन्छ। 

चाडपर्व लागेसंगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने पनि यत्तिकै हुन्छन्। स्वास्थ्य मापदण्ड पालना नभएसंगै कोभिडको नयाँ भेरियन्ट देखा पर्छ। धमाधम चाडपर्व आइरहेका छन्। चाडपर्वसंगै संक्रमण दर बढ्न सक्ने अवस्था पनि देखिएको छ।  

देशभर कति जिल्लामा अझै पनि निषेधाज्ञा जारी नै छ। उपत्यकामा सिडियो कार्यालय निषेधाज्ञा जारी नै छ भन्दै सूचना निकालेका छन्। तर कसैले टेरेको भने होइनन्। 

सबैभन्दा बढी कोरोना संक्रमित उपत्यकाका तीन जिल्लाका सर्वसाधारणलाई देखिएको छ। देशभरको सक्रिय संक्रमित मध्ये उपत्यकामा मात्र झण्डै एकतिहाइ रहेको छ। उपत्यकामा लगाएको निषेधाज्ञा नाममा मात्र बाँकी रहेको छ। जहाँ हेर्योे मानिसहरुको भीड यत्तिकै छ। मृखमा मास्क छैन्। सामाजिक दुरीको पालना गरिएको छैन्। 

हवाईजहाजदेखि लिएर बाटोमा गुड्ने सवारी साधनले समेत स्वास्थ्य मापदण्ड पालना गरेका छैनन्। तैपनि अनुगमन कही पनि गरिएको छैन्। निषेधाज्ञा झन् कडा गर्दै लानुपर्ने ठाउँमा कोरोना सक्रमण बढाउनका लागि सिडियोहरुले खुला छोडिदिएको छ। भोलि कोरोना संक्रमणको दर बढ्दै गयो भने यसको जिम्मा कसले लिन्छ? 

अस्पतालमा बेड नभएर भुइँमा राखेर उपचार गर्नुपर्ने दिन आँउछ। उपचार नपाएर कतिले कोरोनाकै कारण संसार त्याग्नुपर्ने स्थिति आँउछ। त्यतिखेर राज्यले के गर्छ। एउटा नागरिक बनाउनको लागि सरकारको कति लगानी छ। एउटा नागरिक गुमाउदा राज्यलाई कति घाटा हुन्छ? 

अस्पतालमा हेर्यो सर्वसाधारणको चाप यत्तिकै छ। खोप लाउने ठाउँमा पनि मानिसहरुको घुइँचो उत्तिकै छ। यातायात कार्यालय, मालपोत, बैंक फाइनान्स, होटलहरुमा पनि मानिसहरु भीड उत्तिकै देखिन्छ। देशकै जेठो अस्पताल भनेर चिनिने वीर अस्पतालमा सेवाग्राहीको भीडले गर्दा खुट्टा टेक्ने ठाउँ छैन्। 

को कोरोनाको बिरामी, को अरु कुनै रोगी भनेर चिन्नै मुश्किल छ। सबैजना एकैठाउँमा कुनै सभामा भेला भएर बसेजस्तो देखिन्छ। देशकै जेठो अस्पताल वीरमा त कोरोनाको पीर छ भने अरु अस्पतालको हालत बारे सोचौं। 

वीर अस्पतालको टिकट काट्नेहरुको अव्यस्थित लाइनले कतिको मनस्थितिमा कोरोना हराई सकेको हो र? भन्ने प्रश्न पैदा हुन्छ। सरकारको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने वीर अस्पतालमा कोरोनालाई लिएर चरम लापरबाही गरिएको स्पष्ट देखिन्छ। वीर अस्पतालमै मात्र होइन्। सिभिल अस्पताल तथा अन्य सरकारी र निजी अस्पतालमा सेवाग्राहीहरुको भीडभाड उत्तिकै देखिन्छ। 

कोरोनाको कारण दिनहुँजसो मृत्यृ हुनेको दर बढ्दो छ। यसरी दैनिकी कोरोनाको कारण मानिसहरुले ज्यान गुमाउँदा राज्यले निकै ठूलो क्षति व्यहोर्नु परेको छ। एउटा नेपाली आमाको कोखबाट बच्चा जन्मिन्छ। त्यो बच्चा हुर्काउनलाई उसको परिवारको कति लगानी भएको हुन्छ। 

परिवारको मात्र नभएर राज्यको पनि लगानी हुन्छ। ऊ ठूलो हुन्छ। राज्य र आफ्नो परिवारको लागि केही गर्छ भन्ने आशा बोकेका धेरै हुन्छन् । तर कोरोनासंगै उसको परिवारले पनि त्यो आश गुमाउनुपर्छ। राज्यलाई कर तिर्ने एउटा नागरिकमा कमी हुन्छ। 

फेरि अर्को जन्मेको बच्चाबाट कर पाउन त राज्यले बर्षो कुर्नु पर्ने हुन्छ। कोरोना लागेको एउटा व्यक्ति उपचार गर्न राज्यको ढुकृटीबाट कति राजस्व खर्च भएको छ। एउटा नागरिकको उपचारमा राज्यले कति लगानी गर्नुपरेको छ। किनकि राज्यको सबैभन्दा प्रथम दायित्व भनेको आफ्नो देशको जनताको बाँच्ने अधिकार सुनिश्चित गर्नु हो। 

राजनीतिक दलहरुलाई त कोरोना आएको दशै आएजत्तिकै भएको छ। सभा, भेला, पूजापाठ, संस्था खोल्दै हिडेका छन्। विश्वभर कोरोना फैलिएको छ। सबै राष्ट्रले आफ्नो देशको नागरिक बचाउन विभिन्न स्वास्थ्य मापदण्ड अपनाएका छन्। नेपालका नेताहरु कार्यक्रम भ्रमण गर्दै ताली बजाउदै हिडेका छन्। 

स्वास्थ्य मापदण्ड पालना नगर्नेमा सर्वप्रथम नेताहरुलाई नै लिनुपर्छ। यसका सिधा अवसरचाहि व्यापारीहरुले लिएका छन्। नेताहरुले जे गरेपनि केही नहुने रहेछ। उनीहरुले भीडभाड गर्दा पनि कोरोना नफैलिने। कोरोनाले पनि नेता र व्यापारी चिन्दो रहेछ। 

व्यापारीहरुले पनि सरकारले बनाएको स्वास्थ्य मापदण्ड बेवास्ता गरेका छन्। हुन त ठूलाले जे गर्छन् सानाले त्यसकै सिखो गर्छन्। सरकारी कर्मचारीहरुलाई तलबभत्ता र कमिशनभन्दा अरु केही पनि चाहिदैन्। जनता मरुन् कि बाचुन् सरकारी कर्मचारीलाई केही मतलब नै छैन। कोरोनाको कारणले सरकारी कर्मचारी मालामाल भएका छन्। काम नै नगरि तलबभत्ता पनि पाएका छन् । सरकारी कर्मचारीलाई त कोरोना दशै मनाए जत्तिकै भयो। 

२०७८ साउन २७ गतेबाट भदौ ५ गतेसम्म राति ८ बजेपछि बिहान ६ बजेसम्म सार्वजनिक र निजी गाडीहरु चल्नमा प्रतिबन्ध लगाइएको थियो। यो निर्णयले पनि कोरोना केही हदसम्म कम गर्न निकै मद्दत पुर्याएको थियो। किनभने राति ८ बज्नुभन्दा अगाडि नै सबै आफ्नो घर पुगिसक्थे। रेष्टुरेन्ट तथा होटलहरु ७ बजे नै बन्द भइसक्थे। जसको कारणले सरकारलाई पनि कोरोना नियन्त्रणमा केही मद्दत पुगेको थियो। 

राति ८ बजेपछि गाडी चल्नमा प्रतिबन्ध लगाएको समयमा स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना चार्टमा पनि कोरोना संक्रमितको दरमा कमी आएको थियो। बेलुका फुट्पाथमा हिड्नेहरुको संख्यामा पनि कमी आएको थियो। बाटोमा मानिसहरुको चहलपहलमा कमी आएको थियो। 

तर सरकारले राति गाडी गुड्न लगाएको प्रतिबन्ध हटाएसंगै कोरोना पनि पहिल्यै कै स्थितिमा आएको छ। मानिसको भीड पनि उत्तिकै बढेको छ। मानिसहरुले कोरोना हराइसकेको जस्तो व्यवहार गरेका छन्। यसले झन् भयानक रुप देखाउने भनाई विज्ञहरुको छ। 

केही दिन यता उपत्यकामा सक्रिय सक्रमितको दरमा उकालो लागेको छ। काठमाडौमा दैनिक चार, पाँच सयको हाराहारीमा कोरोना संक्रमितको संख्या थपिइरहेका छन्। सक्रिय संक्रमित घट्नु पर्ने ठाउँमा झन् बढिरहेको छ। तैपनि कोरोनाको वास्ता कसैले गरेको छैनन्। कोरोना केही होइन् भन्दै मानिसहरु मग्न मस्त भएर बसेका छन्। अनुषा थापा
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्