Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महामारीमा आत्महत्याको कहर
महामारीमा आत्महत्याको कहर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज २, २०७७

मर्ने रहर कसैलाई हुंदैन । तर, नमर्ने शहर हुदैन भनेजस्तै कोरोना कहरको वर्तमान समयसम्म मर्नेको कमी छैन्। रोग लागेर तथा कालगतिले मर्नेहरुको स्वभाविक मृत्युमा मन सम्हाल्न नसक्ने गरेर रुने गर्दछ। अझ रोग नै नलागिकन र कालगति नै नभइकन मर्नेहरुको अस्वभाविक मृत्युलाई सहज र सरल भाषामा आत्महत्या भन्ने गरेको छ। 
     
कोरोना कहरमा यसरी अस्वभाविक मृत्यु वहन गर्नेहरुको निक्कै बृद्धि भएको छ। नेपालमा महामारीको पहिलो तीन महिनाको अवधिमा मात्रै १८ सयभन्दा बढीले र दिनमा सरदर २० जनाले आत्महत्या गर्छन् भन्ने तथ्यांकले देखाएको छ। यसवाट हाम्रो समाजमा कति गहिरो निराशा, बेचैनी र मानसिक पीडा छ भन्ने स्पष्ट हुन्छ। 
    
त्यसमाथि रिपोर्ट नगरिएका र असफल आत्महत्याहरूको अज्ञात संख्या जोडेर हेर्दा त समस्या विकराल नै देखिन्छ। यद्यपि, अहिले भएका सबै आत्महत्याको कारण महामारी नै हो भनेर यसै किटान गर्न मिल्दैन। जसरी कोरोना संक्रमणबाट मानिसको मृत्यु क्रोनिक समस्याबाट बढी हुन्छ, त्यसैगरी अहिले भएको आत्महत्या पनि पहिले नै विद्यमान मानिसको व्यक्तिगत मानसिक स्वास्थ्य स्थिति र समाजको ऐतिहासिक असमानतासँग जोडिएको हुन सक्छ ।
     
नेपालमा  आत्महत्याको कारण पारिवारिक र सार्वजनिक वृत्तमा हुने सूक्ष्म तर घातक शक्ति–संघर्ष नै देखिन्छ, र बृहत्तर रूपमा हेर्दा घरायसी कलह र सार्वजनिक बहिष्करणको कारक मुलुकको विद्यमान असमान अर्थ–राजनीतिक संरचनामा पुगेर रोकिन्छ । अहिलेको नव–उदारवादी अर्थतन्त्रले मानसिक रोगलाई निम्त्याउन सहयोग त गर्छ नै, यसको उपचारमा पनि न्यूनकारी विधिलाई ग्राह्यता दिन्छ । 
    
महामारीको बेला विशेषत मानिसमा चरम निराशा तथा भविष्यको पीडाले अत्यन्त महत्वपूर्ण हुने गरेको छ। विचलित मनमा चरम आर्थिक अभावले आत्महत्या जस्तो जघन्य अपराध गर्न मानिस पछि पर्दैनन्। 
    
आत्महत्या गरेर मर्नेहरुलाई आत्महत्या समाधान होइन भन्ने मात्र थाहा भएको भए, निश्चित रुपमा उनीहरुले आत्महत्या गर्दैन्थ्योहोला। आत्महत्याले धेरैभन्दा धेरै समस्या जन्माउंछ भन्ने कुरालाई विचारै नगरिकन हतास मानसिकताले गर्ने गंभीर अपराध हो। आत्महत्या भनेको आफैमाथि गरेको ठूलो अपराध हो । यस संवन्धमा राज्य र सरकारले महामारीको वर्तमान अवस्थामा सचेतना अभियान संचालन गर्न आवश्यक छ । 
     
त्यस सचेतना कार्यक्रममा महामारीबीच धेरै मानिसले आत्महत्या गर्नुपर्ने कारण दुई किसिमका कारण हुन सक्छन् भनेर सचेतना अभियान अगाडि बढाउनु पर्दछ। पहिलो- तत्कालको पारिवारिक समस्या र समाज अनि राज्यबाट भइरहेको अन्याय र उपेक्षा। दोस्रो-पहिले नै भएका व्यक्तिगत र संरचनागत समस्याहरूको प्रस्फुटन।

यी दुई कारणवाट निराकरण गर्ने सामाजिक उत्तरदायित्वपूर्ण उपचार माध्यम खोजिदिने जस्ता कार्य गर्न र गराउन आवश्यक छ। जसवाट महामारीको वेला आत्महत्यालाई न्यूनिकरण गर्न सकिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्