Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • प्रविधियुक्त नाैलाे कृषि क्रान्तिको आवश्यकता
प्रविधियुक्त नाैलाे कृषि क्रान्तिको आवश्यकता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज २, २०७७

कृषि प्रधान मुलुक हाम्रो देशमा केही वर्षयता विदेशबाट फर्किएकाहरुले विदेशको सीप स्वदेशमा प्रयोग गर्दै व्यावसायिक खेतीका रुपमा तरकारी तथा फलफूलको खेती गरिरहेका छन्। अब धान, गहुँ, मकै, कोदो, फापर, जौ, दलहन, तेलहनलगायतका बालीनाली उत्पादन गर्नेतर्फ पनि आकर्षण बढाउनुपर्छ। 
     
केही वर्षअघिसम्म धान, मकै, गहुँजस्ता बालीनाली लगाइने कैयौं हेक्टर जमिन हाल बाँझै छन्। सार्वजनिक जग्गा पनि उत्तिकै खेर गइरहेछन्। अब शहरीकरणका नाउँमा उब्जाउयोग्य जमिनलाई स–साना टुक्रामा खण्डीकरण गरी घरघडेरीमा परिणत गर्ने कार्य रोकी स्थानीय निकायले व्यावसायिक खेतीको योजना अघि बढाउनुपर्छ।
    

यसरी खेती गर्दा जग्गाधनी, कृषक र कृषि मजदुरलाई उपलब्ध गराउनुपर्ने भाडा, मुनाफा र पारिश्रमिकको उचित व्यवस्थासमेत कृषि विकास कोषको सहयोगमा स्थानीय निकायमार्फत गर्नुपर्छ । अब कृषि विकासमा नयाँ–नयाँ सीप, सक्रियता, प्रविधि, बीउबिजन, मल, औषधि भित्र्याउनुपर्छ । नमुना कृषि, प्रेरणा कृषि र उत्कृष्ट कृषि प्रणालीलाई स्थायित्व दिन कृषि प्रवद्र्धनका लागि भूमि व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हो ।
     
मुख्यतया प्राविधिक सेवा र कृषिविज्ञको परामर्शसहितको कृषिकार्य अघि बढाउनुपर्छ । हामीकहाँ समय–समयमा ठूला क्षेत्रफलमा लगाइएका धानमा बाला नलागेका, मकैमा घोगा नलागेकाजस्ता किसानका मर्का समाचारमा आइरहन्छन्। धानको वास्तविक मूल्य किसानले नपाएका गुनासा बर्सेनि दोहोरिन्छन् ।      

धान, उखुलगायतका उत्पादित अनाजले बजार नपाएर कुहिएका, मिल्किएका र किसान सडकमा आल्दोलन गर्दै रोएका घटना बर्सेनि देखिन्छन्। बैँकबाट ऋण लिएर गरिएका कृषि उत्पादन समयमै नबिक्दा र उचित मूल्य नपाउँदा आजित भएर कृषि पेसा नै छाड्ने किसानका पीडाप्रति सरकार संवेदनशील हुनुपर्छ ।
    
वर्षमै दुई बाली धान, तीन बाली मकै र तीन बाली आलु फलाउन सकिने उर्वर माटोको पहिचान गर्न र गराउनु आवश्यक छ। यसलाई उपादन गरेर सहजै बजार पुर्याउने र किसानलाई सेवा–सहयोग अनि उत्पादनको मुनाफा प्रदान गरी प्रोत्साहित गर्ने रणनीति तिनै तहका सरकारले अवलम्बन गर्नुपर्छ । आधुनिक कृषि सामग्री र व्यावसायिक कृषि प्रणालीसहित कृषि पेसालाई उन्नत बनाउने अभियानको आरम्भ गर्नुपर्छ । कृषि अनुदान, सहुलियतसँगै बिमा र बजारको व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ। 

गाउँ–गाउँमा कृषि मजदुर नभएर खेती बाँझिए भनेर गुनासा गर्ने पाका किसानका समस्या समाधान गर्न र आधुनिक कृषि प्रणालीलाई अघि बढाउन पैदल यात्रा कैयौं दिन हिँडेर आ–आफ्ना थातथलो पुगेका मजदुरहरुलाई अब स्थानीय निकायकै तजबिजमा व्यावसायिक खेतीमा आकर्षित गर्न सकिन्छ । लाखौँको संख्यामा विदेशबाट भित्रिइरहेका युवाहरुलाई रोजगार तथा स्वरोजगार उपलब्ध गराउने सहज र उपयोगी क्षेत्र भनेको पनि हाललाई व्यावसायिक कृषि उद्यम नै हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्