Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था
लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, असोज २, २०७८

महिला र पुरूष भएकै नाताबाट समुदायले निर्धारण गरेअनुसार पुरूषले गर्नुपर्ने काम तथा महिलाले गर्नुपर्ने कामहरूको वर्र्गीकरणलाई लै‌गिक विभेद भनिन्छ। हाम्रो समाजमा व्याप्त अशिक्षा, रूढीवादी एवं परम्परागत सामाजिक मान्यता र धारणा, लैंगिक भेदभावपूर्ण कानूनी व्यवस्था, सामाजिक, आर्थिक एवं राजनैतिक क्षेत्रमा महिला सहभागीताको कमी, शक्ति संरचनामा पुरूषहरूको बाहुल्यता र महिलामाथि महिलाले समेत शोषण गर्ने प्रवृत्ति जस्ता कारणले गर्दा लैंगिक विभेद एक जटिल समस्याको रूपमा झाङ्गिदै गएको पाइएको छ। 

त्यसो त लैंगिक विभेद न्यूनीकरणको प्रयास नेपालले गरेको पनि छ। हालै सार्वजनिक गरिएको लैंगिक असमनता सूचक अनुसार नेपाल ११२आंै स्थानमा उक्लिन सफल भएको तथ्यले पनि यो कुरालाई पुष्टि गरेको छ। यसलाई सकारात्मक रुपमा लिन सकिन्छ। यद्यपि, पित्तृसत्तात्मक समाज जहाँ गर्भधारणदेखि नै छोरीमाथि विभेदकारी सोचको विजारोपण सुरु हुन्छ।

अनि धार्मिक एवं सामाजिक परम्पराअनुसार छोरालाई छोरीको भन्दा बढी महत्व दिइन्छ। नारीलाई बस्तुको रूपमा लिइन्छ भने यस्तो अवस्थामा लैंगिक समानता कायम गराउन राज्यले ठूलै कसरत गर्नुपर्ने अवस्था छ। समाज परिवर्तन संग–संगै महिलामाथिको विभेद र थिचोमिचो विरूद्ध विभिन्न संघर्ष हुँदै आएका छन्।  

यस्ता संघर्षले महिलामाथि हुने लैंगिक विभेद घटाउन सहयोग पनि मिलेको छ। यसो भएतापनि पर्याप्त भने छैन्। समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो! जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो। तर, आज समय बदलिएको छ। बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेका छन्।

जसको प्रमाण हो नीति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका हो। यो भूमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन्।  अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन्। घरको चौघेराभित्र जीवनलाई सिमित पर्नु पर्ने बाध्यतालाई आजभोलि महिलाले चुनौति दिदै समाजमा आफ्नो क्षमता मार्फत पहिचान बनाउन सफल भएका छन्। 

महिला, समाजका शक्ति हुन्, महत्वपूर्ण अंग पनि। हाम्रो समाजमा अझै पनि महिलालाई अगाडि आउन दिइदैन। त्यसैले उनीहरु सक्षम हुँदाहुदै पनि पछाडि पर्न बाध्य छन्। चेतना र  शिक्षा, महिलाको विकासका लागि प्रमुख बाधा हुन्। 

त्यसैले अहिले राज्य, सरकार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले महिला सशक्तिकरणका कामहरु गरिरहेका छन्। यस्ता कार्यक्रमले सकारात्मक नतिजाहरु पनि ल्याएका छन्। महिलाले समाजमा अवसर पाए मुलुक परिवर्तन गर्न सक्दछन्। 

यस्तो अवसरका लागि आजभोलि महिला स्वयम जागरुक हुँदै पनि गएका छन्। जसवाट हाम्रो घर समाजमा विकसित भइरहेको  लैंगिक विभेदलाई जरैदेखि न्यूनीकरण गर्न टेवा मिल्न गएको छ। 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव बुधबार, मंसिर ४, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्