Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जनताको साथ र सहयोगले काममा चुनौति नै आएन : वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ
जनताको साथ र सहयोगले काममा चुनौति नै आएन : वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, असोज २, २०७८

पश्चिम नेपालको तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप :–

यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ ! पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ?

चौध/पन्ध्र वर्ष पहिला कर्मचारीहरुले चलाएर बसेको अवस्था र अहिले जनप्रतिनिधिहरु जुन स्थानिय निर्वाचन भइसकेपछि आएको नयाँ नयाँ गतिविधि र योजनाहरु हामीले आफ्नो वडामा अगाडि बढाएका छौं। सर्वसाधारणहरु कोही पनि बेखुशी हुनुहुन्न। सबै जना खुशी नै हुनुहुन्छ । 

विशेष गरी कस्ता खालका कामहरु भएका छन् यो नगरपालिकामा ?

वास्तवमा भन्ने हो भने म जनप्रतिनिधि नहुँदा पनि म नगरपालिका टोल विकास  समितिको नगर संयोजक थिए। त्यतिखेरको अवस्थामा पनि म सबैसंग समन्वय गरी हातेमालो गर्दै विकास निर्माणका कामहरु गर्दै आइरहेको थिए। अहिले म जनप्रतिनिधि भैसकेकेको अवस्थामा पनि हामीले पहिलो काम नै अनसन चौतारा भन्ने निर्माण गर्याै‌। शायद यस्तो ठूलो चौतारा नेपाल अधिराज्य भरी नै छैन होला। त्यसपछि हस्पिटल जाने बाटो निर्माण गर्याै। स्थानिय स्तरबाट पनि राम्रो खालको प्रतिक्रिया आउनुको साथै साथ र सहयोग पनि पाइरहेका छौं। 

खासमा अनसन चौतारा भनेको के हो ?

खासमा भन्नुपर्दा यहाँ वर र पिपल भएको धेरै चौताराहरु थिए । त्यसलाई एक रुपता बनाएर बनाएर ढुंगाहरु छापेर बस्न योग्य बनाएका छौं। जो कोही पनि यहाँ आएर आराम गर्न, खेल्न मिल्ने गरी बनाएको चौतारी अनसन चौतारी हो। 

विकास निर्माणका कामहरु अन्र्तगत खानेपानी ढल व्यवस्थापन तथा बाटोघाटोका कामहरु कत्तिको सम्पन्न भएको छ ?

साँच्चै भन्ने हो भने हामीले विकास निर्माणका कामहरु धेरै नै गरिसकेका छौं। बाटोहरु पनि चोक चोक गल्ली गल्लीमा गरिसकेका छौं भने ब्लक छाप्ने कामहरु पनि सम्पन्न भइसकेका छन्। चोक चोक जहाँ अध्यारो हुने ठाउँहरु छन् त्यहाँ पनि बत्तीहरु राखेर अहिले सर्व साधारणको लागि सजिलो भएको छ। पानीको अभाव भएको ठाउँमा पानीको सुविधा तथा ढल व्यवस्थापन नभएको ठाउँमा ढल व्यवस्थापन भएको छ। स्थानिय जनताको हरेक समस्यालाई हामीले सम्बोधन गरेका छौं। कुनै पनि समस्यालाई समाधान गर्नु हाम्रो कर्तव्य पनि हो। 

खासमा भन्नुपर्दा स्थानिय जनताहरु कस्ता खालका समस्याहरु लिएर आउनुहुन्छ ?

धेरै वर्ष स्थानिय सरकार नहुँदा सर्वसाधारणका धेरै समस्याहरु थिए। त्यसमा पनि उहाँहरुको समस्या भनेको ढल व्यवस्थापन नै थियो। स्थानिय निर्वाचन भइसकेपछि हामीले तुरुन्तै बजेट छुट्यायौं र प्रत्येक स्थानियको घर–घरमा ढल व्यवस्थापन गर्याै‌। हामी पार्टीगत रुपमा हेदैनौं, विपक्षी पार्टी पनि हामीलाई साथ र सहयोग एवं सल्लाह, सुझाव दिदै हातेमालो गरी अगाडि बढिरहेका छौं। 

महिला तथा बालबालिकाको लागि कस्तो खालको कार्यक्रमहरु लयाउनु भएको छ ?

हेर्नुस् वास्तवमा भन्ने हो भने हामीले महिला दिदी बहिनीको लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याएका छौं। विभिन्न सिपमुलक तालिम दिनुका साथै लक्षित वर्गका महिलालाई तालिम दिदै आएका छौं। सिलाई, बुनाइ लगायत तरकारी खेती त्यसमा पनि कौंसी खेतीलाई विशेष प्राथमिकता दिएर आय आर्जनका कामहरुमा उत्प्रेरणा दिदै आएका छौं। 

काम गर्दा कस्ता खालका चुनौतीहरुको सामना गर्नु परेको छ ?

वास्तवमा भन्ने हो भने हामीले काम गर्दा कुनै पनि किसिमको चुनौतीको सामना गर्नुपरेको छैन। जस्तो अपठ्यारो परिस्थितिमा पनि हामीलाई जनताको साथ र सहयोग हरदम पाएका छौं । सबैसंग सल्लाह र सुझाव लिएर अगाडी बढ्ने गरेकोले हामीले त्यस्ता खालका चुनौतीको सामना गरेका छैनौं। मेरो सिद्धान्त भनेकै स्थानियको घर दैलोमा गएर उहाँहरुको समस्या बुझेर समाधान गर्नु हो। तपाई आफै पनि आएर बुझ्न र सोध्न सक्नुहुन्छ। पारदर्शी काम नै गर्दै आएका छौं। 

-नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्