Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जनताको साथ र सहयोगले काममा चुनौति नै आएन : वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ
जनताको साथ र सहयोगले काममा चुनौति नै आएन : वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, असोज २, २०७८

पश्चिम नेपालको तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप :–

यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ ! पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ?

चौध/पन्ध्र वर्ष पहिला कर्मचारीहरुले चलाएर बसेको अवस्था र अहिले जनप्रतिनिधिहरु जुन स्थानिय निर्वाचन भइसकेपछि आएको नयाँ नयाँ गतिविधि र योजनाहरु हामीले आफ्नो वडामा अगाडि बढाएका छौं। सर्वसाधारणहरु कोही पनि बेखुशी हुनुहुन्न। सबै जना खुशी नै हुनुहुन्छ । 

विशेष गरी कस्ता खालका कामहरु भएका छन् यो नगरपालिकामा ?

Nepal Oil Corporation

वास्तवमा भन्ने हो भने म जनप्रतिनिधि नहुँदा पनि म नगरपालिका टोल विकास  समितिको नगर संयोजक थिए। त्यतिखेरको अवस्थामा पनि म सबैसंग समन्वय गरी हातेमालो गर्दै विकास निर्माणका कामहरु गर्दै आइरहेको थिए। अहिले म जनप्रतिनिधि भैसकेकेको अवस्थामा पनि हामीले पहिलो काम नै अनसन चौतारा भन्ने निर्माण गर्याै‌। शायद यस्तो ठूलो चौतारा नेपाल अधिराज्य भरी नै छैन होला। त्यसपछि हस्पिटल जाने बाटो निर्माण गर्याै। स्थानिय स्तरबाट पनि राम्रो खालको प्रतिक्रिया आउनुको साथै साथ र सहयोग पनि पाइरहेका छौं। 

खासमा अनसन चौतारा भनेको के हो ?

खासमा भन्नुपर्दा यहाँ वर र पिपल भएको धेरै चौताराहरु थिए । त्यसलाई एक रुपता बनाएर बनाएर ढुंगाहरु छापेर बस्न योग्य बनाएका छौं। जो कोही पनि यहाँ आएर आराम गर्न, खेल्न मिल्ने गरी बनाएको चौतारी अनसन चौतारी हो। 

विकास निर्माणका कामहरु अन्र्तगत खानेपानी ढल व्यवस्थापन तथा बाटोघाटोका कामहरु कत्तिको सम्पन्न भएको छ ?

साँच्चै भन्ने हो भने हामीले विकास निर्माणका कामहरु धेरै नै गरिसकेका छौं। बाटोहरु पनि चोक चोक गल्ली गल्लीमा गरिसकेका छौं भने ब्लक छाप्ने कामहरु पनि सम्पन्न भइसकेका छन्। चोक चोक जहाँ अध्यारो हुने ठाउँहरु छन् त्यहाँ पनि बत्तीहरु राखेर अहिले सर्व साधारणको लागि सजिलो भएको छ। पानीको अभाव भएको ठाउँमा पानीको सुविधा तथा ढल व्यवस्थापन नभएको ठाउँमा ढल व्यवस्थापन भएको छ। स्थानिय जनताको हरेक समस्यालाई हामीले सम्बोधन गरेका छौं। कुनै पनि समस्यालाई समाधान गर्नु हाम्रो कर्तव्य पनि हो। 

खासमा भन्नुपर्दा स्थानिय जनताहरु कस्ता खालका समस्याहरु लिएर आउनुहुन्छ ?

धेरै वर्ष स्थानिय सरकार नहुँदा सर्वसाधारणका धेरै समस्याहरु थिए। त्यसमा पनि उहाँहरुको समस्या भनेको ढल व्यवस्थापन नै थियो। स्थानिय निर्वाचन भइसकेपछि हामीले तुरुन्तै बजेट छुट्यायौं र प्रत्येक स्थानियको घर–घरमा ढल व्यवस्थापन गर्याै‌। हामी पार्टीगत रुपमा हेदैनौं, विपक्षी पार्टी पनि हामीलाई साथ र सहयोग एवं सल्लाह, सुझाव दिदै हातेमालो गरी अगाडि बढिरहेका छौं। 

महिला तथा बालबालिकाको लागि कस्तो खालको कार्यक्रमहरु लयाउनु भएको छ ?

हेर्नुस् वास्तवमा भन्ने हो भने हामीले महिला दिदी बहिनीको लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याएका छौं। विभिन्न सिपमुलक तालिम दिनुका साथै लक्षित वर्गका महिलालाई तालिम दिदै आएका छौं। सिलाई, बुनाइ लगायत तरकारी खेती त्यसमा पनि कौंसी खेतीलाई विशेष प्राथमिकता दिएर आय आर्जनका कामहरुमा उत्प्रेरणा दिदै आएका छौं। 

काम गर्दा कस्ता खालका चुनौतीहरुको सामना गर्नु परेको छ ?

वास्तवमा भन्ने हो भने हामीले काम गर्दा कुनै पनि किसिमको चुनौतीको सामना गर्नुपरेको छैन। जस्तो अपठ्यारो परिस्थितिमा पनि हामीलाई जनताको साथ र सहयोग हरदम पाएका छौं । सबैसंग सल्लाह र सुझाव लिएर अगाडी बढ्ने गरेकोले हामीले त्यस्ता खालका चुनौतीको सामना गरेका छैनौं। मेरो सिद्धान्त भनेकै स्थानियको घर दैलोमा गएर उहाँहरुको समस्या बुझेर समाधान गर्नु हो। तपाई आफै पनि आएर बुझ्न र सोध्न सक्नुहुन्छ। पारदर्शी काम नै गर्दै आएका छौं। 

-नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्