Top Navigation
Main Navigation
सोमबार, मंसिर १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा अध्यक्ष ओलीको आग्रह
संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा अध्यक्ष ओलीको आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज ३, २०७८

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेको छ।

सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरेको हो। 

अध्यक्ष शर्मा ओलीले आफ्नो सरकारको पालामा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताएका हुन्। 

सामाजिक जीवनका सबै पक्षको सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै अध्यक्ष ओलीले यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार स्थानीय तहसम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाएका थिए। 

Nepal Oil Corporation

अध्यक्ष ओलीले भने, “यो संविधान ऐतिहासिक दस्तावेज हो। हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ। यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ। सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने हाम्रो अपेक्षा हो। नत्र संविधान कागजको खोष्टोमा परिणत हुने खतरा रहन्छ। त्यसले लोकतन्त्र र देशलाई नोक्सान पुर्याउँछ।”

अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको सपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाए। 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्दा बृहत्रुपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताएका थिए। 

संविधानसभाका अध्यक्ष नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हुँदा यो पृथक र फरक भएको बताए। 

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले युगौँदेखि प्रतिक्षा गरिएको र जनताका प्रतिनिधिले संविधान बनाउने सपना पूरा भएको दिनका रुपमा आजको दिनलाई लिनुपर्ने बताएका थिए। 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:३९
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक आइतबार, मंसिर १५, २०८२
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण शनिबार, मंसिर १४, २०८२
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं"
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं" बिहीबार, मंसिर १२, २०८२
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?"
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?" बुधबार, मंसिर ११, २०८२
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने मंगलबार, मंसिर १०, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु सोमबार, मंसिर ९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ? शनिबार, मंसिर ७, २०८२
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली शनिबार, मंसिर ७, २०८२
शान्तिक्षेत्र स्थापनार्थ यो फोर्स निर्माण भएको हो, कोही डराउनु पर्दैन : अध्यक्ष केपी ओली
शान्तिक्षेत्र स्थापनार्थ यो फोर्स निर्माण भएको हो, कोही डराउनु पर्दैन : अध्यक्ष केपी ओली शुक्रबार, मंसिर ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
  • नंः २ जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
  • नंः ५ गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्