Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्थानिय निकाय घर-आँगनको सरकार
स्थानिय निकाय घर-आँगनको सरकार
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, असोज १०, २०७८

सुदरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षको नाम हो गोबिन्द राज बोहरा। वडा अध्यक्ष  बोहरा सरल स्वभाव, मिजासिलो व्यवहार, उच्च विचारका धनी व्यक्ति हुन्। 

स्थानीय जनप्रेमी तथा विकासप्रेमी डडेलधुरा जिल्लाको अमरगढि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोबिन्द राज बोहरासंग निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप:–

यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कैपनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो। यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा गर्नु भएको छ?

समग्रमा भन्नु पर्दा लामो समयसम्म स्थानिय जनप्रतिनिधि नभएको अवस्थामा बीचमा विकास निर्माणका कुनै पनि कामहरु भएका थिएनन्। करिब १९/२० वर्ष पछि स्थानिय निर्वाचन भयो। यो अन्र्तरालमा विकास निर्माणका धेरै कामहरु भएका छन्। निर्वाचित हुनु अघि हामीले गरेका विभिन्न किसिमका प्रतिबद्धताहरु थिए, ती प्रतिबद्धता अनुसार नै विकासका कामहरु भएका छन्। स्थानिय सर्वसाधारणले चाहे अनुसारको सेवा सुविधा लगायतका कामहरु भएका छन्। स्थानिय जनता जनप्रतिनिधिसंग खुशी भएका छन्। आत्म सन्तुष्टि दिने गरी काम गरेका छौं। 

विशेष गरी यो ठाउँमा स्थानिय बासिन्दाको मुख्य समस्या के रहेको पाउनु भयो?

समस्या त धेरै खालका हुन्छन्। शहरी भेगमा जस्तो सुविधा हुँदैन। ग्रामिण भेगमा सबै भन्दा ठूलो समस्या भनेको खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य  लगायतका थुप्रै समस्याहरु हुन्छन्। पछिल्लो समयमा हामीले ती समस्याहरुलाई सम्बोधन गरेर अगाडि बढे्का छौं। 

सुदूरपश्चिमको हकमा महिलाका कस्ता खालका समस्याहरु रहेका छन् ?

बजेट बनाउँदा नै हामीले सबै कुराहरु समावेश गरेका हुन्छौं। हाम्रो सुदूरपश्चिममातयसमा पनि स्थानिय निकायमा  बजेट निकै कम हुन्छ। पहिलो वर्षमा १९ लाख, दोश्रो वर्षमा २५ लाख, तेश्रो वर्षमा ५४ लाख र चौथो वर्षमा ३५ लाख मात्र बजेट विनियोजन भएको हुन्छ। 

सिमित बजेटमा धेरै काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यही सिमित बजेटलाई हामीले शिक्षा, स्वास्थ्य, महिला बालबालिका पूर्वाधार लगायतका सम्पूर्ण खर्च यही बजेटबाट गर्नु पर्ने हुन्छ। यो पनि एक किसिमको चुनौती नै हो। यस्ता चुनौतीको बाबजुद पनि यसलाई हामीले सूक्ष्म अध्ययन गरी हामीले ४ भागमा विभाजन गर्यौं, शिक्षा र स्वास्थ्यमा छुट्टै, पूर्वाधार विकास निर्माणमा छुट्टै, सांस्कृतिक विकास निर्माणमा छुट्टै र मानविय विकासमा छुट्टा-छुट्टै तरिकाले बजेट विनियोजन गरेका छौं।

ग्रामिण स्वास्थ्य केन्द्र स्थापना गरेका छौं भने कृषिमा यान्त्रिकिकरणका साथै आधुनिकिकरण विऊ विजनमा पनि काम गर्दे महिलाका लागि पनि काम गर्दै आएका छौं। महिलाहरुलाई आफ्नो अधिकारका बारेमा, धरेलु हिंसाका बारेमा जानकारी गराएर विभिन्न किसिमका तालिमहरु दिएका छौं। जसमा सिलाई, बुनाई, अचार बनाउने, खेलौना बनाउने लगायतका तालिमहरु दिदै आएका छौं। 

ती तालिम लिएका महिलाहरु कत्तिको सक्षम भएको पाउनु भएको छ? 

कस्तो हुन्छ भने हाम्रो जस्तो देश त्यसमा पनि सुदुरपश्चिमको कुरा गर्ने हो भने शहरी भेगको तुलनामा ग्रामीण भेगका महिला निकै पछाडी परेका छन्। यस्ता खालका तालिमहरु लिएपछि महिलाहरु आत्मनिर्भर भएका छन्। विभिन्न संघ संस्था, सामुदायिक प्रहरी लगायतसंग हातेमालो गरेर विभिन्न किसिमका तालिमहरु दिए पछि उनीहरु सक्षम भएका छन्। बालबालिकाहरुको क्षेत्रमा पनि उल्लेखनीय काम गरेका छौं।

स्थानिय बासिन्दाको कत्तिको सहयोग पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने हामी जनप्रतिनिधि स्थानिय सर्वसाधारणको सहयोग र साथ विना केही पनि काम गर्न सक्दैनौं। उहाँहरुको साथ र सहयोग उत्साहपूर्ण छ हामीलाई। केही खालको सामाजिक गुनासा पनि नआएका होइनन्। विशेष गरी अशिक्षा, बेरोजगारी तथा मदिरा सेवन रहेका छन्, यसलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ भनेर विभिन्न किसिमका गतिविधिहरु अघि सारेका छौं। 

आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मानिस कहिले पनि सन्तुष्ट हुँदैन। मानिस असन्तोषी प्राणी हो। यो भन्दा धेरै काम गर्न पाए हुन्थ्यो, यो भन्दा धेरै बजेट ल्याउन पाए हुन्थ्यो भन्ने सधै लागिरहन्छ। सर्वसाधारण जनताको लागि धेरै सुविधाहरु दिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ। जनताका हरेक समस्या समाधान गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। सन्तुष्ट नै नभएको त भन्न मिल्दैन तर काम गर्न अझै धेरै बाँकी छन्। 

त्यसो भए स्थानिय निकाय घरआँगनको सरकार हो भनेर सर्वसाधरणहरुले चित्त बुझाउन सक्छन्?

वास्तवमा भन्ने हो भने विभिन्न संचार माध्यमहरुमा सिंहदरबार घर–घरमा भन्ने कुरा आइरहेको छ, साँच्चै भन्नु पर्दा स्थानिय निकाय घर–आँगनको सरकार हो भन्दा फरक नपर्ला। सेवा ग्राहीले पनि आफूले पाउनु पर्ने सुविधाहरु पाएर खुशी हुनुहुन्छ।

काम गर्दा कस्ता खालका चुनौतीहरु आउँछन्?

एकदम राम्रो प्रश्न गर्नुभयो। मुख्य चुनौतीमा भौगालिक विकटतालाई मान्न सकिन्छ। तराई या शहर विकास गर्न सजिलो छैन। ग्रामिण भेगमा बिद्युतिकरणमा समस्या छन्, सामाजिक, आर्थिक तथा बाटोघाटो, पुल पुलेसा, वातावरणीय रुपमा पनि धेरै किसिमका चुनौतीहरु छन्। यी सबै चुनौतीलाई सामना गरेर अघि बढ्दै जान्छौं। 

अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ? यही पदमा उठ्ने कि के गर्ने? फेरि आफु निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ?

स्वभाविक रुपमा अगाडि बढ्ने नै र माथि जाने इच्छा छ। जनताहरुले माया गरेर यो स्थानसम्म ल्याई पुर्याईदिनु भएको छ। पक्कै पनि आगामी दिनमा पनि माया ममता गरेर काम हेरेर सही निर्णय गरिदिनुहुन्छ भन्ने लागेको छ। अब यो वर्षको बजेटमा बाँकी रहेका समपूर्ण कामहरु गर्ने योजना रहेको छ। कसरी हुन्छ जनताको लागि धेरै भन्दा धेरै सेवा सुविधा दिन सकियोस् भन्ने चाहना छ। स्थानिय जनताको साथ र सहयोग पनि त्यत्तिकै पाएका छौं।

-नामी साप्ताहिकबाट साभार

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्