Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुलुकलाई ताजा जनादेश नै उपयुक्त : अध्यक्ष ओली
मुलुकलाई ताजा जनादेश नै उपयुक्त : अध्यक्ष ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असोज १३, २०७८
Api Himal

काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताएको छ।

एमालेको आसन्न विधान महाधिवेशनका सन्दर्भमा विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले यही सरकारले प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचन गराए आफूहरु प्रतिपक्षमै रहेर सहभागी हुने स्पष्ट गरेको हो। 

पत्रकारको एक प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भने, “संसद् र जनताको स्थिरता र समृद्धिको चाहनाका लागि दिइएको बहुमूल्य समय बर्बाद गर्नुहुँदैन। यस्तो अवस्थामा ‘अर्ली इलेक्सन’मा जान उपयुक्त हुन्छ।” 

लोकतान्त्रिक प्रणालीमा जाँदा जनादेशमा जाने कुरालाई प्रतिगमन नभई अग्रगमन भन्नुपर्ने तर्क गर्दै अध्यक्ष ओलीले विगतमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतबाट पुनःस्थापना गराइएकामा आफूहरुले आलोचनासहित फैसलालाई मानेको स्पष्ट गरेको हो।  

Nepal Oil Corporation

अध्यक्ष ओलीले संविधानमा भएको व्यवस्था विपरीत नयाँ दल खोल्न पाउने अध्यादेश ल्याइएकामा विरोध गर्दै सो अध्यादेशलाई फिर्ता गर्दा पनि संसदीय प्रक्रियाको पालना नगरिएको टिप्पणी गरे।  

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अनुमोदन गराउनुपरेमा नेपाली कांग्रेसलाई सघाउनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले विगतमा कांग्रेस, माओवादी केन्द्रको गठनबन्धन सरकार भएका बेला उक्त सम्झौता भएकाले अहिले त्यसलाई कसरी अघि बढाउने भन्नेबारेमा सत्तापक्ष स्पष्ट हुनुपर्छ भनेर आफूले सदनमा स्मरण गराएको उल्लेख गरे। उनले त्यसबारे आफूहरुसँग सरकारले कुनै परामर्श नगरेकाले अहिले पार्टीले धारणा बनाइहाल्नु नपर्ने जिकिर गरे। 

अध्यक्ष ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने जनाएका छन्। 

अध्यक्ष ओलीलाई सम्पादकहरुले तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न  तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइन भन्नेलगायतका प्रश्न गरेका थिए। 

सम्पादकहरुले सञ्चार क्षेत्र सदैव आलोचक र जनपक्षीय हुने भएकाले यसले जुनसुकै सत्ताको पनि गलत कामबारे खबरदारी निरन्तर गर्ने स्पष्ट गरेका थिए। 

एमालेको पहिलो विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०६:४५
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्