Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मन, वचन र कर्ममा शुद्धता, कार्यदक्षता अनि प्रतिवद्धताका प्रतिक वडा अध्यक्ष शुद्ध डंगोल
मन, वचन र कर्ममा शुद्धता, कार्यदक्षता अनि प्रतिवद्धताका प्रतिक वडा अध्यक्ष शुद्ध डंगोल
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, असोज १६, २०७८

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ७ काठमाडौं महानगरपालिकाका वडाहरु मध्येकै एक ठूलो वडाका रुपमा चिनिने गर्दछ। महानगरभित्रको घनावस्ती रहेको काठमाडौं महानगरपालिका वडा नंबर ७ चावहिल मित्रपार्क आफैमा चुनौति र अवसरहरुको वडाको रुपमा लिइने गरिएको छ। 

यस वडाको सरकार प्रमुख हुन् वडा अध्यक्ष शुद्ध डंगोल । नाम शुद्ध, काम पनि शुद्ध र व्यवहार अझ शुद्ध अनि वातावरण शुद्ध, आचरण शुद्ध, यो वाक्य चावहिल मित्रपार्कस्थित काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयमा पुग्ने प्राय सेवाग्राहीवाट आउने गरेको आवाज हो। उनै सबैका लागि प्रिय वडा सरकार प्रमुख शुद्ध डंगोलसँग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ:–

यस वडामा योजना अनुसार कतिको काम भएको पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने निर्वाचित हुनु अघि विभिन्न किसिमका घोषणा पत्र जारी गरेर निर्वाचनमा गएका थियौं। जुन घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुसार  हामीले ९० प्रतिशत काम गरिसकेका छौं । हामीले ७ नम्बर वडाको  प्रतिनिधित्व गर्ने क्रममा हामी निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु पुरापूर बनेको अवस्था छ भने शैक्षिक कामहरु पनि भएका छन्। 

Nepal Oil Corporation

जनसंख्याको हिसाबले ठूलो वडा । त्यसमा पनि विभिन्न जातजातिका मानिसहरु बसोबास गर्ने यस वडामा विशेष गरी यहाँका मानिसहरुको मुख्य समस्याहरु के के हुन्?

शहरी एरिया भएका कारण सानो सानो कुरामा पनि मनमुटाव हुनेगर्छ। झै भगडा नहुने पनि होइन। यस्तो अवस्थामा यो मैले जिताएको वडा अध्यक्ष हो मैले भनेको काम गरि दिनुपर्छ र मेरै निर्णयमा काम गरि दिनुपर्छ भन्ने मानसिकता त थियो शुरुको अवस्थामा। तर, अहिले समय परिवर्तन भइसकेको छ र मानिसहरु पनि बुझ्ने भइसकेका छन्। ऐन कानुन र नियम विपरित हामी काम गर्र्दैनौं भनिसके पछि अहिले सबै जना बुझ्ने भइसक्नु भएको छ। 

आफू वडा अध्यक्ष भइसकेपछि आफ्नो पहलमा कस्ता कस्ता कामहरु भएका छन् ?

ठूला योजनाहरुकै कुरा गर्ने हो भने काठमाडौं महानगरपालिकाकै सबैभन्दा ठूलो योजनाको रुपमा लिन सकिन्छ यस योजनालाई।  करिब ९ करोडको बजेट बराबरको मैजुबहालमा २ किलोमिटरको सडकलाई ६ मिटरको सडक बनाएर पिच गरिएको छ। यसलाई उदाहरणको रुपमा लिन सकिन्छ। त्यस्तै चावहिल चोकमा आकाशे पुल बनाएका छौं। यस आर्थिक वर्षमा पनि चावहिलको महाराजगञ्ज जाने चोक र यो वडा कार्यालयसंगै दुईवटा पुल बनाउने योजना छ। धेरै वर्षसम्म जनप्रतिनिधि नहुँदा भौतिक पूर्वाधारको काम लथालिङग भएको थियो। त्यसलाई हामीले सम्पन्न गरिसकेका छौं। सडक निर्माणको काम पनि प्रत्येक ठाउँमा भइसकेको छ। ब्लक छाप्ने, ढलान गर्ने र पिच गर्ने कार्य सम्पन्न भएको छ। 

काठमाडौं उपत्यकामा मात्र नभई सबै ठाउँमा पानीको अभाव भइरहेको अवस्थामा खानेपानीको व्यवस्थापन कसरी गर्नु भएको छ?

अरु ठाउँमा जस्तै यस वडामा पनि खानेपानीको समस्या त्यस्तै नै छ। कुनै ठाउँमा दिनकै पानी आउनु, कुनै ठाउँमा हप्तामा वा महिनौसम्म पनि नआउनु यो वडाको मात्र समस्या होइन। हरेक ठाउँमा यस्तै छ समस्या। अहिले हामीले खानेपानीसंग समन्वय गरेर सर्वसुलभ रुपमा प्रत्येकको घरघरमा पुरयाएको छौं। 

महिला र बालबालिकाको लागि कस्तो खालको कार्यक्रम ल्याएर प्राथमिकतामा राख्नु भएको छ ?

खासमा भन्नु पर्दा काठमाडौं महानगरपालिकाको ३२ वडा मध्ये तेश्रो धेरै बिद्यालय संख्या भएको वडा हो यो। यस वडामा ५६ वटा बिद्यालय रहेका छन्। बालबालिकाको लागि राम्रो शिक्षा दिन सक्यो भने भोलिको समाज पक्कै पनि राम्रो हुन्छ। शिक्षालाई पहिलो प्राथमिकता दिएका छौं। यहाँका शिक्षकहरुसंग बैठक बसेर भौतिक रुपमा नै बिद्यालय संचालन गर्नुपर्छ भनेर विद्यालय संचालन पनि गरेका छौं। 

महिलाहरुको लागि हामीले सामुदायिक प्रहरीसंग मिलेर धेरै किसिमका कार्यक्रमहरु संचालन गरेका थियौं। जसले गर्दा साइबर क्राइमदेखि विभिन्न किसिमका यौन दुव्र्यवहार साथै  घरेलु हिंसा लगायतका समस्याको पनि समाधान गरेका थियौं। पछिल्लो समयमा कोभिड–१९ को महामारीले गर्दा यस्ता खालका कार्यक्रमहरु केही समयको लागि रोकिएको छ। पछिल्लो समयमा हामीले आर्ट अफ लिभिङ अन्र्तगत एउटा प्रोजेक्ट मार्फत प्रत्येक बिद्यालयमा महिलाका लागि विशेष कार्यक्रम ल्याएका छौं। 

यसमा पहिलो पटक हुने महिनावारीको विषयमा जानकारी गराउनको लागि संचालन गरिएको कार्यक्रम हो। यसमा आफ्ना आमा, दिदी, काकी, फुपूहरु सबैलाई राखेर संलाचन गएिको हो। यसमा महिलाको स्वास्थ्यसंग सम्बन्धित सबै खालका विषयवस्तुमा अनलाइन मार्फत संचालन हुन्छ। यसरी संचालन गरिएको कार्यक्रममा योगा, मेडिटेशन, व्यायाम गर्दा पछि पनि महिलाको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्नेमा दुईमत छैन। केही समय पछि हामी सबै विद्यालयहरुमा जाने र समुदायमा पनि जाने विचार गरेका छौं। 

पर्यटनको हिसाबले पनि महत्वपूर्ण यो वडालाई अझ पर्यटकिय गन्तव्यको रुपमा अगाडि बढाउन के के गर्नु पर्छ भन्ने लाग्छ ?

वास्तवमा भन्ने हो भने विसं.२०७२ सालको महाभूकम्प पछि भत्किएका यहाँका सबै मठ–मन्दिर, स्तुपाहरु मर्मत सम्भार तथा पुनःनिर्माण  भइसकेको अवस्था छ। यहाँ धन्दोचैत्य बुद्धको स्तुप, चन्द्र विनायक, चारुमति विहार महत्वपूर्ण मानिन्छ भने उमाकुण्ड, पिङला विहार, उमा महेश्वर जस्ता विविध ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलहरु छन्। यसलाई पनि हामीले मर्मत गर्दै छौं र गर्ने काम पनि जारी छ। 

अहिले पनि चारुमति विहारमा नागिचा नाँच अर्थात् शिव पार्वती नाँच छ। त्यसलाई हामीले फेरि जीवित बनाएका छौं। यस्ता ऐतिहासिक महत्व बोकेका तिर्थस्थललाई हामीले पुनःजिवित गरेर पर्यटकिय गन्तव्यको रुपमा अगाडि बढाउने काम गर्दैछौं। यसमा हामीलाई स्थानिय सर्वसाधारणको पनि उत्तिकै साथ र सहयोग रहेको छ। 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्