Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मन, वचन र कर्ममा शुद्धता, कार्यदक्षता अनि प्रतिवद्धताका प्रतिक वडा अध्यक्ष शुद्ध डंगोल
मन, वचन र कर्ममा शुद्धता, कार्यदक्षता अनि प्रतिवद्धताका प्रतिक वडा अध्यक्ष शुद्ध डंगोल
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, असोज १६, २०७८

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ७ काठमाडौं महानगरपालिकाका वडाहरु मध्येकै एक ठूलो वडाका रुपमा चिनिने गर्दछ। महानगरभित्रको घनावस्ती रहेको काठमाडौं महानगरपालिका वडा नंबर ७ चावहिल मित्रपार्क आफैमा चुनौति र अवसरहरुको वडाको रुपमा लिइने गरिएको छ। 

यस वडाको सरकार प्रमुख हुन् वडा अध्यक्ष शुद्ध डंगोल । नाम शुद्ध, काम पनि शुद्ध र व्यवहार अझ शुद्ध अनि वातावरण शुद्ध, आचरण शुद्ध, यो वाक्य चावहिल मित्रपार्कस्थित काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयमा पुग्ने प्राय सेवाग्राहीवाट आउने गरेको आवाज हो। उनै सबैका लागि प्रिय वडा सरकार प्रमुख शुद्ध डंगोलसँग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ:–

यस वडामा योजना अनुसार कतिको काम भएको पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने निर्वाचित हुनु अघि विभिन्न किसिमका घोषणा पत्र जारी गरेर निर्वाचनमा गएका थियौं। जुन घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुसार  हामीले ९० प्रतिशत काम गरिसकेका छौं । हामीले ७ नम्बर वडाको  प्रतिनिधित्व गर्ने क्रममा हामी निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु पुरापूर बनेको अवस्था छ भने शैक्षिक कामहरु पनि भएका छन्। 

जनसंख्याको हिसाबले ठूलो वडा । त्यसमा पनि विभिन्न जातजातिका मानिसहरु बसोबास गर्ने यस वडामा विशेष गरी यहाँका मानिसहरुको मुख्य समस्याहरु के के हुन्?

शहरी एरिया भएका कारण सानो सानो कुरामा पनि मनमुटाव हुनेगर्छ। झै भगडा नहुने पनि होइन। यस्तो अवस्थामा यो मैले जिताएको वडा अध्यक्ष हो मैले भनेको काम गरि दिनुपर्छ र मेरै निर्णयमा काम गरि दिनुपर्छ भन्ने मानसिकता त थियो शुरुको अवस्थामा। तर, अहिले समय परिवर्तन भइसकेको छ र मानिसहरु पनि बुझ्ने भइसकेका छन्। ऐन कानुन र नियम विपरित हामी काम गर्र्दैनौं भनिसके पछि अहिले सबै जना बुझ्ने भइसक्नु भएको छ। 

आफू वडा अध्यक्ष भइसकेपछि आफ्नो पहलमा कस्ता कस्ता कामहरु भएका छन् ?

ठूला योजनाहरुकै कुरा गर्ने हो भने काठमाडौं महानगरपालिकाकै सबैभन्दा ठूलो योजनाको रुपमा लिन सकिन्छ यस योजनालाई।  करिब ९ करोडको बजेट बराबरको मैजुबहालमा २ किलोमिटरको सडकलाई ६ मिटरको सडक बनाएर पिच गरिएको छ। यसलाई उदाहरणको रुपमा लिन सकिन्छ। त्यस्तै चावहिल चोकमा आकाशे पुल बनाएका छौं। यस आर्थिक वर्षमा पनि चावहिलको महाराजगञ्ज जाने चोक र यो वडा कार्यालयसंगै दुईवटा पुल बनाउने योजना छ। धेरै वर्षसम्म जनप्रतिनिधि नहुँदा भौतिक पूर्वाधारको काम लथालिङग भएको थियो। त्यसलाई हामीले सम्पन्न गरिसकेका छौं। सडक निर्माणको काम पनि प्रत्येक ठाउँमा भइसकेको छ। ब्लक छाप्ने, ढलान गर्ने र पिच गर्ने कार्य सम्पन्न भएको छ। 

काठमाडौं उपत्यकामा मात्र नभई सबै ठाउँमा पानीको अभाव भइरहेको अवस्थामा खानेपानीको व्यवस्थापन कसरी गर्नु भएको छ?

अरु ठाउँमा जस्तै यस वडामा पनि खानेपानीको समस्या त्यस्तै नै छ। कुनै ठाउँमा दिनकै पानी आउनु, कुनै ठाउँमा हप्तामा वा महिनौसम्म पनि नआउनु यो वडाको मात्र समस्या होइन। हरेक ठाउँमा यस्तै छ समस्या। अहिले हामीले खानेपानीसंग समन्वय गरेर सर्वसुलभ रुपमा प्रत्येकको घरघरमा पुरयाएको छौं। 

महिला र बालबालिकाको लागि कस्तो खालको कार्यक्रम ल्याएर प्राथमिकतामा राख्नु भएको छ ?

खासमा भन्नु पर्दा काठमाडौं महानगरपालिकाको ३२ वडा मध्ये तेश्रो धेरै बिद्यालय संख्या भएको वडा हो यो। यस वडामा ५६ वटा बिद्यालय रहेका छन्। बालबालिकाको लागि राम्रो शिक्षा दिन सक्यो भने भोलिको समाज पक्कै पनि राम्रो हुन्छ। शिक्षालाई पहिलो प्राथमिकता दिएका छौं। यहाँका शिक्षकहरुसंग बैठक बसेर भौतिक रुपमा नै बिद्यालय संचालन गर्नुपर्छ भनेर विद्यालय संचालन पनि गरेका छौं। 

महिलाहरुको लागि हामीले सामुदायिक प्रहरीसंग मिलेर धेरै किसिमका कार्यक्रमहरु संचालन गरेका थियौं। जसले गर्दा साइबर क्राइमदेखि विभिन्न किसिमका यौन दुव्र्यवहार साथै  घरेलु हिंसा लगायतका समस्याको पनि समाधान गरेका थियौं। पछिल्लो समयमा कोभिड–१९ को महामारीले गर्दा यस्ता खालका कार्यक्रमहरु केही समयको लागि रोकिएको छ। पछिल्लो समयमा हामीले आर्ट अफ लिभिङ अन्र्तगत एउटा प्रोजेक्ट मार्फत प्रत्येक बिद्यालयमा महिलाका लागि विशेष कार्यक्रम ल्याएका छौं। 

यसमा पहिलो पटक हुने महिनावारीको विषयमा जानकारी गराउनको लागि संचालन गरिएको कार्यक्रम हो। यसमा आफ्ना आमा, दिदी, काकी, फुपूहरु सबैलाई राखेर संलाचन गएिको हो। यसमा महिलाको स्वास्थ्यसंग सम्बन्धित सबै खालका विषयवस्तुमा अनलाइन मार्फत संचालन हुन्छ। यसरी संचालन गरिएको कार्यक्रममा योगा, मेडिटेशन, व्यायाम गर्दा पछि पनि महिलाको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्नेमा दुईमत छैन। केही समय पछि हामी सबै विद्यालयहरुमा जाने र समुदायमा पनि जाने विचार गरेका छौं। 

पर्यटनको हिसाबले पनि महत्वपूर्ण यो वडालाई अझ पर्यटकिय गन्तव्यको रुपमा अगाडि बढाउन के के गर्नु पर्छ भन्ने लाग्छ ?

वास्तवमा भन्ने हो भने विसं.२०७२ सालको महाभूकम्प पछि भत्किएका यहाँका सबै मठ–मन्दिर, स्तुपाहरु मर्मत सम्भार तथा पुनःनिर्माण  भइसकेको अवस्था छ। यहाँ धन्दोचैत्य बुद्धको स्तुप, चन्द्र विनायक, चारुमति विहार महत्वपूर्ण मानिन्छ भने उमाकुण्ड, पिङला विहार, उमा महेश्वर जस्ता विविध ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलहरु छन्। यसलाई पनि हामीले मर्मत गर्दै छौं र गर्ने काम पनि जारी छ। 

अहिले पनि चारुमति विहारमा नागिचा नाँच अर्थात् शिव पार्वती नाँच छ। त्यसलाई हामीले फेरि जीवित बनाएका छौं। यस्ता ऐतिहासिक महत्व बोकेका तिर्थस्थललाई हामीले पुनःजिवित गरेर पर्यटकिय गन्तव्यको रुपमा अगाडि बढाउने काम गर्दैछौं। यसमा हामीलाई स्थानिय सर्वसाधारणको पनि उत्तिकै साथ र सहयोग रहेको छ। 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्