Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मागेर खानेहरुलाई दशैं कहिले आउला ? 
मागेर खानेहरुलाई दशैं कहिले आउला ? 
अनुषा थापा
अनुषा थापा शनिबार, असोज २३, २०७८

विजयादशमी लगभग शुुुरु भइसकेको छ । घटस्थापना लागेसंगै दशैंको आगमन भएको हो । घटस्थापनाको दिन बिहीबार हामीले विभिन्न मन्दिरहरुको घुइँचो देख्यौ। हनुमान ढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीका मेजर असिम श्रेष्ठ पनि देखा परे। 

यता, बडादशैंको पहिलो दिन भन्दै देशभरका शक्तिपीठहरुमा निकै भीड देखियो। उपत्यकामा मात्रै नभई देशैभरिका मठमन्दिरमा जमरा राखियो। कालिका मन्दिरमा त जौ र मकैको जमरा राख्नको लागि भक्तजनहरुको घटस्थापनामा निकै भीड थियो। 

घटस्थापनाको दश दिनमा दशमी हुन्छ। दशमीको दिन घरघरमा जमरा चाहिन्छ। टीका र जमराको प्रयोग गरि दशैं मनाइन्छ। घटस्थापनामा दर्शन गर्न जानुको महत्व नै अर्कै हुन्छ। हिन्दु धर्मावलम्बीहरुमा दशैंको छुट्टै महत्व र महिमा छ। महिमाका कारण पनि मन्दिरमा चर्को भीड देखियो। 

हामी भगवानप्रति आस्था राख्छौ। जुन राख्नु पनि जरुरी छ। हरेक मान्छे कुनै न कुनै धर्मसंग जोडिएको हुन्छ। हामी भगवानसंग जोडिएका मात्रै छैना। भगवानप्रति आशावादी पनि छौं। भगवानलाई मानौं भने आफ्नो इच्छा पूरा हुन्छ भन्ने विश्वास छ। 

आफ्नो इच्छा पूरा गर्न पनि हामी भगवानको गाना गाउछौ। हामी कति सामन्ती, लोभी छौ। यहीबाट पत्ता लगाउन सक्छौँ। अरु बेलाभन्दा पनि आफूलाई आवश्यक परेको र चाडपर्व आएको बेला आमी भगवानको नाम जप्छौ। मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हौ। 

अरु प्राणीलाई एक पेट खाँदा भएको छ तर मानिसलाई त्यतिले पुग्दैन्। अरुले मेलै भन्दा धेरै गर्छ भनि हामी जहिले पनि डराइरहेको हुन्छौ। अझ मेरो यो कुरा पूरा भयो भने म यो गर्छु भनेर भाकल राखेको हुन्छौँ। विश्वास राख्दा कतिको भाकल पूरा पनि होला। 

तर समय र परिस्थितिलाई पनि हेर्नुपर्छ। बोका, राँगा, कुखुरा लिएर बलि चढाउन जाने बेला हो यो ? गाडीमा खसीबोका लिएर बलि उपत्यका बाहिरको मन्दिर जानेको संख्या ह्वात्तै बढेको छ। उनीहरुको कोरोना परीक्षणसम्म भएको छैन्। यस्तोमा कोरोना फैलिने डर निकै बढेको देखिन्छ। 

नेपालभरि रहेको मन्दिरहरु सबै पौराणिक कालका हुन्। राजा हुदाँखेरि बनाएको मन्दिरहरु छन्। मन्दिरभित्र एउटा हात धुने ठाँउको व्यवस्था समेत छैनन्। शौचालयको पनि व्यवस्था गरिएको छैन्। मन्दिरको दाँया बायाँ, बिचमा आफ्नो मर्जी अनुसार लाइन बसेका हुन्छन्। 

मन्दिरमा दैनिक हजारौं भक्तजनहरुको आवतजावत हुन्छ। कसैको मन्दिर छेउछाउ मागेर खाने आमाबुवा र भाइबहिनीतिर आँखा गएको छ। अरुको त कुरा छोडौं राजनीतिक दलहरु पनि त मन्दिर भ्रमणमा जान्छन्। के तिनीहरुले यसरी मागेको खाएको देखेका छैनन्। 

दशैं एउटाको मात्र चाड होइन्। तर उनीहरुलाई चाहि दशैं किन आएन् ? के उनीहरु मान्छे होइनन्। हामी नेपालीहरुको बानी यति गयगुज्रिएको छ भनेर साध्य पनि छैन्। कुनै बाटोमा मागेर खानेलाई पाँच रुपिँया दिन पर्यो भने हाम्रो दाँतबाट पसिना आँउछ। 

तर जसले खान सक्दैन् उसको अगाडि लगेर दुध, दही र फलफुल पोख्छौं। जसलाई हामीले भगवान भनेर पुजा गरिरहेका छौ त्यो त ढुङ्घगा त हो। आस्था राख्न त मन छदैंछ। त्यहाँ लगेर फोकट्यामा पोख्ने दुध, दही खान दिएको भए कसैको सास बच्थ्यो। 

तर नेपालीमा त्यति सोच्न सक्ने दिमाग छैन्। हामी हिजो पनि धाकको पछाडि दौडेका थियौ । भोलि पनि हाम्रो गति त्यही नै हो। गरीबको अगाडि पर्न हामीलाई लाज लाग्छ। हाम्रो इज्जत जान्छ जस्तो व्यवहार देखाउछौ। सरकारले पनि यसरी मन्दिरमा मागेर खानेहरुलाई खान, बस्नको व्यवस्था मिलाउनु पर्ने हो। 

अझै मागेर बसेका वालवालिकालाई त शिक्षाको व्यवस्थासम्म मिलाउनु पर्ने हो। किनकि उनीहरु नै भोलिका कर्णधार हुन्। देशको लागि उनीहरुको ठूलो योगदान पुग्छ। तर देशको राष्ट्रपति र प्रधानमन्त्रीसंग त्यति सोच्न फुर्सद नै छैन। दिनभरि त व्यापारी र पैसावालको अघिपछि गर्दै ठिक्क हुन्छ। 

देशको हरेक निर्णय गर्ने अधिकार राजनीतिक दलको हातमा छ। देशको नियम कानुनको डोरो नै यिनीहरुले समाएको छन्।  तर यिनीहरुसंग काम गर्न सक्ने क्षमता र भिजन छैन्। यिनीहरु कसरी जनतालाई दुःख दिन पाइन्छ र व्यापारीसंग कमिशन लिन पाइन्छ भन्ने विषयमा मात्र ज्ञान छ। 

बाटोमा मागेर खाने कति अपांग भएका समेत छन्। मन्दिर जाने भर्याङ्मा यस्ता थुप्रै दुश्य देख्न सकिन्छ। उनीहरु मर्ने दिन पर्खेर बसेको छन्। यस्तोलाई सहयोग गरेमा मात्रै धर्म हुने हो। भगवानको अगाडि करोडौको सामान लगेर चढाउँदा धर्म हुन्छ भनेर सोच्नु नै गलत हो। 

मागेर खान कसैलाई रहर लाग्दैन्। मागेर खान हामीलाई लाज लाग्छ भने उनीहरुलाई लाग्दैन् होला। मागेर खानु बाध्यता हो। जसलाई नेपाल सरकारले रहरको रुपमा हेरेको छ। प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिले जनताले तिरेको करबाट आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन्।

तर जनताको बारेमा कहिल्यै सोचेनन्। यस्ता प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिलाई नेपाली जनताले धिक्कार्नेछन्। मागेर खाने नेपाली जनताको आत्मा रोइरहेको छ। राजनीतिक दलहरु मन्दिर जाने बेला मन्दिर वरिपरि मागेर खानेलाई उनीहरुको सुरक्षाकर्मीले लखेट्छन्। 

नेपालमा अधिकांशले हिन्दु धर्मको पालना गर्छन्। व्रत, पुजाआजामा विश्वास राख्छौ। हामीले मागेको कुरा सबै पूरा होस् भनेर भगवानलाई प्रार्थना गछौं। भगवानले सुनेर पूरा गरिदिएका पनि होलान्। तर ती मागेर खानेको इच्छा किन पूरा भएनन्। 

उनीहरुको इच्छा सानो छ। पेटभरि खान पाउँ र सुत्नलाई छत पाउँ भन्ने त हामीले पनि पूरा गर्न सक्थ्यौ। तर नेपालीहरु त्यति सोचविचार गर्ने खालका छैनन्। मागेर खानेहरुले राज्यबाट पाउनु पर्ने कुनै पनि सेवा सुविधा पाएका छैनन्। भगवानलाई माग्ने अनि खुट्टा पसारेर बस्ने नेपालीहरुको काम हो। 

जो मान्छे इमान्दार छ, जसले मिहिनेत गर्छ। पसिना बगाउँछ, रातदिन नभनि काममा खट्छ उसलाई भगवानको आवश्यकता पर्दैन्। तर काम नगर्ने, अल्छीहरु भगवानको अगाडि जान्छन्, आफ्नो भएजतिको इच्छा चाहना परिपूर्तिको लागि प्रार्थना गर्छन्। 

अनि हजारौको सामान फोकटमा खेर फालेर आउँछन्। त्यस्तालाई म भगवानप्रति आस्था राख्छु भन्दै ठिक्क हुन्छ। त्यैमाथि पनि दशैं शुरु भइसकेको छ। देशभरका मन्दिरमा भक्तजनहरुको भीड ह्वात्तै बढेको छ। पुजा गर्नलाई ४ घण्टासम्म लाइन बस्नु परेको भक्तजनको भनाइ समेत रहेको छ। 

रातिदेखि आएर लाइन बसेको भन्ने पनि यत्तिकै छन्। कुनै पनि मन्दिर व्यवस्थापन समितिले कोरोनाको परिस्थितिलाई नियालेर व्यवस्थापन मिलाउन सकेको छैन् । न त मन्दिरहरुमा स्वास्थ्य मापदण्डको पालना नै भएको छ। पुजा गर्न आउनेहरुले मुखमा मास्क समेत लगाएको छैनन्। यसले गर्दा कोरोना फैलन सक्ने सम्भावना बढेको छ। 

प्रमृख जिल्ला अधिकारीहरुले पनि कोरोनाको जोखिमलाई वेवास्ता गरिरहेको प्रष्टै देखिन्छ। पुजाआजा गर्ने भन्दै दिनौ हजारौं सर्वसाधारण उपत्यका बाहिर गएका छन्। उनीहरुको कोरोना परीक्षण समेत भएको छैन्। उपत्यका भित्रिनेको पनि कोरोना परीक्षण भएको छैन्। 

सर्वसाधारणहरुले पनि कोरोना हटिसक्यो भन्दै लापरबाही गरेर प्रष्टै देखिन्छ। कति बृद्धबृद्धा र बालबच्चा बोकेर मन्दिरमा पुजा गर्न आएका छन्। तर यो कोरोनाले बालबच्चा पनि भन्दैन्। स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयले मठमन्दिर खुला गरेर कोरोना फैलाउने काम गर्यो। 

पर्यटन मन्त्रालय र गृह मन्त्रालयले मापदण्ड बनाएर मठमन्दिर खुला गरेको थियो। तर मापदण्ड बनाउने काम मात्र भयो अनुगमन भएन्। जनताले पनि अटेर गरे।  स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि कदम चालेको छैन्। सरकारले कोरोना नियन्त्रणको लागि छुट्याएको बजेट व्यापारीसंग सामान किन्दै कमिशन खाँदै ठिक्क छ। 

कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा परिवर्तन आएको छैन्। सरकारले पनि कोरोना परीक्षण गर्न छोडिसकेको छ। दशैंको बेलामा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नुस भनेर एउटा सुचना समेत निकालेको छैन्। जसबाट कोरोना फैलिने र भोकाहरु मर्ने निश्चित छ। 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्