Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आसन्न एशियाली खेलकुदबारे छलफल
आसन्न एशियाली खेलकुदबारे छलफल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २५, २०७८
Api Himal

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले सातदोबाटोस्थित ओलम्पिक भवनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा आसन्न एसियाली खेलकुदबारे प्रारम्भिक छलफल गरेको छ। 

आयोजित एशियाली खेलकुदबारे प्रारम्भिक छलफल कार्यक्रमको अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे छलफल भएको हो। 

एशियाली प्रतियोगिता आउने वर्ष सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ। छलफलमा नेपालको सम्भावित सहभागिता, त्यसको तयारी र समस्या तथा औचित्यमा केन्द्रित थियो। 

Nepal Oil Corporation

छलफलको अवसरमा युवा तथा खेलकुद मन्त्री गहतराजको मुख्य आतिथ्यतामा भएको थियो भने त्यसै अवसरमा उनले खेलकुद संघलाई आफ्नो तयारी शुरु गर्न निर्देशन दिएका हुन्। 

यस्तै युवा तथा खेलकुद मन्त्री गहतराजले त्यसका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल हुने बताउँदै उनले नेपालको तयारी गुणात्मक रूपमा राम्रो हुनु पर्ने र पदक जितमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए। 

युवा तथा खेलकुद मन्त्री गहतराजले भने, ‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरेको छ। त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ खेलकुद ऐनपछि नेपाली खेलकुद नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै देशको विकासका लागि सरकार, ओलम्पिक कमिटी र संघबीच समन्वयको आवश्यकता रहेको बताएका थिए। 

अध्यक्ष श्रेष्ठले भने, ‘एशियाली खेलकुदमा पदकका लागि ठोस तयारीको आवश्यकता पर्ने हुन्छ। यो एक दिनको तयारीले पुग्ने हुँदैन्। अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि तयारी अहिले तयारी सुरु गर्नु पर्ने हुन्छ।’

उनले यसपटकको एशियाली खेलकुदमा नेपालको सहभागिता राम्रो प्रदर्शनका लागि हुनु पर्नेमा जोड दिए भने नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नवनियुक्त मन्त्रीको स्वागत गर्दै उनको नेतृत्वमा नेपाली खेलकुद चलायमान हुने विश्वास राखेका थिए। 

एशियाली खेलकुदको तयारीका लागि भएको प्रारम्भिक छलफलमा विभिन्न खेल संघका पदाधिकारी तथा पूर्व खेलाडीले आफ्नो खेलमा रहेको समस्या, बजेटको अभाव, भौतिक पूर्वाधार र खेल सामग्रीको अर्पाप्तताबारे बोलेका थिए। 

त्यस्तैगरी भलिबल, रग्वी, गल्फ, एथलेटिक्स, इक्वेस्ट्रियन, कराँते, उसु, टेबल टेनिस, तेक्वान्दो, राफ्टिङ, क्यानोइङ, कुस्ती, पौडी, साइक्लिङ, जुडो, टेनिस, कपर्दी, फेन्सिङ, बक्सिङ, ट्रायथलन र ब्याडमिन्टन संघका प्रतिनिधिलेहरु पनि आफ्ना धारणा राखेका थिए।

यसक्रममा ट्रायथलन संघका अध्यक्ष समेत रहेका ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता संघलाई दिने भनेर घोषणा भएको पुरस्कार राशि अहिलेसम्म प्राप्त नभएको बताउँदै ठूला प्रतियोगितामा राम्रो प्रदर्शनका लागि संघ तथा खेलाडीलाई प्रोत्साहित गर्नु पर्ने बताएका थिए। 

कार्यक्रमको ओलम्पिक कमिटीको पदाधिकारी, यस अन्तर्गतका कमिसनका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप खेलकुद
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने सोमबार, पुस ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्