Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्थानिय निकाय घर-आँगनको सरकार
स्थानिय निकाय घर-आँगनको सरकार
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, मंसिर ४, २०७८

महिलाहरु अब घरभित्र मात्र सिमित रहनु हुन्न खुलेरै बाहिर आउनु पर्छ। त्यसको लागि आफ्नो पूर्ण सहयोग रहने बताउँदै महिलालाई अघि बढ्न घर परिवारको पनि उत्तिकै साथ र सहयोग हुनुपर्ने वताउने ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिमादेवी ओझासंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले गरेको कुराकानीको सारसंक्षेप– 

अवसर पाए महिलाले निति निर्माणको तहमा काम गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण प्रमाणित भइसकेको छ। के भन्नु हुन्छ यस सम्बन्धमा ?

वास्तवमा भन्ने हो भने हामीले प्रतिबद्धता अनुसार नै विकास निर्माणका प्रसस्त कामहरु भएका छन्। त्यसमा पनि अवसर पाए महिलाले जस्तो सुकै काम पनि गर्न सक्छन्। तर सोचेजति सजिलो त पक्कै पनि छैन। किनभने हामीले सिकेर आएको संस्कार र चालचलन, रितिरिवाज जस्तो छ त्यही परिवेशमा छौं हामी। परिवर्तन भएकै छैन। परिवर्तन त धेरै कुरामा भएको छ। तर, कुनैपनि कुरा तुरुन्तै परिवर्तन हुँदैन। त्यसको लागि समय लागिहाल्छ। पित्तृप्रधान समाजमा महिलालाई अझै पनि दोश्रो दर्जाको रुपमा हेर्ने चलन छ। महिलाले काम गर्न सक्दिन कि, अथवा पुरुषभन्दा माथि जान्छन् कि भन्नेहरु पुरुष होइनन्, महिला नै हुन्, त्यसकारण हाम्रो जस्तो मुलुकमा परिवर्तन हुन समय लाग्छ। अवसर पाए जस्तो सुकै काम पनि गर्न सक्छन्। चुनौतीलाई अवसरका रुपमा काम गर्नुपर्छ। 

देशमा आधाभन्दा बढी जनसंख्या महिलाको छ। तरपनि, अवसरको कमीले अगाडि आउन सकेका छैनन्। तपाई आफै महिला भएको कारण काम गर्न कतिको गाह्रो अनुभव गर्नु भएको छ?

वास्तवमा भन्ने हो भने महिलालाई अगाडि बढ्न गाह्रो नै हुन्छ। अवसर पाउन पनि गाह्रो छ। अवसर पाएपनि विभिन्न खालका समस्याहरु आइपर्छन्। किनभने, हामी महिलाहरु हिजो चौघेरामा सिमित थियौं। आज चौघेरा त नाघेको छौं। यद्यपि, समस्याहरु प्रसस्त छन्। हामीले हाम्रो घर परिवार सबैलाई खुशी बनाएर बाहिर निस्किनु पर्ने हुन्छ।

यसको अर्थ यो होइन कि हामीलाई पुरुषले सहयोग गर्दैनन् भन्ने। मलाई पनि धेरै नै सहयोग प्राप्त भएको छ। परिवर्तनशिल समयमा पाइला टेकेपनि हामी अलि पुरानो संस्कारमा हुर्किएको हुनाले घरको काम पुरुषले गर्नु हुन्न भन्ने मान्यता छ। कतिपय अवस्थामा हामी महिला आफ्नै कारणले पनि पछाडि परेका छौं।

स्थानिय बासिन्दाको कत्तिको सहयोग पाउनु भएको छ ?

हामी जनप्रतिनिधि स्थानिय सर्वसाधारणको सहयोग र साथ विना केही पनि काम गर्न सक्दैनौं। उहाँहरुको साथ र सहयोग उत्साहपूर्ण छ-हामीलाई। केही खालको सामाजिक गुनासा पनि नआएका होइनन्। विशेष गरी अशिक्षा, बेरोजगारी तथा मदिरा सेवन रहेका छन्। यसलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ भनेर विभिन्न किसिमका गतिविधिहरु अघि सारेका छौं। 

आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मानिस कहिले पनि सन्तुष्ट हुँदैन। मानिस असन्तोषी प्राणी हो। यो भन्दा धेरै काम गर्न पाए हुन्थ्यो। यो भन्दा धेरै बजेट ल्याउन पाए हुन्थ्यो भन्ने सधै लागिरहन्छ। सर्वसाधारण जनताको लागि धेरै सुविधाहरु दिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ। जनताका हरेक समस्या समाधान गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। सन्तुष्ट नै नभएको त भन्न मिल्दैन। तर, काम गर्न अझै धेरै बाँकी छन्। 

त्यसो भए स्थानिय निकाय घरआँगनको सरकार हो भनेर सर्वसाधरणहरुले चित्त बुझाउन सक्छन् ?

वास्तवमा भन्ने हो भने विभिन्न संचार माध्यमहरुमा सिंहदरबार घर-घरमा भन्ने कुरा आइरहेको छ। साँच्चै भन्नु पर्दा स्थानिय निकाय घर-आँगनको सरकार हो भन्दा फरक नपर्ला। सेवा ग्राहीले पनि आफूले पाउनु पर्ने सुविधाहरु पाएर खुशी हुनुहुन्छ। 

-नामी साप्ताहिकबाट साभार

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्