Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • स्थानिय निकाय घर-आँगनको सरकार
स्थानिय निकाय घर-आँगनको सरकार
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, मंसिर ४, २०७८

महिलाहरु अब घरभित्र मात्र सिमित रहनु हुन्न खुलेरै बाहिर आउनु पर्छ। त्यसको लागि आफ्नो पूर्ण सहयोग रहने बताउँदै महिलालाई अघि बढ्न घर परिवारको पनि उत्तिकै साथ र सहयोग हुनुपर्ने वताउने ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिमादेवी ओझासंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले गरेको कुराकानीको सारसंक्षेप– 

अवसर पाए महिलाले निति निर्माणको तहमा काम गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण प्रमाणित भइसकेको छ। के भन्नु हुन्छ यस सम्बन्धमा ?

वास्तवमा भन्ने हो भने हामीले प्रतिबद्धता अनुसार नै विकास निर्माणका प्रसस्त कामहरु भएका छन्। त्यसमा पनि अवसर पाए महिलाले जस्तो सुकै काम पनि गर्न सक्छन्। तर सोचेजति सजिलो त पक्कै पनि छैन। किनभने हामीले सिकेर आएको संस्कार र चालचलन, रितिरिवाज जस्तो छ त्यही परिवेशमा छौं हामी। परिवर्तन भएकै छैन। परिवर्तन त धेरै कुरामा भएको छ। तर, कुनैपनि कुरा तुरुन्तै परिवर्तन हुँदैन। त्यसको लागि समय लागिहाल्छ। पित्तृप्रधान समाजमा महिलालाई अझै पनि दोश्रो दर्जाको रुपमा हेर्ने चलन छ। महिलाले काम गर्न सक्दिन कि, अथवा पुरुषभन्दा माथि जान्छन् कि भन्नेहरु पुरुष होइनन्, महिला नै हुन्, त्यसकारण हाम्रो जस्तो मुलुकमा परिवर्तन हुन समय लाग्छ। अवसर पाए जस्तो सुकै काम पनि गर्न सक्छन्। चुनौतीलाई अवसरका रुपमा काम गर्नुपर्छ। 

देशमा आधाभन्दा बढी जनसंख्या महिलाको छ। तरपनि, अवसरको कमीले अगाडि आउन सकेका छैनन्। तपाई आफै महिला भएको कारण काम गर्न कतिको गाह्रो अनुभव गर्नु भएको छ?

Nepal Oil Corporation

वास्तवमा भन्ने हो भने महिलालाई अगाडि बढ्न गाह्रो नै हुन्छ। अवसर पाउन पनि गाह्रो छ। अवसर पाएपनि विभिन्न खालका समस्याहरु आइपर्छन्। किनभने, हामी महिलाहरु हिजो चौघेरामा सिमित थियौं। आज चौघेरा त नाघेको छौं। यद्यपि, समस्याहरु प्रसस्त छन्। हामीले हाम्रो घर परिवार सबैलाई खुशी बनाएर बाहिर निस्किनु पर्ने हुन्छ।

यसको अर्थ यो होइन कि हामीलाई पुरुषले सहयोग गर्दैनन् भन्ने। मलाई पनि धेरै नै सहयोग प्राप्त भएको छ। परिवर्तनशिल समयमा पाइला टेकेपनि हामी अलि पुरानो संस्कारमा हुर्किएको हुनाले घरको काम पुरुषले गर्नु हुन्न भन्ने मान्यता छ। कतिपय अवस्थामा हामी महिला आफ्नै कारणले पनि पछाडि परेका छौं।

स्थानिय बासिन्दाको कत्तिको सहयोग पाउनु भएको छ ?

हामी जनप्रतिनिधि स्थानिय सर्वसाधारणको सहयोग र साथ विना केही पनि काम गर्न सक्दैनौं। उहाँहरुको साथ र सहयोग उत्साहपूर्ण छ-हामीलाई। केही खालको सामाजिक गुनासा पनि नआएका होइनन्। विशेष गरी अशिक्षा, बेरोजगारी तथा मदिरा सेवन रहेका छन्। यसलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ भनेर विभिन्न किसिमका गतिविधिहरु अघि सारेका छौं। 

आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मानिस कहिले पनि सन्तुष्ट हुँदैन। मानिस असन्तोषी प्राणी हो। यो भन्दा धेरै काम गर्न पाए हुन्थ्यो। यो भन्दा धेरै बजेट ल्याउन पाए हुन्थ्यो भन्ने सधै लागिरहन्छ। सर्वसाधारण जनताको लागि धेरै सुविधाहरु दिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ। जनताका हरेक समस्या समाधान गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। सन्तुष्ट नै नभएको त भन्न मिल्दैन। तर, काम गर्न अझै धेरै बाँकी छन्। 

त्यसो भए स्थानिय निकाय घरआँगनको सरकार हो भनेर सर्वसाधरणहरुले चित्त बुझाउन सक्छन् ?

वास्तवमा भन्ने हो भने विभिन्न संचार माध्यमहरुमा सिंहदरबार घर-घरमा भन्ने कुरा आइरहेको छ। साँच्चै भन्नु पर्दा स्थानिय निकाय घर-आँगनको सरकार हो भन्दा फरक नपर्ला। सेवा ग्राहीले पनि आफूले पाउनु पर्ने सुविधाहरु पाएर खुशी हुनुहुन्छ। 

-नामी साप्ताहिकबाट साभार

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्