Top Navigation
Main Navigation
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महाधिवेशनरुपी कुम्भमेलाको होडबाजी
महाधिवेशनरुपी कुम्भमेलाको होडबाजी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर ५, २०७८

नेपालमा यतिखेर प्रमुख राजनीतिक दलहरू महाधिवेशनमा होमिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका हुन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना रहेको छ।

यसअनुरुप प्रमुख राजनीतिक दलहरुलाई किसानलाई बाली उठाउने मंसीरको चटारो जस्तै राजनीतिक दलहरुलाई महाधिवेशन सक्ने चटारो परेको हो। यो चटारोले गर्दा राजनीतिक दलहरु स्थानीय देखि नगर र केन्द्रिय कमिटीसम्म चलायमान बनिरहेको छ। अझैपनि कोरोनाको महामारी नसकेको वर्तमान अवस्थामा राजनीतिक दलहरुको भीडम् भीड चलखेलपूर्ण महाधिवेशनले कार्यकर्ता देखि नेतासम्म र स्थानीय सवैमा जोखिम बढाउने हो कि भन्ने डर पनि रहेको छ।

कोरोनाको डरलाई गोली मारो गरेर विभिन्न पार्टी प्यालेस लगायतका स्थानहरुमा सभा–सम्मेलन अनि निर्वाचन लगायतका कार्यहरु गर्ने काम पनि राजनीतिक दलहरुले गर्दैआएको छ। यतिखेर मुलुकको प्रतिपक्ष दलको रुपमा रहेको नेकपा (एमाले)ले विधानको विषय टुंग्याउन गत असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गरकोमा यही मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन चितवनमा भव्य रुपमा गर्दैछ। 

विधान महाधिवेशनमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन र विधान पास भइसकेकाले नेकपा एमालेको अब सिधै नेतृत्व चयनका लागि निर्वाचन मात्रै हुनेछ । महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि छनोट भएका छन् । चितवनमा एमाले नेताहरूको भीड बाक्लिन थालेको छ।

Nepal Oil Corporation

सरकारको बागडोर हाँकिरहेको नेपाली कांग्रेसले पटक–पटक १४ औँ महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले पछिल्लो पटक मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी समय तोकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पटक–पटक महाधिवेशनको मिति सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि मंसिरको ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्दैछ। २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। 

नेकपा एमाले, कांग्रेस र राप्रपाको महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुने क्यालेण्डर पनि सार्वजनिक भएको छ। माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। काठमाडौमा हुने सम्मेलनअघि वडा, गाउँ÷नगरपालिका, प्रदेशस्तरीय लगायतका भेला र बैठक सम्पन्न गर्ने माओवादीको तयारी छ।

एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय सम्मेलनको तयारी गरेको छ। उता, जनता समाजवादी पार्टी(जसपा)ले पनि महाधिवेशन गर्ने तयारी गरेको छ । तर, उसले पनि मिति भने तय गरेको छैन्। यस हिसावले राजनीतिक दलहरुको महाधिवेशनले काठमाडौं, चितवन लगायतका स्थानमा कुम्भमेला लाग्दैछन्। सवैको ध्यान महाधिवेशनरुपी राजनीतिक दलहरुको कुम्भमेलातिर भएको छ। 

राजनीतिक दलहरुको महाधिवेशनरुपी कुम्भमेलाले अर्को कोरोना फैलिने पो हो कि भन्ने डर यथावत रहेतापनि मुलुकको राजनीतिकि स्थिरतामा आगामी स्थानीय निर्वाचनको सेरोफेरोले व्यापक तरलता ल्याउने हो कि भन्ने आशंका पनि गरिएको छ। महाधिवेशन देखि तिनै तहको निर्वाचन सवै राजनीतिक दलहरुका लागि पेचिलो बन्दैगएको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्