Top Navigation
Main Navigation
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कहिलेसम्म मागिरहने पीडितले न्याय ?
कहिलेसम्म मागिरहने पीडितले न्याय ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर ५, २०७८

काठमाडौँ । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ। तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। 
    
विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो। 
    
शान्ति सम्झौतापछि देशमा राजनीतिक परिर्वतन भयो। हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भयो तर यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन्।
    
न्यायको माग गर्दागर्दै यतिका वर्ष बितिसकेको छ। द्वन्द्वपीडितको त्यति ठूलो माग पनि छैन। बेपत्ता व्यक्तिको सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेलाई उपचारको व्यवस्था होस्।  त्यसपछि जीविकाका लागि रोजगार र पढ्नेका लागि शिक्षा भए पुग्छ। 

बर्दिया मधुवन नगरपालिका ५३ वर्षीय अशोक सोडारीको द्वन्द्वका बेलामा एउटा खुट्टा भाँचिएको छ। अर्को खुट्टा नचल्ने अवस्थामा छ। उनी एउटा बलियो कृत्रिम खुट्टाको प्रतिक्षामा छन्। 
    
“देब्रे चल्दैन, दाँहिने खुट्टा भाँच्चिएको थियो, कृत्रिम खुट्टा राखेको छु”, द्वन्द्वका बेलामा अपाङ्गता भएका सोडारीले भने, “कृत्रिम खुट्टा भाँचिएर हैरान भयो, मलाई एउटा बलियो कृत्रिम खुट्टा भए पुग्छ।” सोडारीलाई तत्कालीन समयमा नेपाली सेनालाई सुराकी गरेको आरोप तत्कालीन माओवादीले २०५८ मङ्सिर २६ गते राति ११ बजे सुतिरहेका अवस्थामा चारै हातखुट्टा बाँधेर बञ्चरोले हान्दा एउटा खुट्टा नचल्ने र अर्को खुट्टा भाँच्चिएको हो। 
    
“बिरामी भएर सुतिरहेको मान्छेलाई राति आएर लछारपछार गरी बाहिर निकाले, कसैले चारै हातखुट्टा बाँधे, कसैले आखाँमा पट्टी लगाए”, उनले भावुक हुँदै त्यो दर्दनाक घटना सम्झँदै भने, “भाला, बञ्चरो, बन्दुक लिएर आएका थिए, बुटले छातीमा हाने, मेरा खुट्टाको जोर्नीजोर्नीमा हानेर मर्याे भनेर नालामा फालिदिए।” 
    
रातिको ३/४ बजे ‘आमा’ भनेर उनले बोलेको आवाज सुनेपछि उनकी पत्नीले घरमा ल्याएर उपचार गर्न अस्पताल लगे। तर उनको एउटा खुट्टा काटेर फालियो। अर्को खुट्टा चलेन। “द्वन्द्वकै पीडाले बुबा र श्रीमतीको निधन भयो”, उनले आफ्नो दर्द सुनाउँदै भने, “एक छोरी, दुइ छोराको सहारामा बसेको छु, द्वन्द्वको घाइतेका रुपमा अहिलेसम्म केही पाएको छैन।” सोडारीले अपाङ्ग परिचयपत्र त पाएको छ तर त्यसबापत निःशुल्क उपचार पाएको छैन।
 
मुलुकको राजनीतिक परिर्वतनका लागि सशस्त्र द्वन्द्वको सुरुआत गरिएको भए पनि त्यसको पीडामा निर्दोष नागरिक परेका छन्। जीवनमा नमिठो घाउ बोकेर बाँचिरहेका छन्।

त्यस्तै, बाग्लुङ जैगुनीनी नगरपालिका–१० का विमल केसीको २०५८ मङ्सिर १२ गते १३ वर्षीय छोरा गणेश केसी बेपत्ता भएको आजसम्म फेला परेको छैन। माओवादीमा लागेको आरोपमा नेपाली सेनाले लिएर गएको यति वर्ष बितिसक्दा पनि छोराको अवस्था पत्ता लाग्न सकेको छैन।
    
“छोरा बेपत्ता भएको २० वर्ष भइसक्यो, न जिउँदो छ, न मर्याे  थाहा छैन”, केसीले भावुक भएर भने, “द्वन्द्वमा धेरैको त्यस्तै भयो मेरो मात्र होइन तर छोराको कि सास कि लास चाहियो।” केसीलाई निर्दोष नाबालकको के गल्ती थियो र बेपत्ता पारियो भन्ने प्रश्न मात्र दिमागमा आउँछ। नेपाली सेनाले लगेपछि तीन/चार महिनासम्म पोखरामा छ भन्ने आफन्तबाट उनलाई जानकारी आएको थियो।

त्यसपछि छोरा कहाँ लगियो थाहा छैन। “मेरा आफन्तले बेपत्ता भएको तीन/चार महिनासम्म त पोखरामा नेपाली सेनासँग भेटेका थियो भनेका थिए, ठीक छ छोरा भन्ने लागेको थियो”, केसीले आफ्नो बेपत्ता छोरा सम्झँदै भने, “त्यसपछिका यतिका वर्ष बिते, केही पत्ता छैन।” द्वन्द्वमा केही अङ्गभङ्ग भएर कष्टपूर्ण जीवन बिताइरहेका छन्। कोही बेपत्ता आफन्तको पर्खाइमा छन्। 

Nepal Oil Corporation

व्यास नगरपालिका–११ तनहुँ घाँसी कुवाकी सीता कैनी २४ वर्षको उमेरमा एकल महिला भए। सीताका श्रीमान् भरत कैनीलाई माओवादी कमाण्डरको आरोपमा नेपाली सेनाले हत्या गर्दा साढे दुई वर्ष र साढे तीन वर्षका दुई छोरी थिए। परिवार पाल्ने श्रीमानको हत्यापछि जीवनमा सीताले भोगेको पीडा र दुःखको बयान गरिसक्नु साध्यछैन। 
    
“श्रीमानलाई सेनाले घरभन्दा ८ किलोमिटर पर लगेर मारिदिए, हारगुहार गरेर लास बल्लबल्ल पाएँ”, द्वन्द्वका बेला पति बियोगमा परेकी सीताले भनिन, “कमाउने श्रीमान् मारिए, कलिला दुई छोरी काखमा थिए, मैले के खाएँ? के लाएँ ? जीवनमा कति दुःखकष्ट भोग्नुपर्याे भनिसाध्य छैन।”
    
सीताका पतिलाई २०५९ वैशाख १६ गते बेलुका ९ः३० बजे नेपाली सेनाले लिएर गएका थिए। पछि मारिएको अबर आयो। दुई छोरीलाई सीताले पढाउन सकिनेनन। दुई छोरी अहिले विवाह गरेर घरमा छन्। सीता घरमा एक्लै बस्छिन्। अहिले पनि उनको प्रश्न यही छ मेरा पतिलाई विनाकारण किन मारियो?

यस्ता प्रश्न कैयौँ नागरिकसँग छन्। जुनसुकै परिवर्तनका लागि गरिएको भए पनि द्वन्द्व मुलुक र नागरिकका लागि नमिठो पीडा बनिरहेको छ। न्यायको पर्खाइ निकै लामो भएको छ। 

द्वन्द्वपीडितको आवाज उठाउँदै हिँड्ने सुमन अधिकारी आफैँ पनि द्वन्द्वपीडित छन्। आफ्नो पीडासँगै अरु सबै पीडितको न्यायका लागि भौतारिरह्को छ। द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्षसमेत रहेका अधिकारीको बुबा तथा लमजुङको पाणिनी संस्कृत माविका प्रधानाध्यापक थिए। उनका बुबा मुक्तिनाथ अधिकारीको तत्कालीन विद्रोही माओवादीले २०५८ माघ ३ गते रुखमा बाँधी निर्ममतापूर्वक हत्या गरेको थियो। सशस्त्र द्वन्द्वका क्रममा करिब १७ हजारको ज्यान गएको थियो। 
    
“कानूनी राज्य हो भने पीडितले न्याय पाउनुपर्छ, राज्यले न्याय दिनुपर्छ, न्याय पाउनु पीडितको अधिकार हो”, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष अधिकारीले भने,“ पीडितले पनि यो देशमा सम्मानपूर्वक बाँच्न पाउनु त पर्याे नि।” 
    
दुवै आयोगले सङ्क्रमणकालीन न्यायका पहिला विस्तृत नीति र कार्ययोजना बनाउनुपर्ने र तत्काल र दीर्घकालीन योजना बनाउनुपर्ने उनको माग छ। “कतिपय पीडित उपचार नपाएर छटपटाइरहेका छन्, सरकारले त्यस्तालाई उपचार खर्च दिनुपर्याे, शिक्षा र रोजगारी भए पीडितलाई अरु केही चाहिँदैन।” जतिसक्दो छिटो दुवै आयोगका ऐन संशोधन गरेर पीडितलाई न्याय दिने काममा सरकार र आयोग दुवै लाग्नुपर्ने उनको माग छ। 

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्तिसम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।

विस्तृत शान्तिसम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ। शान्ति सम्झौताअनुरुप नै दुवैपक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गर्याे। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे ८ वर्षपछि यी दुई आयोग बने। 
    
नेपालको संविधानअनुसार २ वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाइ गरेर नयाँ पदाधिकारी ल्याएको पनि करिब २ वर्ष हुन लाग्यो तर पीडितले न्याय पाएको अनुभूति गर्न सकेका छैनन्।
    
आयोगले दोस्रो पटक २०६७ माघ ९ गते नयाँ पदाधिकारीले पाएको हो। एक वर्षका लागि भनेर गठन गरिएको आयोगले दोस्रो वर्षसम्म पनि काम पूरा गर्ने देखिएको छैन। आयोगका पहिलो पदाधिकारीले तथ्याङ्क सङ्कलन गर्ने काम गर्याे। 
    
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७१८ उजुरी दर्ता भएको छ। तीमध्ये ३ हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको छ। ती उजुरीमध्ये आगामी असारसम्म प्रारम्भिक अनुसन्धान भइसकेका ३ हजार ७८७ टुङ्ग्याउने आयागे लक्ष्य लिएको छ।
    
“आयोगले मिहीन ढङ्गले काम गरिरहेको छ, उजुरीको अनुसन्धानका लागि निश्चित विधि र प्रक्रिया हुन्छ, त्यो पूरा गरेर अध्ययन गर्नुपर्ने हुन्छ”,
आयोगका अध्यक्ष गणेशदत्त भट्टले भने, “राज्यले स्रोत र साधन दिएमा सात प्रदेशको उच्च अदालतमा भएका १८ स्थानमा आयोगले मुकाम सञ्चालन गर्नसकेमा प्रारम्भिक अनुसन्धान र विस्तृत अनुसन्धानको काम व्यापकरुपमा अगाडि बढाउन सकिन्छ।”
    
आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने काम सुरु गरिसकेको जानकारी दिँदै उनले थपे, “पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम पनि सुरु गरिसकेको छ।” उनका अनुसार आयोगले विस्तृत अनुसन्धानको काम सुरु गरिसकेको छ।  विस्तृत अनुसन्धान गरिनुपर्ने उजुरीका पीडितलाई परिचयपत्र उपलब्ध गराउने, परिपूरणको फाराम भराउने र परिपूरण सिफारिस गर्ने काम गरिरहेको छ।  

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ३ हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ। त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ।

साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्नेु नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखेको छ। आयोगले २ हजार ४९६ उजुरीमा विस्तृत छानविन गरिरहेको छ। उजुरीका आधारमा २ हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ। 
    
“बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पीडित पहिचान गरी द्रुतरुपमा परिचयपत्र दिने काम गरिरहेका छौँ”, आयोगमा अध्यक्ष युवराज सुवेदीले भने, “हालसम्म ५०० परिवारका १ हजार ५०० पीडितलाई परिचयपत्र वितरण गरिसकेको छौँ।” आयोगले परिचयपत्र बहाकले केके सुविधा पाउने भन्ने विषयमा पनि नेपाल सरकारलाई लेखेर पठाइसकेको छ। पीडितलाई परिचयपत्रले शिक्षा, स्वास्थ्य र रोजगारीमा सुविधान विषय छन्। तर त्यो संसद्मा विचारधीन अवस्थामा छ। 
    
आयोगले सीमित स्रोत र साधनमा काम गरिरहेका छन्। तर आयोगलाई आवश्यक पर्ने कानून राजनीतिक दलको सहमतिमा सरकारले अहिलेसम्म संशोधन गरेको छैन। सर्वोच्च अदालतको आदेश, पीडितको रायअनुसार दुवै आयोगको ऐन संशोधन गर्नुपर्नेछ तर अहिलेसम्म संशोधन गर्नेतर्फ दल र सरकारको ध्यान गएको देखिँदैन।

कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सङ्क्रमणकालीन न्याय वर्तमान गठबन्धनको सरकार प्राथमिकतामा रहेको बताए। “गठबन्धनको सरकार बनेको छ, यसको न्यूनतम साझा कार्यक्रममा पनि यो विषय प्राथमिकतामा परेको विषय छ, विस्तृत शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पु¥याउने नै हो”, मन्त्री बडुले भने, “पीडितलाई न्याय दिन ढिला भइसकेको छ, धेरै ढिला गर्नु हुँदैन, दलको सहमति र पीडितको सरोकारलाई ध्यान राखी सर्वोच्च अदालतको आदेश, कानूनी राज्य, मानव अधिकार प्रतिबद्धताअनुसार टुङ्ग्याउनुपर्छ।”
    
पीडितलाई न्यायमा ढिलाइ गर्दा झन् जटिलता हुनसक्ने उल्लेख गर्दै उनले भने, “दलको सहमतिमा आवश्यक कानूनलाई पूर्णता दिन्छौ, विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण गरी पीडक र पीडित छुट्याउनुपर्छ र मुलुकमा मेलमिलापको वातावरण बनाउनुपर्छ।” 
    
विस्तृत शान्तिसम्झौता भएको १५ वर्ष पूरा हुँदा पनि पीडितले अनुभूति हुने गरी न्याय पाउन सकेका छैनन्। राजनीतिक दल र सरकारले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि ठोस कदम चाल्नुपर्ने जरुरी देखिन्छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे मंगलबार, साउन २८, २०८२
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला आइतबार, साउन २६, २०८२
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ मंगलबार, साउन २१, २०८२
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ?
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ? सोमबार, साउन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्