Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • हिजोको दिनमा भन्दा आज काम गर्न सजिलो भएको छ : वडा अध्यक्ष कोटकेनी
हिजोको दिनमा भन्दा आज काम गर्न सजिलो भएको छ : वडा अध्यक्ष कोटकेनी
दिनेश महर्जन
दिनेश महर्जन सोमबार, मंसिर २०, २०७८

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपमयल रहेको डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ। सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरु पर्दछन्। भौगोलिक दृष्टिकोणले विकट त्यसमा पनि दुर्गम डोटीको बडीकेदार गाउँपालिकामा कसरी विकास निर्माणका कामहरु कसरी भएका छन् त ? यिनै डोटीको बडीकेदार गाउँपालिका वडा-४ का वडा अध्यक्ष बीरेन्द्र बहादुर कोटकेनीसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप –

योजना अनुसार कतिको कामहरु भएका छन् ?

वास्तवमा भन्ने हो भने डोटी जिल्ला भौगोलिक दृष्टिकोणले विकट जिल्ला हो। त्यसमा पनि बडीकेदार गाउँपालिका अझ विकट गाउँपालिका अन्र्तगत पर्दछ। यो पाँच वर्षको अवधिमा हामीले विकास निर्माणका धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ। हामीले स्वास्थ्य, शिक्षा, खानेपानी, सडकदेखि लिएर सबै कामहरु सम्पन्न भएका छन्। स्थानिय सर्वसाधारणको पनि त्यत्तिकै साथ र सहयोग पाएका छौं। 

स्थानिय सर्वसाधारणहरुको मुख्य समस्याहरु के के छन् त ?

खासमा भन्नुपर्दा स्थानिय सर्वसाधारणको मुख्य समस्या भनेको खानेपानी र सडक नै हो। यी सारा समस्याहरु समाधान भइसकेको अवस्था छ।

महिलाहरुको लागि कस्तो खालको तालिमको व्यवस्था गर्नुभएको छ ?

महिला सशक्तिकरण सम्बन्धि तालिम, जेन्डर सम्बन्धि तालिम त्यसैगरी सिपमूलक तालिमहरु, घरेलु हिंसा सम्बन्धि तालिमहरु दिएका छौं। 

भौगोलिक दृष्टिले विकट डोटी, त्यसमा पनि बडीकेदार गाउँपालिका विकट गाउँपालिकामा पर्दछ, पहिला र अहिले कस्तो खालको परिवर्तन भएका छन् ?

वास्तवमा भन्नुपर्दा पहिला र अहिले यो पाँच वर्षको अवधिमा धेरै नै परिवर्तन भएका छन्। सडकको धेरै नै विजोग थियो, पहिले् एक ठाउँबाट अर्को ठाउँमा पुग्न नै घण्टौं लाग्थ्यो भने अहिले सबै बाटोहरु ग्राभेल भएका छन्। यातायातको पनि सुविधा छ।  विकास निर्माणका थुप्रै कामहरु सम्पन्न भएका छन्। हामीले यो पाँच वर्षको अवधिमा गर्न बाँकी भनेको बिद्युतको काम हो त्यो पनि छिटै नै काम सम्पन्न हुनेछ। 

विगतमा धेरै वर्ष स्थानिय तह जनप्रतिनिधि विहिन थियो। अहिले स्थानिय जनताले आफ्नो अभिभावक पाएका छन्। विगतमा स्थानिय तहमा जनप्रतिनिधिहरु नहुँदा त्यतिखेर स्थानिय निकाय भन्ने गरिन्थ्यो, र त्यो स्थानिय निकायमा धेरै जनतासंग जोडिएका विकास निर्माणका कामहरु भन्दा अहिले स्थानिय तह जुन राज्यको पुर्नसंरचना भइसकेपछि निर्वाचनको समयमा जनतासंग जुन किसिमको वाचा गरेका थियौं। 

अब सिंहदरबारको अधिकार घरघरमा हुन्छ र स्थानिय तहमा विकास निर्माणका कामदेखि लिएर स्थानिय जनताहरुको सेवा सुविधा कुराहरुमा विकेन्द्रिकरण गरेर स्थानिय तहलाई बलियो बनाउनु पर्छ भनेर हामीले निर्वाचनको समयमा पनि भनेका थियौं र राज्यको पुर्नसंरचनाले पनि त्यो कुरालाई स्थापित गरेको यो वर्तमान समयमा स्थानिय तहको भूमिका धेरै रहेको छ। 

तथापि स्थानिय तह ऐन  अन्र्तगत जति धेरै जुन हिजोको दिनमा भने अनुसार जनताको  लागि  सेवा सुविधा पर्याप्त मात्रामा पुर्याउन नपुगेको अनुभव हामीले गरेका छौं। म के भन्न चाहन्छु भने स्थानिय तहलाई जति धेरै अधिकार सम्पन्न र मजबुत बनाउन सक्यौं भने स्थानिय तहमा नेपाली जनताले त्यति नै मात्रामा छिटो छरितो रुपमा सेवा सुविधा पाउन सक्छन्। त्यसकारण हिजोको दिनमा भन्दा आज स्थानिय तहमा काम गर्न सजिलो भएको छ। 

नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शनिबार, फागुन १६, २०८२
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न शनिबार, फागुन ९, २०८२
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन आइतबार, माघ २६, २०८२
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मंगलबार, माघ १४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्