Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विदेशिनु पर्दैन, स्वदेश मै आम्दानी गर्न सकिन्छ : कृषक अधिकारी
विदेशिनु पर्दैन, स्वदेश मै आम्दानी गर्न सकिन्छ : कृषक अधिकारी
निशान बुढाथाेकी
निशान बुढाथाेकी मंगलबार, मंसिर २१, २०७८

काठमाडौं। जीवन संघर्ष हो । जीवनमा धेरै किसिमका उतार चढाव आउँछन् । जीवनका  ती आरोह अवरोहलाई पन्छाउँदै अघि बढ्नु पर्छ। परिवर्तन त सम्भव छ, शुरुवात पनि आफैबाट गर्नु पर्छ। आफूले गरेको परिवर्तनबाट सकारात्मक नतिजा आओस् र त्यही परिवर्तनबाट अरुले पनि प्रेरणा लिन सकोस्। संघर्ष गर्नुस् अरुको भूमिमा होइन आफ्नै भूमिमा, पौरख गर्नुस् सफलता आफ्नै हातमा छ। निरन्तर कर्म गर्नुस् चमत्कार देख्न सकिन्छ। यस्तै संघर्षशिल सफल व्यवसायिक कृषक पुरुषोत्तम अधिकारीको जीवनको संघर्षको कथा सवैका लागि प्रेरणाको स्रोत नै बनेको छ।

नुवाकाेट जिल्लाको तारुका गाउँमा जन्मिएका पुरुषोत्तम अधिकारीले सोही गाउँमा आफ्नो बिद्यालयको अध्ययन सकाए भने त्यसपछि उच्च शिक्षा काठमाडौ आएर रत्नराज्य कलेजवाट पूरा गरे। अध्ययनपछि पनि पुनःगाउँमै फर्किएर व्यवसायिक कृषि गर्ने सोच बनाए। हुन त आफू संगै पढेका साथीहरु केही काठमाडौंमा बसे भने कोही विदेश पलायन भए।

उनी भन्छन्–आफ्नो सोच चाँही कृषि मै आबद्ध हुन्छु भन्ने थियो। त्यही कारण गाउँ फर्किएर कृषिमा संलग्न भए। यद्यपि व्यवसायिक रुपमा कृषि पेशामा लागेको २०५८ सालदेखि लागेको बताउँछन्। त्यसमाथि, इनोभेटिभ तरीकाले कृषि पेशामा आबद्ध भएको केही वर्ष मात्र भएको उनको भनाई छ। साथै आफ्नो जीवन संगिनीको साथ र सहयोगले झन् कृषि पेशामा लाग्न सजिलो भएको बताउंछन्।

कृषक अधिकारी त्यतिमा मात्र सिमित छैनन्। जैविक खेती गर्ने सोचमा पनि छन्। यद्यपि २०७२ सालदेखि कौशी खेती अभियान संचालन गरेको र आफूले पनि कौशी खेती गरेको सगौरब बताउंछन्। भन्नेहरुले त कौशी खेती गर्नुहुन्न भनेका पनि थिए। तर, त्यसलाई वास्ता नगरी योजनाबद्ध रुपमा कौशी खेती गर्दै गए।

Nepal Oil Corporation

पछि कोभिडको महामारीमा लकडाउन हुँदा हरेकले त्यही कौशी खेती नै गरे, जसले गर्दा आज हरेक महानगरपालिका होस् वा नगरपालिका होस् वा गाउँपालिका कौशी खेतीको तालिम र कौशी खेती पहिलो नम्बरमा छ। त्यसो त कौशीमा तरकारी मात्र होइन जडिबुटी पनि लगाएको बताउँछन्।

जसलाई चियामा प्रयोग गर्न सकिन्छ। कौशीमै ड्रयागन फुड, च्याउ समेत लगाएको बताउँछन्। कृषिमा चाँही विगत केही वर्षदेखि परपल पोट्याटो अर्थात् बैजनी आलुको खेती गर्दै आएको सुनाउंछन्। विदेशमा निकै नै खाद्य गुणस्तर भएको आलु मानिन्छ। चितवनमा १० कट्ठा जमिनमा सो खेती गर्दै आएको र नुवाकोटमा पनि सो खेती गर्दै आइरहेको भन्छन्। दुई जनालाई रोजगारी दिने कार्य आफूवाट भएको सगौरव अधिकारीले वताए।

नुवाकोटमै दुई रोपनी जग्गामा गत वर्ष ब्याक राइस लङ ग्रेन धान पनि लगाएको बताउँछन्। उत्पादन राम्रो भएकोले चितवनमा पनि डेढ विगा जमिनमा लगाएको वताए। त्यसो त प्राकृतिक प्रकोपको कारण केही नोक्शान पनि भोग्न परेको यथार्थता वताउँदै कृषक अधिकारी भन्छन् "विदेश जानु पर्दैन यदि इच्छाशक्ति छ भने स्वदेश मै पनि आम्दानी गर्न सकिन्छ" 

कृषि पेशाबाट खर्च कटाएर पनि मासिक रुपमा ६०/ ७० हजार वचत हुने गरेको वताउने अधिकारी जैविक खेतीको लागि जैविक मल पनि उत्पादन गर्ने योजना रहेको बताउँछन्। शुरुमा आफ्नो खेतीको लागि प्रयोग गर्ने र पछि हरेक कृषकको पहुँचमा पुर्याउने खुलासा गर्छन्।

कृषकहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्दै सचेतना जगाउने योजनामा रहेका उनी गड्यौला खेती र मौरी पालन गर्न पनि कम्मर कस्ने तर्खरमा छन्। त्यसो त कृषि विज्ञहरुसंग समन्वय गरी अगुवा कृषकहरुलाई निःशुल्क तालिम दिने गुरु योजना सोचमा पनि अधिकारी रहेका छन्।

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो आइतबार, कात्तिक ३, २०८२
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर आइतबार, कात्तिक ३, २०८२
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट शुक्रबार, कात्तिक १, २०८२
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्