Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विदेशिनु पर्दैन, स्वदेश मै आम्दानी गर्न सकिन्छ : कृषक अधिकारी
विदेशिनु पर्दैन, स्वदेश मै आम्दानी गर्न सकिन्छ : कृषक अधिकारी
दिनेश महर्जन
दिनेश महर्जन मंगलबार, मंसिर २१, २०७८

काठमाडौं। जीवन संघर्ष हो । जीवनमा धेरै किसिमका उतार चढाव आउँछन् । जीवनका  ती आरोह अवरोहलाई पन्छाउँदै अघि बढ्नु पर्छ। परिवर्तन त सम्भव छ, शुरुवात पनि आफैबाट गर्नु पर्छ। आफूले गरेको परिवर्तनबाट सकारात्मक नतिजा आओस् र त्यही परिवर्तनबाट अरुले पनि प्रेरणा लिन सकोस्। संघर्ष गर्नुस् अरुको भूमिमा होइन आफ्नै भूमिमा, पौरख गर्नुस् सफलता आफ्नै हातमा छ। निरन्तर कर्म गर्नुस् चमत्कार देख्न सकिन्छ। यस्तै संघर्षशिल सफल व्यवसायिक कृषक पुरुषोत्तम अधिकारीको जीवनको संघर्षको कथा सवैका लागि प्रेरणाको स्रोत नै बनेको छ।

नुवाकाेट जिल्लाको तारुका गाउँमा जन्मिएका पुरुषोत्तम अधिकारीले सोही गाउँमा आफ्नो बिद्यालयको अध्ययन सकाए भने त्यसपछि उच्च शिक्षा काठमाडौ आएर रत्नराज्य कलेजवाट पूरा गरे। अध्ययनपछि पनि पुनःगाउँमै फर्किएर व्यवसायिक कृषि गर्ने सोच बनाए। हुन त आफू संगै पढेका साथीहरु केही काठमाडौंमा बसे भने कोही विदेश पलायन भए।

उनी भन्छन्–आफ्नो सोच चाँही कृषि मै आबद्ध हुन्छु भन्ने थियो। त्यही कारण गाउँ फर्किएर कृषिमा संलग्न भए। यद्यपि व्यवसायिक रुपमा कृषि पेशामा लागेको २०५८ सालदेखि लागेको बताउँछन्। त्यसमाथि, इनोभेटिभ तरीकाले कृषि पेशामा आबद्ध भएको केही वर्ष मात्र भएको उनको भनाई छ। साथै आफ्नो जीवन संगिनीको साथ र सहयोगले झन् कृषि पेशामा लाग्न सजिलो भएको बताउंछन्।

कृषक अधिकारी त्यतिमा मात्र सिमित छैनन्। जैविक खेती गर्ने सोचमा पनि छन्। यद्यपि २०७२ सालदेखि कौशी खेती अभियान संचालन गरेको र आफूले पनि कौशी खेती गरेको सगौरब बताउंछन्। भन्नेहरुले त कौशी खेती गर्नुहुन्न भनेका पनि थिए। तर, त्यसलाई वास्ता नगरी योजनाबद्ध रुपमा कौशी खेती गर्दै गए।

पछि कोभिडको महामारीमा लकडाउन हुँदा हरेकले त्यही कौशी खेती नै गरे, जसले गर्दा आज हरेक महानगरपालिका होस् वा नगरपालिका होस् वा गाउँपालिका कौशी खेतीको तालिम र कौशी खेती पहिलो नम्बरमा छ। त्यसो त कौशीमा तरकारी मात्र होइन जडिबुटी पनि लगाएको बताउँछन्।

जसलाई चियामा प्रयोग गर्न सकिन्छ। कौशीमै ड्रयागन फुड, च्याउ समेत लगाएको बताउँछन्। कृषिमा चाँही विगत केही वर्षदेखि परपल पोट्याटो अर्थात् बैजनी आलुको खेती गर्दै आएको सुनाउंछन्। विदेशमा निकै नै खाद्य गुणस्तर भएको आलु मानिन्छ। चितवनमा १० कट्ठा जमिनमा सो खेती गर्दै आएको र नुवाकोटमा पनि सो खेती गर्दै आइरहेको भन्छन्। दुई जनालाई रोजगारी दिने कार्य आफूवाट भएको सगौरव अधिकारीले वताए।

नुवाकोटमै दुई रोपनी जग्गामा गत वर्ष ब्याक राइस लङ ग्रेन धान पनि लगाएको बताउँछन्। उत्पादन राम्रो भएकोले चितवनमा पनि डेढ विगा जमिनमा लगाएको वताए। त्यसो त प्राकृतिक प्रकोपको कारण केही नोक्शान पनि भोग्न परेको यथार्थता वताउँदै कृषक अधिकारी भन्छन् "विदेश जानु पर्दैन यदि इच्छाशक्ति छ भने स्वदेश मै पनि आम्दानी गर्न सकिन्छ" 

कृषि पेशाबाट खर्च कटाएर पनि मासिक रुपमा ६०/ ७० हजार वचत हुने गरेको वताउने अधिकारी जैविक खेतीको लागि जैविक मल पनि उत्पादन गर्ने योजना रहेको बताउँछन्। शुरुमा आफ्नो खेतीको लागि प्रयोग गर्ने र पछि हरेक कृषकको पहुँचमा पुर्याउने खुलासा गर्छन्।

कृषकहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्दै सचेतना जगाउने योजनामा रहेका उनी गड्यौला खेती र मौरी पालन गर्न पनि कम्मर कस्ने तर्खरमा छन्। त्यसो त कृषि विज्ञहरुसंग समन्वय गरी अगुवा कृषकहरुलाई निःशुल्क तालिम दिने गुरु योजना सोचमा पनि अधिकारी रहेका छन्।

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्