Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महिलाहरु हिजो चौघेरामा सिमित थियौं, आज चौघेरा त नाघेका छौं तर पनि समस्याहरु प्रसस्त छन् : उपाध्यक्ष बोहरा
महिलाहरु हिजो चौघेरामा सिमित थियौं, आज चौघेरा त नाघेका छौं तर पनि समस्याहरु प्रसस्त छन् : उपाध्यक्ष बोहरा
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, मंसिर २५, २०७८

मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो । राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छन् अनि मुलुकलाई समृद्ध बनाउन पनि।  थुप्रै मुलुकका आर्थिक विकासका अनुभव र समय समयमा गरिएका विभिन्न अनुसन्धानले महिलाको सक्रिय सहभागिता विना आर्थिक तथा सामाजिक विकासको लक्ष्य हासिल हुन सक्दैन भन्ने प्रमाणित गरिसकेको छ। 

सधै निडर स्वभाव, निरन्तर सर्वसाधारणको सेवामा खटिरहने, सबैलाई समान व्यवहार गर्ने, विकास निर्माणका काममा दिन रात नभनि अहोरात्र लागिरहने, सकारात्मक तरिकाबाट समाज परिवर्तन गर्ने महिला बडीकेदार गाउँपालिका डाेटीकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटसंग नामी साप्ताहिकको लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप– 

अवसर पाए महिलाले चुल्हो चौकोदेखि नीति निर्माणको तहसम्म काम गर्न सक्छन् भन्ने कुरालाई कत्तिको मान्नु हुन्छ ? 

एक दम सही भन्नुभयो, अवसर पाए महिलाले जस्तो सुकै काम पनि गर्न सक्छन् । तर सोचे जति सजिलो त पक्कै पनि छैन। किनभने हामीले सिकेर आएको संस्कार र चाल, चलन, रितिरिवाज जस्तो छ त्यही परिवेशमा छौं हामी। परिवर्तन भएकै छैन। परिवर्तन त धेरै कुरामा भएको छ, तर कुनै पनि कुरा तुरुन्तै परिवर्तन हुँदैन त्यसको लागि समय लागिहाल्छ। 

पित्तृप्रधान समाजमा महिलालाई अझै पनि दोश्रो दर्जाको रुपमा हेर्ने चलन छ, महिलाले काम गर्न सक्दिन कि, अथवा पुरुषभन्दा माथि जान्छन् कि भन्नेहरु पुरुष होइनन्, महिला नै हुन्, त्यसकारण हाम्रो जस्तो मुलुकमा परिवर्तन हुन समय लाग्छ, तर अवसर पाए जस्तो सुकै काम पनि गर्न सक्छन्। चुनौतीलाई अवसरका रुपमा काम गर्नुपर्छ । 

देशमा आधा भन्दा बढी जनसंख्या महिलाको छ, तर पनि अवसरको कमीले अगाडि आउन सकेका छैनन्, महिलालाई कतिको गाह्रो हुन्छ काम गर्न, अगाडि बढ्न ?

महिलालाई अगाडि बढ्न गाह्रो नै हुन्छ, अवसर पाउन पनि गाह्रो छ। अवसर पाए पनि विभिन्न खालका समस्याहरु आइपर्छन्। किनभने हामी महिलाहरु हिजो चौघेरामा सिमित थियौं, आज चौघेरा त नाघेका छौं तर पनि समस्याहरु प्रसस्त छन्। हामीले हाम्रो घर परिवार सबैलाई खुशी बनाएर बाहिर निस्किनु पर्ने हुन्छ। यसको अर्थ यो होइन कि हामीलाई पुरुषले सहयोग गर्दैनन् भन्ने। मलाई पनि धेरै नै सहयोग प्राप्त भएको छ। परिवर्तनशील समयमा पाइला टेकेपनि हामी अलि पुरानो संस्कारमा हुर्किएको हुनाले घरको काम पुरुषले गर्नु हुन्न भन्ने मान्यता छ। कतिपय अवस्थामा हामी महिला आफ्नै कारणले पनि पछाडि परेका छौं।

योजना अनुसार कत्तिको कामहरु भएका छन् ? 

डोटी जिल्ला भौगोलिक दृष्टिकोणले विकट जिल्ला हो त्यसमा पनि बडीकेदार गाउँपालिका अझ विकट गाउँपालिका अन्र्तगत पर्दछ। यो ५ वर्षको अवधिमा हामीले विकास निर्माणका धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ। हामीले स्वास्थ्य, शिक्षा, खानेपानी, सडकदेखि लिएर सबै कामहरु सम्पन्न भएका छन्। स्थानिय सर्वसाधारणको पनि त्यत्तिकै साथ र सहयोग पाएका छौं। 

भौगोलिक दृष्टिले विकट डोटी, त्यसमा पनि बडीकेदार गाउँपालिका विकट गाउँपालिकामा पर्दछ, पहिला र अहिले कस्तो खालको परिवर्तन भएका छन् ?

पहिला र अहिले यो ५ वर्षको अवधिमा धेरै नै परिवर्तन भएका छन्। सडकको धेरै नै विजोग थियो, पहिले् एक ठाउँबाट अर्को ठाउँमा पुग्न नै घण्टौं लाग्थ्यो भने अहिले सबै बाटोहरु ग्राभेल भएका छन्। यातायातको पनि सुविधा छ। विकास निर्माणका थुप्रै कामहरु सम्पन्न भएका छन्। हामीले यो ५ वर्षको अवधिमा गर्न बाँकी भनेको बिद्युतको काम हो त्यो पनि छिट्टै नै काम सम्पन्न हुनेछ। 

नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शनिबार, फागुन १६, २०८२
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न शनिबार, फागुन ९, २०८२
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन आइतबार, माघ २६, २०८२
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मंगलबार, माघ १४, २०८२
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ आइतबार, पुस २७, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्