Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसलाई बलियो बनाउन सभापति जित्नैपर्छ : देउवा
कांग्रेसलाई बलियो बनाउन सभापति जित्नैपर्छ : देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर २७, २०७८

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास दिलाएको छ।

कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नै पर्ने बताएको हो। 

“प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु। सभापति जितेमा सरकारलाई पनि हाँकेर लैजान सकिन्छ। सभापति हारेमा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ”, प्रधानमन्त्री देउवाले भने। 

लामो सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रलाई बचाउन र सुदृढ तुल्याउन पनि कांग्रेसले जित्नैपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, “नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ। पार्टीमा झगडा भइरहेको इतिहास तपाईंहरुलाई थाहा नै छ, गिरिजाबाबुसँग कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीचको झगडा हेर्नुभएको छ, पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ त्यसका लागि अहिले मौका आएको छ। यो शेरबहादुरको लागि मात्र हैन। यो राष्ट्र र प्रजातन्त्रको कुरा हो।”

पार्टी बलियो नभए प्रजातन्त्र कमजोर हुने र बलियो पार्टीले मात्रै प्रजातन्त्र बचाउनसक्ने उल्लेख गर्दै देउवाले कांग्रेस भनेको प्रजातन्त्र हो प्रजातन्त्र भनेकै कांग्रेस हो भने। “प्रजातन्त्रमा पार्टी सभापति एउटै भएको खण्डमा देशमा कुनै किसिमको झैझगडा हुँदैन, अहिलेको आवश्यकता हो प्रजातन्त्रलाई बचाएर बलियो सरकार बनाउन पार्टी सभापतिमा जित्नैपर्छ”, प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवाले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउँदै उनले भने, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिकरूपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नुपर्ने आवश्यकता मैले देखेको छु।”

कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अहिलेको परिस्थितिमा सबै दलले स्वीकार्नसक्ने वातावरण निर्माणका लागि देउवाको नेतृत्व अपरिहार्य भएको बताए। 

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी र देशको राजनीतिलाई सन्तुलित ढङ्गले अघि बढाउन पनि देउवाको नेतृत्व अपरिहार्य भएकाले पार्टी सभापतिमा जित्नैपर्ने आवश्यकता रहेको बताए। 

कांग्रेसका भरत शाहले पार्टीलाई सुदृढ तुल्याई राष्ट्रियतालाई बलियो बनाएर स्वतन्त्र निर्वाचन गराउन सभापतिमा देउवाले जित्नैपर्ने आवश्यकता रहेको बताएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०६:३७
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्