Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपसभापतिमा खड्का र गुरुङ निर्वाचित
उपसभापतिमा खड्का र गुरुङ निर्वाचित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस १, २०७८

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका २ उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य छन्।  खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार हुन् भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार हुन्। 

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएको छ। सभापति देउवा ‘प्यानल’ कै उनले १ हजार ९०६ मत प्राप्त गरेको छ। 

समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको छ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलो पटक गरेको हो। यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो। 

सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई बिहान १ बजे सम्पन्न भएको थियो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो। 

सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६८९ मतदाताले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो। 

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसकेको छ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ। 

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्ता भएकाबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ। 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०८:४९
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्