काठमाडौ । चर्चित लोकदोहोरी गीतका होनहार नायिका तथा माेडल रञ्जिता गुरुङ, पुष्कल शर्मा र अर्जुन भुषालको अभिनयमा ‘तिम्रो के हाल छ’ म्युजिकभिडियो सार्बजनिक भएको छ।
अत्यन्तै मार्मिक लोकदोहोरी ‘तिम्रो के हाल छ’ म्युजिकभिडियोमा आवाज रहेको छ मर्मस्पर्षी स्वरकी रानी भनेर सर्वाधिक चिनिने गायिका विष्णु माझी र गायक अमित बाबु रोकायाको।
मायाकाे कुनै जात र धर्म हुन्न भन्ने उखानलाई चरितार्थ गरिएकाे छ यस ‘तिम्रो के हाल छ’ म्युजिकभिडियोमा।
गीतकार जगत बस्नेतको शब्द रचनामा निर्मित यस म्युजिकभिडियोमा संगीत अमित बाबु रोकायाले भरेका छन् भने एरेञ्ज बिनोद बाजुरालीको रहेको छ।
‘तिम्रो के हाल छ’ म्युजिकभिडियोलाई निर्देशन गरेका छन् श्रीजन बराल(ऋषि)ले। त्यस्तैगरी सम्पादन गरेका छन् अमृत चापागाईले भने छायाँङकनमा राम केसी ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ १९:५१