Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रथम राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी
प्रथम राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १०, २०७८

काठमाडौँ । विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन्। माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ।

सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन्। 

यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने भएको छ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट कूल १ हजार ४८३ जना प्रतिनिधि चयन भएका छन्। त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ।

माओवादीले यसभन्दा अगाडि ५ प्रतिशत मात्रै मनोनयन गर्ने बताएको थियो। त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ। बैठकपछि प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिए। ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन्। यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।

अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि सङ्ख्या एक हजार ६३१ जना पुग्नेछ।

माओवादीले पहिलो पटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ। महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो। त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो। आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गर्यो।

प्रदेश–२ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ। गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो । वाग्मती र प्रदेश–१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ।

वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेल नेतृत्वको वाग्मती प्रदेश समितिले आज मात्रै आफ्नो पदभार ग्रहण गरेको छ। सहमति हुन नसकेपछि माओवादीले मतदान नै गराएर दुई प्रदेशको नयाँ नेतृत्व चयन गरेको हो।

प्रदेश–२ को प्रदेश समिति मात्रै गठन गरिएको छ। गण्डकी प्रदेशमा अध्यक्ष मात्रै चयन गरिएको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेशमा पनि अध्यक्ष मात्रै चयन गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश समिति चयन गरिएको छ। बाँकी रहेका गैरभौगोलिक प्रदेशको पनि नेतृत्व चयन भएको छ।

माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ। यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश गरिसकेको अवस्था छैन।

पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताहरूले दावी गरिरहेका छन्। सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दावी गरेको छ। 

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेको छ।

तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालेकाले भुसालले आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेको हो। 

माओवादीको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ।

माओवादीको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरे भने वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरेका हुन्। 

नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको छ। 

महानगर, नगर र पालिकाबाट चयन भएकाले प्रदेश समिति निर्वाचित गरेको छ। प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दावी गरेको छ।

अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने सङ्कल्प गरेको छ। टुटफुटको शृङ्खलाबाट अगाडि बढेको माओवादीलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ सङ्कल्प गरेका प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औँँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आएको छ।

पार्टीलाई कमीकमजोरी सच्याएर एउटा क्रान्तिकारी पार्टीका रूपमा, एउटा अन्तर्राष्ट्रवादी पार्टीका रूपमा, र समाजवादी क्रान्ति नेता पार्टीका रूपमा यसलाई रूपान्तरण गर्ने दोसाँधमा आफू रहेको भन्दै प्रचण्डले राष्ट्रिय सम्मेलनबाट विचारमा प्रष्टता आउने दावी गरेको छ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादीले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दावी गरिहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ।

त्यसो त अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा राष्ट्रिय सम्मेलनमा पेश गरिने राजनीतिक दस्तावेज पेश गरेको छ।

दस्तावेज कुन दिशामा केन्द्रीत भएको छ भन्ने बारेमा माओवादीको नेतृत्वले कुनै जानकारी नदिए पनि निरन्तरतामा क्रमभङ्गता हुने दावी गरिएको छ। 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १०:२७
##CommunistPartyOfNepal(Maoist Centre)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः २ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्