Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बहुप्रतिक्षित चलचित्र ‘काँडेतार’ को छायाँङ्कन सकियो
बहुप्रतिक्षित चलचित्र ‘काँडेतार’ को छायाँङ्कन सकियो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १०, २०७८

काठमाडौ । बहुप्रतिक्षितकाे घडीमा रहेकाे चलचित 'काँडेतार' को सम्पूर्ण छायाँङ्कन कार्य सकिएको छ। 

“सिमानामा काँडेतार बार लगाउँनु पर्छ” अभियानका अभियन्ता नायक नवल खड्का नै हुन्। चलचित्र 'काँडेतार' मा राष्ट्रवादी नायक नवल खड्काको निर्देशन तथा निर्मात्रीमा बहुचर्चित गायिका सत्यकला राई रहेको छ। 

विविध बाधा व्यवधानका बाबजुद पनि तिनको कठिन सामना गर्दै तीन करोडको लागतमा निर्माण हुन गइरहेको यस चलचित्र 'काँडेतार' को कथा लेखन शिवम् अधिकारी र नवल खड्काको रहेको छ।

देशभक्तिपूर्ण यस राष्ट्रवादी चलचित्र 'काँडेतार' का कलाकारहरुमा नायक नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरविना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम नेपाली, देवेन्द्र कोईराला, रामविश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरेले मातृभूमिप्रतिको अगाधप्रेममय अभिनयमा आगो बाल्ने अभिनय उत्रिएका छन् भने बाल कलाकारमा नादिया खड्का र सनया खड्का अदम्य अभिनय पस्केका छन्। 

त्यस्तैगरी चलचित्र 'काँडेतार' को गायनमा राजेश पायल राई, जे. पापी, बिक्रम राई, गायिका सत्यकला राई, गीतकार नवल खड्का, संगीतमा मणी थापा, दिपक शर्मा, मिलनकान्छा किराँती र मुख्य सहायक निर्देशकमा विश्व जंङ्ग माझी रहेका छन् भने छायाङ्कनमा सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एशोसियट निर्देशक रामशरण कोईराला, काष्टिङ्ग निर्देशक केशव रायमाझी, सम्पादन तारा थापा, किम्भे प्रोडक्शन हेड प्रकाश महरा र प्रोडक्सन मेनेजर प्रकाश हमाल रहेको छ।

सिमानामा काँडेतार बार नलगाएसम्म राष्ट्र तथा आफ्नो मातृभूमि सुरक्षित रहन्न भन्ने मूलनारा बोकेको यस चलचित्र 'काँडेतार' ले सारा नेपाली सर्बसाधारण जनताको रगत उमाल्ने सन्देश छरेको छ।

रातारात सिमाना मिचिरहँदा यहाँका मै हुँ भनाउँदा राजनेता र जननेता कहलाउँने नेताहरुले के हेरिरहेको छ ? यसको जवाफ मागेको छ चलचित्र 'काँडेतार' ले। एक सच्चा अनि प्रखर राष्ट्रवादी सकल नायक हुन् नवल खड्का जसलाई आफ्ना मातृभूमिमाथि बाह्य राष्ट्रले सीमा हस्तक्षेप गर्दा निँदहराम भएको छ साथै सारा नेपाली जनतालाई। 

ठूल्ठूला भाषण छाँट्नेलाई देशको माया के थाहा ? सिमानामा काँडेतार नहुँदा रातारात जनताहरु आफ्नै मातृभूभिबाट उठीबास हुनु परेको छ। ती जनताको मन रोएको नेताहरुलाई के थाहा ? 

दिनदहाडै विदेशीले भूमि हस्तक्षेप गरिरहँदा टुलुटुलु हेरिबस्ने अनि चुइँक्क एक शब्द पनि बोल्न नसक्ने यी लाचार नेताहरुले गरेका विगतका काला कर्तुतहरुको पर्दाफास गर्दै धज्जी उडाएको छ चलचित्र 'काँडेतार' ले।

राष्ट्रभक्ति तथा देशप्रेमले ओतप्रोत अहिलेसम्मकै अब्बल चलचित्र बनेको छ 'काँडेतार'। छायाङ्कन सकिए लगत्तै निर्माण टीम अब सम्पादन कार्यमा लागि परेको छ र सकेसम्म चाँडै नेपाली जनताकासामु जनताकै चलचित्र 'काँडेतार' प्रर्दशनमा ल्याउने निर्देशक तथा राष्ट्रबादी नायक नवल खड्काले वताए। 

“सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकी संगको सद्भाव कायम राख्छ” निर्देशक तथा नायक खड्काले भने, "चलचित्र 'काँडेतार' को सम्पूर्ण शुटिङ्ग समाप्त भएकोमा खुशियाली बाँड्न चाहान्छु। यसमा सहयोग गर्नुहुने आबद्ध चलचित्रकर्मी र सहयोगी हात र साथहरू प्रति नमन गर्न चाहन्छु। विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ। त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु।” 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:१२
##NawalKhadka
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ भदौ २४ को घटनामा सरकारको मौनता किन ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्