Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल
हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १४, २०७८

काठमाडौ । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। 

कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महिनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो। 

साउन महिनामा दक्षिण एसियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए।

 भदौ महिनामा अन्य देशका ७१ र दक्षिण एसियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए।  

असोज महिनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेको थियो। असोजमा अन्य देशका ४७२ र दक्षिण एसियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन्। 

असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ३ गुणाले बढ्यो। कात्तिकमा अन्य देशका १ हजार ५१८ र दक्षिण एसियाली देशका ५८५ गरी २ हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन्। 

कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मङ्सिरमा भने पर्यटकको सङ्ख्या केही घटेको छ।

मङ्सिरमा अन्य देशका १ हजार २२० र दक्षिण एसियाली देशका ६५३ गरी १ हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन्।

हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि १५० शुल्क लिइन्छ। अन्य देशका नागरिकलाई भने १ हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए। 

पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो  कोरोनाका कारण आव २०७६/२०७७ मा ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ। 

कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ। यो वर्ष १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्ष मङ्सिर मसान्तसम्म ३६ लाख शुल्क उठेको छ। विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ वटा काउण्टरको व्यवस्था गरेको छ। 

जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ वटा काउण्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन्।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १६:२९
##Hanumandhoka
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्