Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल
हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १४, २०७८

काठमाडौ । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। 

कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महिनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो। 

साउन महिनामा दक्षिण एसियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए।

 भदौ महिनामा अन्य देशका ७१ र दक्षिण एसियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए।  

Nepal Oil Corporation

असोज महिनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेको थियो। असोजमा अन्य देशका ४७२ र दक्षिण एसियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन्। 

असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ३ गुणाले बढ्यो। कात्तिकमा अन्य देशका १ हजार ५१८ र दक्षिण एसियाली देशका ५८५ गरी २ हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन्। 

कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मङ्सिरमा भने पर्यटकको सङ्ख्या केही घटेको छ।

मङ्सिरमा अन्य देशका १ हजार २२० र दक्षिण एसियाली देशका ६५३ गरी १ हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन्।

हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि १५० शुल्क लिइन्छ। अन्य देशका नागरिकलाई भने १ हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए। 

पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो  कोरोनाका कारण आव २०७६/२०७७ मा ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ। 

कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ। यो वर्ष १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्ष मङ्सिर मसान्तसम्म ३६ लाख शुल्क उठेको छ। विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ वटा काउण्टरको व्यवस्था गरेको छ। 

जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ वटा काउण्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन्।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १६:२९
##Hanumandhoka
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली शनिबार, असार २१, २०८२
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्