Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समृद्ध समाज निर्माण युवा नेता रामप्रसाद न्यौपानेको भिजन र मिसन
समृद्ध समाज निर्माण युवा नेता रामप्रसाद न्यौपानेको भिजन र मिसन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज ११, २०७७

     काठमाडौं। सामान्यतया नेपाली राजनीतिमा साना–ठूला सवैखाले दलहरुमा आफ्नै किसिमका समस्याहरु देखापरिरहेको देखिन्छ। व्यवस्थापनमा चुनौति आउने वितिकै दल विभाजन वा ठूला गुट–उपगुट शुरु हुने नेपालका साना–ठूला राजनीतिक पार्टीहरुको पुरानो रोग हो।
     

नेपालको राजनीति अहिले आएर आजभन्दा चार–पाँच बर्ष अगाडिको विहारको राजनीतिजस्तै भैरहेको यथार्थतालाई नेपाली कांग्रेसका युवा नेता रामप्रसाद न्यौपानेले खुलासा गरेका छन्। तत्कालिन विहारी राजनीति भन्नाले गुण्डाहरुले चलाएको राजनीति बुझिन्छ। यस्तो बेलामा जहिले पनि अन्तरिम राजनीति चलिरहन्छ। भ्रष्टाचार, गुण्डागर्दी, सक्नेले लुट्ने खाने, समाजमा धर्म–संस्कृतिको खिल्ली उडाउने देखि लिएर सामाजिक सहिष्णुता भड्काउनेसम्म कार्य हुन्छ। 
     

यो पाराको राजनीतिमा भविष्य निर्माणको वाटो हुने होइन, विनाशको वाटो हुनेगरेको तार्किक तर्क युवा नेता रामप्रसाद न्यौपानेको छ। आफू ताक्छ मुडो–बञ्चरो ताक्छ घुँडो भनेजस्तो भैरहेको नेपाली राजनीतिको वर्तमान नेपालको धरातलमा प्रजातन्त्र आएको वा पूर्नरस्थापना भएको पनि ३१ बर्ष पुगिसकेको छ। 
     

नेपालको ३१ बर्ष लामो पूर्नरस्थापित प्रजातन्त्रमा नेपाली जनताले समृद्ध नेपालको आशा गरेका थिए। यसअवधिमा धेरै कुरा भए तर, पूर्ण भएन। नेता र नजिकका कार्यकर्ता जहिले पनि मोटाए। नेपाली जनताले सोचेका कुरा पुगेन। नेता तथा कार्यकर्ताले देशको स्वाधिनतालाई खेलवाड गरेको र देश नरहे हामी कहाँ जाने भन्ने नेता तथा कार्यकर्ता कसैले नबुझेको पीडामय गुनासो युवा नेता रामप्रसाद न्यौपानेको रहेको छ। 
   

 नेता न्यौपानेले देश र जनता नरहे कसको नेता ? कसको कार्यकर्ता बन्ने भन्ने बुझ्न नसकेको जस्तो आफूले महशुश गरेको भन्दै आफू नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ को सभापति भएकोले समाजमा टोल–टोलमा पुगेको र सवैको गुनासो सुनेर समस्याको समाधान गर्ने हरतरहले प्रयास गर्दैआएको वताएका छन्। आफ्नो राजनीतिको मूलधार नै समाजसेवा भएको र सामाजिक परिवर्तन तथा समृद्ध समाज निर्माण गर्नु नै आफ्नो राजनीतिको भिजन र मिसन भएको नेता न्यौपानेले भनेका छन्। 
   

 विसं.२०४६ सालको जनआन्दोलनमा होम्मिएर नेपाली कांग्रेसको मूलधारवाट राजनीतिक करियर शुरु गरेका युवा नेता रामप्रसाद न्यौपाने नेपाली कांग्रेसका अग्रज त्यागी नेता सुन्दरराज चालिसेवाट प्रभावित बनेर नेपाली कांग्रेसको राजनीतिमा होम्मिएका हुन। निष्ठाको राजनीतिवाट कति पनि विचलित नबनेका नेता न्यौपाने नेपाली कांग्रेसको राजनीतिमा बी.पी.चिन्तनलाई मेरुदण्डको रुपमा लिएको वताउंछन्। त्यस्तैगरेर, सुन्दरराज चालिसे, वीर गणेशमान सिंह, वासु रिसाल जस्ता तत्कालिन त्यागी नेपाली कांग्रेसका नेताहरुको गाइडलाइनवाट राजनीति गर्न जानेको वताउने न्यौपानेको राजनीतिको परिभाषा नै सामाजिक सुधार तथा समाज सेवा हो। 
     

काठमाडौंको नक्साल स्थित नन्दीरात्री माध्यमिक विद्यालयवाट विसं.२०४७ सालवाट एसएलसी पास गरेर शंकरदेव कलेज पढ्दादेखि नै नेता न्यौपाने नेवि संघको इकाई नेता हुंदै नेपाली कांग्रेसको राजनीति शुरु गरेका हुन। त्यसैगरेर, युवा नेता न्यौपाने नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनवाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति वनेका हुन। 
     

सामुदायिक सेवा केन्द्र टुंडालदेवीको १० बर्ष सचिव बनेर हाल अध्यक्ष वनेर सामुदायिक सेवामा अत्यन्त क्रियाशील न्यौपाने इच्छुमति उपभोक्ता समिति, टुसाल समाज लगायतका दर्जनौ सामाजिक संघ–संस्थामा आवद्ध छन्। नेता न्यौपाने जनताको नजरमा बाँध्यताले मात्र नेता वा कार्यकर्ता भन्ने वातावरण भएकोमा आफूले खुशीले सम्मान गर्न र गराउने वातावरण तयार गर्न क्रियाशील भएको वताउंछन्। 
     

विसं.२०७२ साल बैशाख १० गते गएको महाभूकम्पको विपदको समयमा होस् या कोरोना कहरको वर्तमान महामारीमा समेत व्यक्तिगत तथा संस्थागत राहत सहयोग लगायतका सामाजिक सेवामय कार्य गर्न फ्रन्टलाइनमा नेता न्यौपाने देखिदैआएका छन्। यसअर्थमा आफूलाई अत्यन्त गौरब लाग्ने गरेको वताउने न्यौपाने युवाविना देश सफल हुन नसक्ने र बर्षेनी देशको खम्बाको रुपमा रहेका लाखौ लाख युवाजनशक्तिलाई विदेशिनवाट रोक्न देशमा स्पष्ट नियम–कानून सहित रोजगारको व्यवस्था गराउन आवश्यक भएको जिकिर गर्छन्। 
     

युवा विना देश तथा पार्टी कुनैपनि नचल्ने भएको कारण युवालाई अवसर दिनुपर्ने र अग्रज नेताहरु अभिभावक वनेर मार्गनिर्देशन दिन अत्यन्त आवश्यक भएको वताउंछन्। नेपाली कांग्रेसको राजनीतिमा पुस्ता हस्तान्तरण जरुरी भैसकेको पनि वताउंदै नेता न्यौपानेले महिलालाई जस्तै युवाहरुलाई पनि प्रतिशत छुट्याएर अवसर दिनुपर्ने प्रावधानको विकास भएमा क्रमशः अधिकार र नेतृत्व हस्तान्तरण हुँदैजाने सहज मार्ग देखाएका छन्। जसवाट कसैको हक खोसेको वा आत्मामा ठेस पुगेको महशुश पनि नहुने राय न्यौपानेको रहेको छ।
   

 सीप–अनुभव र हैसियत भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सधैं आरक्षण खोज्ने र दिने परिपाटी पनि ठीक होइन। आरक्षणले कार्यकर्ता अल्छी वनाउँछ। त्यसैले केही अवधिसम्म समय तथा सीमा तोकेर आरक्षण प्रतिशतको आधारले दिने र समय–सीमा पछि खुल्ला प्रतिस्पर्धामा सहभागी गराउने सहज मार्ग देखाउंदै नेता न्यौपानेले त्यसको केही समय आरक्षणले पार्टीमा सन्तुलन ल्याउने र धेरै समयको आरक्षणले विकृति ल्याउने हुंदा उचित कदम चाल्नु जरुरी रहेको पनि राय दिएका छन्। 
   

न्यौपाने थप्छन्–अवको नेता जनतामाथि राज गर्ने नेता हुनु भएन । अवको नेता–कार्यकर्ताले साँच्चिकै जनताको मर्मलाई बुझ्ने, जनताको सेवा गर्ने नेता रोज्नु पर्छ। जनताको चाहना र इच्छा पनि त्यही हो। 


(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्