काठमाडौ । डिश मिडिया नेटवर्कले आईटी/आईएसपीतर्फको एचआरएम अवार्ड प्राप्त गरेको छ। 
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट योगदा पुर्याउँने संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको हो। 
डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटेगोरीमा यो अवार्ड प्राप्त गरेको हो।
नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ।
अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षां श्रेष्ठ रहेका थिए।
 
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २२:१७