Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रदेश नं. २ : कोरोनाको जोखिम सतर्कता अपनाउँन आग्रह
प्रदेश नं. २ : कोरोनाको जोखिम सतर्कता अपनाउँन आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २६, २०७८

काठमाडौ । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ। 

गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो।

यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २ दिनमा ९९ जनाको स्वाब परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ। 

यता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश २ का जिल्लाका भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको बताइएको छ।

छिमेकी राष्ट्र भारतमा दैनिक १ लाखभन्दा बढीमा सङ्क्रमण देखिएपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमानाकामा कडाइ गरेको छ। 

सशस्त्र प्रहरी बल प्रदेश-२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिए। 

महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी भारतबाट आउनेको स्वास्थ्य परीक्षण सुरु गरिसकेको छ। 

प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा पालिकामा पनि हेल्पडेस्क सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रदेश २ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब ४६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ। प्रदेश २ का कतिपय स्थानीय तहले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ। 

ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै सङ्क्रमितसमेत दैनिक वृद्धि हुनुले जनकपुरधामलगायतका प्रदेश २ का अधिकांश नाका कोरोनाको ‘हटस्पट’ बन्न सक्ने चिकित्सकले बताएका छन्।

मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुला नाकासमेत प्रदेश २ मा नै छन्। यस प्रदेशको ८ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी मोटर बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ। 

यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायबाट कडा निगरानी हुनुपर्ने अवस्था देखिएको छ। 

प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानु खतराको सङ्केत हो। 

लापरवाही गरे अवस्था अझै बिग्रन सक्ने झाको भनाइ छ। यता कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश २ मा कोभिड-१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने बढेको छैन। 

सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशक झाले पुस महिना बित्नै लाग्दा यस प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र भएको बताए। 

निर्देशक झाका अनुसार एक मात्र डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिराहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ।

पुस महिनाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यस प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए। 

स्थानीय तहका जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेको निर्देशक झाको भनाइ छ। कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश २ मा १ हजार ४० जनाले ज्यान गुमाइसकेका छन्। 

हालसम्म यो प्रदेशमा २ लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन्। त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए। 

“खोप लगाउनेको सङ्ख्या निरासाजनक देखिएको छ”, सामाजिक विकासमन्त्री साहले भने, “त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ।”

केही दिनअघि मात्र यस प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्री, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ।

यसबाहेक कोरोनाको तेस्रो लहर आउनसक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाइएको बताइएको छ।

“प्रदेशभरिका सबै अस्पताललाई औषधिसहित अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, मन्त्री साहले भने, “सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रतिनिधिसँग नियमित समन्वय भइरहेको छ।”

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १३:५१
##province2
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
  • नंः ४ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ५ दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्