Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  •  शिलखाना रहेको स्थानमा खुल्ला पार्क निर्माणको तयारी–स्थानीयको विरोध–मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गर्नुपर्ने माग
 शिलखाना रहेको स्थानमा खुल्ला पार्क निर्माणको तयारी–स्थानीयको विरोध–मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गर्नुपर्ने माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज १३, २०७७

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २१ लगन टोलस्थित शिलखाना रहेको स्थानमा खुल्ला पार्क निर्माण गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाले खुल्लापार्क निर्माण गर्ने तयारी गरेको हो। स्थानीयहरुले त्यसको विरोध गरेका छन्। उनीहरुले उक्त स्थानमा कुनै प्रकारको पार्कको सट्टा त्यहाँ अस्तित्वमा रहेको मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गरिनु पर्दछ भनेर माग गरेका छन्।
 

उक्त स्थानमा रहेको पुरानो जीर्ण भवन लामो समयसम्म जीर्ण अवस्थामा रहेको र बर्षात्को समयमा भवनको एउटा खण्ड करीब एक दशक अघिनै भत्किएको र बांकी खण्ड पनि वि.सं. २०७२ सालको महाभूकम्पमा भत्केका कारण त्यहाँका सम्पूर्ण भग्नावेशषहरु सफा गरी पूरा क्षेत्रलाई खुल्लागरिएको थियो। उक्त स्थानमा रहेको पुरानो भवनलाई स्थानीय बोलिचालीमा शिलखाना, भिमसेन थापाकाभाई बस्ने निवास, घोडा राख्ने तबेला आदि भनी सम्बोधन गरिएपनि सो ठाउँ मूलतः एक मल्लकालीन बौद्ध विहार रहेको तथ्यलाई स्थानीय सामाजिक अभियन्ता शैलेश शाक्य लगंबरेजुले खुलासा गरेका छन्।
 

राजाप्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार किर्तिपुण्य महाविहार लगं बहाको कचाबहा (शाखाविहार)को रुपमाअवस्थितथियो । लगं बहाको संग आवद्ध विहारहरु मध्ये उक्त विहारमा प्रताप मल्लका छोरा नृपेन्द्रमल्ल र चक्रवेतिन्द्र मल्लका पालाका दुईटा शिलालेखहरु अहिलेसम्म पनि रहेको जानकारी लगंबरेजुले दिएका छन् । मल्लकालिन उक्तविहारमा दुईवटा चैत्यहरु अझै पनि पाईन्छ । एउटा चैत्य नृपेन्द्र मल्लको पालाको हो भने अर्को चैत्य मल्ल राजा जयप्रकाश मल्लको पालाको हो। 
 

राजा जयप्रकाश मल्लले लगन टोलस्थित लगं बहाःको बाहिरपट्टि पनि वि.सं. १८०१ तीर अर्को उक्तविहारलाई जीर्णोव्दार गरी अझभव्य र आकर्षक बनाएका थिए । राजा जयप्रकाश मल्लले लगं बहाःकी एक महिलालाइ विवाह गरी आफ्नी दोश्रो महारानी बनाएकाथिए । उनीबाट जन्मिएका छोरालाई जयप्रकाश मल्लले आफू पछि राजाहुने रोलक्रममा राख्न आफू जीवित रहेकै अवस्थामा युवराज घोषणा गर्ने तयारी गरेका थिए । तर दरवारमा उनका जेठी महारानीतर्फका छोराहरुले यसमा आपत्तिजनाए पछि जयप्रकाश मल्लले उक्त छोरालाई लगं बहालमै ल्याई बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य समेत बनाएको इतिहासविदहरुको भनाई छ ।

त्यस पछि उनी बस्नकालागि लगं बहाःबाहिर जयप्रकाश मल्लले उक्तविहारलाई सुन्दर विहार निर्माण गराए। राजाका अत्यन्त मनपर्ने छोराका लागि जीर्णेव्दार गरिएकोले उक्तविहार अत्यन्त भव्य र विहार वास्तुकलाका सम्पूर्ण अंगले पूर्ण थियो । यस्तो महत्वपूर्ण विहारको संरक्षण गर्न पुरातत्व विभागले अहिलेसम्मकुनै कार्य नगरेको बरु थापाको निवास जोगाउन परिचालित भएको तथ्य स्थानीयहरुले भनेका छन् । थापाको निवासलाई पुरातात्विक मान्ने हो भने त्यहाँ रहेको घोडा पाल्ने तबेलालाई पनि पुरातात्वीक महत्वको मानेर संरक्षण गर्नु पर्दथ्यो । तर दुर्भाग्यबस् उक्त तबेलाभने थापा परिवारको कसैले मासेर आफ्नो नीजी घर बनाई सकेको स्थानीयले बताएका छन् । 
 

मल्लवंशको अन्त्य पछि नेपालमा शाहवंशीय शासन शुरु भयो । शाहवंशीय शासनकालमा लामो समय प्रधानमन्त्री बनेका भिमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गरी त्यहाँ घर र तबेलाबनाएका थिए । उक्त घरमा प्रधानमन्त्री भिमसेन थापाका भाई रणवीर सिंह थापा (जो भिमसेन थापाको पतन पछि सन्यासीको रुप धारण गरी स्वामीअभयानन्दभए )लाई बस्ने व्यवस्थामिलाए । भिमसेन थापाको पतन पछि थापा परिवारलाई सर्वस्व हरण गरी देश निकाला गरे पछि उनीहरु छिन्नभिन्न भए । धेरै जसो भारततिर पनिभागे । पछि राजा राजेन्द्र वीर विक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीले आफ्ना तर्फका छोरा रणेन्द्र वीर विक्रमलाई राजा बनाउनका लागि भिमसेन थापाका भान्जा माथवरसिंह थापालाई भारतको शिमलाबाट नेपाल बोलाए ।

वि.सं. १९०० पौष १२ गते नेपालका मुख्तियार बनेका माथवरसिंह थापालाई वि.सं. १९०१ आश्वीन ७ गते मुख्तियारका साथसाथै प्रधानमन्त्री र कमाण्डर इनचीफ समेत नियुक्त गरे । शक्तिमाआए पछि माथवरसिंह थापाले लगं बहालको बाहिर जयप्रकाशमल्लले स्थापना गरेको उक्तविहार पनि नष्ट गरी भिमसेन थापाकाभाई बस्ने गरेको घर परिसरलाई विस्तार गरे । उक्तविहारमाबसोवास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहा ँभन्दाअलि पर ध्वाखासि नाय्पाःच्वभन्ने ठाउँमा स्थानान्तर गरे ।
सो ठाउँमा रहेको मल्लकालिन महाविहारलाई माथवरसिंह थापाले अतिक्रमण गरी विहारको अस्तित्व समाप्त गरेको व्यहोरा अन्वेषक जोन के. लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपाल’माउल्लेख गरेका छन्। (लक, जोन के., बुद्धिष्ट मोनास्ट्रिज अफ नेपाल, सहयोगी प्रेस, काठमाडौं: सन् १९८५. पृ. ३१७) ।  

 

विहार अतिक्रमण गरी त्यहाँनिवास निर्माण गरिए पनि ऐतिहासिकविहारका भग्नावशेषहरु भने सो ठाउँमा अझै भग्नअवस्थामा रहेको पाइन्छ । उक्त ठाउँमा विहारभित्रचैत्यहरु, मूर्तिहरु तथाविहारको भगवनाशेषका साथै शिलापत्रहरुसमेत रहेका छन् । उक्त ठाउँमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गर्न लगाएको उक्तविहार ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । भिमसेन थापाको भाईलाई निर्माण गरिएको निजीनिवास र तबेलाभन्दा मल्लकालीन बौद्ध विहार ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको कुरालाई नकार्न सकिँदैन ।

त्यहाँ निर्माण गरिएको बौद्ध विहार यहींकै स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । त्यसैले सो ठाउँको इतिहास र त्यहाँको सांस्कृतिक सम्पदा समेत सुरक्षित गर्न आवश्यक छ । तसर्थ उक्त ठाउँमा विहार वास्तुकलाअनुसारको पूर्वरुपकै विहार निर्माण गर्नु आवश्यक रहेको स्थानीयहरुको माग रहेको पाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्