Top Navigation
Main Navigation
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजीव श्रेष्ठको आँखामा ठूलो सपना–मनमा ठूलो आँट र जोश–सम्पदा संरक्षणको महाअभियान
राजीव श्रेष्ठको आँखामा ठूलो सपना–मनमा ठूलो आँट र जोश–सम्पदा संरक्षणको महाअभियान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज १७, २०७७

     काठमाडौं। युवाहरुले आँट गरेपछि जस्तोसुकै कठिन भन्दा कठिन कार्य पनि सफल हुन्छ भन्ने कुरा काठमाडौंको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजार हेरे पुग्छ। सधैंजस्तो भीडभाड हुने अनि आपत पर्दा एम्बुलेन्स लान पनि असहज हुने असन क्षेत्र हिजोआज सुरम्य अनि सफा बन्दैगएको छ। फुटपाथको पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको जमल, असन देखिको इन्द्रचोक, मरुहिटी क्षेत्रको भित्री बस्ती युवाहरुकै कारण सुरम्य बनेको हो।
     

सहज रुपमा असन–इन्द्रचोकमा हिजोआज मोटरसाइकल देखि एम्बुलेन्ससम्म सहज रुपमा आतेजाते गर्न मिल्ने भएको छ। भीडभाड कम भएको छ। जागरुक युवा समाजका जोशिला तन्नेरीहरुले फुटपाथ पसल हटाउ अभियान संचालन गरेयता असन–इन्द्रचोक क्षेत्रको व्युटीफिकेसनमा बृद्धि हुन थालेको हो। असनको शहरी सुन्दरतालाई व्यापारिकरणले तहस–नहस हुन लागेको अवस्थामा आफूहरुले कम्मर कसेर अभियानकै रुपमा लागेपछि सफल भएको खुलासा जागरुक युवा समाजका सह–सचिव राजीव श्रेष्ठले गरेका छन्। 


   
राजीव श्रेष्ठ असन कुसुमवियालाक्षी झ्वाबहाल–ढोकावहालकै जोशिला अनि जाँगरिला युवा हुन। जसको आँखामा ठूलो सपना छ। मनमा ठूलो आँट र जोश छ। यसले गर्दा सामाजिक सेवात्मक कार्यमा अफिस आवर अगाडि र पछाडि कम्मर कसेर लाग्दैआएका छन्। विदाको दिनमा त पूरै समय सामाजिक सेवामा तल्लिन बन्दैआएका राजीव श्रेष्ठको असन शहरको बेथितिलाई सही वनाउने क्रममा आफूहरुले अनेक समस्या झेल्नुपरेतापनि कम्मर कसेर निर्भिक रुपमा लाग्दा सफल हुन्छ भन्ने प्रमाण आफूहरुले दिइसकेको दावी छ। 
   

 जागरुक युवा समाज बाँध्यताले स्वतःस्फूर्त रुपमा स्थापना भएको समाज हो। जसमा जुझारु युवाहरुको ठूलै जमात रहेको छ। यसवाहेक राजीव श्रेष्ठ सम्पदा संरक्षणको महाअभियानको सदस्य समेत हुन । संयोजक यादवलाल कायस्थको अगुवाईमा हिटी, फल्चा उत्खनन तथा संरक्षणमा राजीव श्रेष्ठ तल्लिन बनेर लागेका छन्। त्यसको अलावा जागरुक युवा समाजका अध्यक्ष तथा फुटपाथ पसल व्यवस्थापन महाअभियानका संयोजक चन्द्रकुमार महर्जन लगायत भोकालाई खाना खुवाउने अभियानका मिलन कुमार बोगटी, बब्लु गुप्ता लगायतसंग मिलेर काम गरिरहेका छन्। राजीव श्रेष्ठ रक्तदान कार्यक्रम तथा स्वास्थ्य क्षेत्र र कोरोना कहरमा सामाजिक सहयोग वितरण कार्यमा निरन्तरता दिने महाअभियानमा होम्मिएका छन्। रक्तदान जीवनदान तथा महादान जस्तो मूलनारा सहित प्रत्येक शनिवार टोल टोलमा रक्तदान कार्यक्रम संचालन गर्ने कार्यमा अगुवाइ गदैआएका छन्। लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका मार्केटिङ तथा कम्युनिकेशन चिअरपर्सन समेत रहेका राजीव श्रेष्ठले यसमार्फत विभिन्न स्वास्थ्य तथा जनचेतनामूलक सचेतना कार्यक्रम गर्न र गराउन सफल बनेका छन्। 

Nepal Oil Corporation


   
युवाहरुको दिमागमा राजनीति भन्ने कुरा फोहरी खेल भन्ने कुरा भैरहेको वर्तमान अवस्थामा उनीहरुलाई सही राजनीतिले देशलाई परिवर्तन गर्न र गराउन सकिन्छ भन्ने अवधारणाको विकास गराउन युवाहरु नै लाग्नुपर्ने धारणा राख्छन्। राजनीतिप्रतिको वितृष्णा तथा देशमा रोजगारीको अवसर नहुंदा विदेशमा रोजगारीको नाममा तथा पढाईको नाममा विदेशिने युवाहरुको जमात बर्षेनी लाखौ लाखको संख्या रहेको छ। उनीहरुलाई रोकेर रोजगारीको अवसर दिन सकेमा विदेशिने लाखौ युवाहरुले विदेशमा दुःख नपाउने राजीव श्रेष्ठको जिकिर रहेको छ। 
   

 आफूजस्तै दक्ष युवा जनशक्तिलाई नेपालमा नै रोजगारीको सुवर्ण अवसर दिन र दिलाउन नेपाली राजनीतिका हस्तीहरुलाई ध्यानाकर्षण गराउने कार्यमा पनि आफूहरु अहोरात्र खटिरहेको राजीव श्रेष्ठ वताउंछन्। नेपाली राजनीतिमा युवाहरुको विकर्षणलाई आकर्षणको माध्यम वनाएर नेपाली राजनीतिलाई स्वच्छ र उर्वर अनि उन्नत वनाउने कार्यमा पनि आफूहरुको ठूलै भिजन र मिसन रहेको राजीव श्रेष्ठले भनेका छन्। 


   
शहरी समस्या भनेको फोहर पनि प्रमुख भएको कारण काठमाडौंका मुख्य क्षेत्रहरुमा फोहर व्यवस्थापनका लागि फोहरलाई मोहर वनाउने अभियानमा पनि संलग्न रहदैआएका राजीव श्रेष्ठ मठ–मन्दिर, पाटीपौवा, हिटी सम्पदाहरुको सरसफाइ तथा संरक्षणमा पनि त्यतिकै क्रियाशील छन्। त्यसको अलावा कला–संस्कृति, परम्परा, रीतिरिवाज, भाषागत लिपीलाई जगेर्ना गर्ने अभियानमा समेत क्रियाशील राजीव श्रेष्ठ पेशाले बैंकर हुन मेघा बैंकवाट बैकिङ करियर शुरु गरेर सेन्चुरी कमर्शियल बैंक हुंदै हाल सिटिजन्स बैंकमा क्रेडिट रिकभरी अफिसरका रुपमा कार्यरत छन्।


     
राजीव राम्रा खेलाडी पनि हुन। सितेरियो कराँते डोजो काठमाडौं महानगरपालिका वडा नंबर २५ का सचिव समेत रहेका राजीव विभिन्न खेलमा पनि उत्तिकै रुचि राख्ने गर्दछन्। त्यसको अलावा साइकल यात्रा राजीवको अर्को रुचिको विषय हो। साइकल यात्री साइक्लिस्ट वनेर काठमाडौंवाट जनकपुरसम्म २ सय ५० किलोमिटरको यात्रा पार गरिसकेका छन्। 
     

काठमाडौं मिनी मार्ट बोडे भक्तपुरका म्यानेजिङ डाइरेक्टर समेत रहेका राजीव श्रेष्ठ धनोद्य बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष पनि हुन। युवाहरुलाई आँट, साहस र धैर्य दिन सकेमा देश विकासमा हरेक कोणवाट योगदान दिने राजीवको ठहर छ। त्यसकारण युवाहरुलाई हतोत्साहन होइन, प्रोत्साहनको आवश्यकता रहेको भन्छन्।


 

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै
नेकपा एस र बामदेवकाे समूहबीच एकता हुँदै शुक्रबार, साउन ३, २०८२
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  शुक्रबार, साउन ३, २०८२
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड
संसद विचौलियाहरुको खेलमैदान बन्यो : अध्यक्ष प्रचण्ड बिहीबार, साउन २, २०८२
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय
साउन १६ गते कोदो दिवस मनाउँने निर्णय बुधबार, साउन १, २०८२
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा बुधबार, असार २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ४ ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन 
  • नंः ५ नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्