Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक ४ हजार
बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक ४ हजार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २५, २०७७

भक्तपुर । कारोनाभाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । 

बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निव्र्याजी ३ लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो ।
    
नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौ, स्थानीयतहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”

यसवर्ष ९ सय युवालाई निर्ब्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ। 

प्रमुख मिश्रका अनुसार तत्कालका लागि ३ करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ। 

ऋण लिनेले आगामी ५ वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक ५ हजारका दरले किस्ता तिरे पनि ५ वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। 

यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । 

यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको अधिकृत अधिकारीले बताए।

नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं, ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । 

सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋण बापतको ब्याज नगरपालिकाले तिरिदिने नगरपालिकाका सूचना अधिकारी न्यौपानेको भनाइ छ । 

‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुवै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैंँकबीच सम्झौता भएको न्यौपानेले जानकारी दिए । 

नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ।  

चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पुर्याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ । 
    
यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राको व्यक्तिगत खाता खोलिदिने भएको छ।

छात्रालाई बैंकले निःशुल्क खाता खोलेर १०० खातामा जम्मा गरिदिने छ । नगर प्रमुख मिश्रले भने, “नगरपालिकाले प्रत्येकवर्ष एक छात्राको खातामा ४ हजार जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएको रकम छात्राले सामुदायिक विद्यालयबाटै माध्यमिक तह अर्थात् कक्षा १२ उतीर्ण गरेपछि मात्रै झिक्न पाउने छन्। यो कार्यक्रमले नगरक्षेत्रमा बालविवाह गर्ने र स्कुल छाड्ने छात्राको सङ्ख्यामा कमी ल्याउने विश्वास लिएका छौ, यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ ।”
    
नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको विवाह हुने छैन । 

कक्षा १२ पछि छात्राले उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन्।  अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ। 

यसवर्ष यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न शुरु गरिने छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छात्राको खातामा जम्मा भएको ब्याज सहितको रकम उनीहरु २० वर्ष नपुगेसम्म झिक्न भने नपाउने व्यवस्था गरिएको बताए । 

कक्षा १२ भन्दाअघि स्कुल छाडेमा र २० वर्ष अगाडि विवाह गरेमा यो रकम छात्राले पाउने छैनन् । त्ससो गरे नगरपालिकामा रकम फर्कने छ। 

एसईईपछि कक्षा ११ र १२ अध्ययनमा आर्थिक समस्या परेमा भने २० वर्ष अगाडि विवाह नगर्ने शर्तमा रकम झिक्न पाइनेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  २१:१४
##bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विश्वासको संकटमा नेपालको राजनीति
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्