Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, असोज २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उज्यालो दिनलाई पर्खिरहेका छन् मदन थापामगर
उज्यालो दिनलाई पर्खिरहेका छन् मदन थापामगर
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, माघ १६, २०७८

सानै उमेरमा पिताको साथ लागेर गोरखाबाट काठमाडौ उपत्यका प्रवेश गरी ललितपुरमा बसोबास गर्दै आएका मदन थापामगरलाई संघर्षको पर्यायको रुपमा लिँदा पनि फरक पर्दैन। शुरुमा जीवीकोपार्जनको लागि आफ्नो पिताले गरेको काममा हातमा हात मिलाई साथ दिँदै पछि साझा यातायातमा केही वर्ष कार्य गरि यातायातको क्षेत्रमा पनि एउटा छुट्टै अनुभव प्राप्त गरेका थिए उनले। 

सत्य बोल्ने भएकाले नै झ्वाट्ट हेर्दा र बोल्दा कडा स्वभावका देखिएता पनि कसैको कुभलो नगर्ने, अप्ठ्यारो र समस्यामा परेकाहरुलाई सहयोग गर्ने भएकै कारणले उनको गाउँटोलमा निकै नै प्रशंसा हुने गर्दथ्यो। वास्तवमा खरो स्वभावको मान्छेको सार्है नै दयालु र सहयोगी भावना हुन्छ भन्ने कुराको गहकिलो उदाहरण नै भएका थिए मदन थापामगर। 

साझा यातायातबाट अवकाश प्राप्त गरेपछि ललितपुर वडा नं. ४ हाल परिवर्तन भएको वडा नं.१३ मा बसेर आफ्नो टोलको सुधारमा समर्पित भई दुखी पीडितहरुको उद्धारमा सधै तल्लीन रहने उनी साथीभाई लगायत वडाबासीहरुको आग्रह र अनुरोधमा राजनीतिमा सक्रिय हुँदै दुई कार्यकाल जनताद्वारा निर्वाचित र एक कार्यकाल मनोनित भएर वडा अध्यक्षको पदिय दायित्व निर्वाह गर्न वाध्य भएका थिए। समाजमा आफूले गरेका राम्रा कामहरुबाट प्रभावित भएका शुभचिन्तकहरुका कारण। 
उनले वडा अध्यक्षको पदिय दायित्व ग्रहण गरे पछि नै जावलाखेलमा भलिवल खेल्नका लागि सरकारी जग्गा उपलब्ध गराउँने काम र जावलाखेल क्लबलाई भलिवलका माध्यमबाट मुलुकभरि परिचित गराउँने काम भएको थियो भन्छन् स्थानियबासीहरु। 

Nepal Oil Corporation

त्यस्तै दौड्, ब्याडमिन्टन, टेवलटेनिस, हाजिरिजवाफ लगायतका खेलहरुको प्रतियोगिताहरुको आयोजनाहरु पनि उनकै कारण सम्पन्न भएको र ललितपुर जिल्लामा तत्काल प्राय गाउँटोलहरुमा टेवलटेनिस खेल्नका लागि कंक्रिटको टेवल निर्माण गर्न लगाई युवाहरुलाई कुसंगतबाट बचाई कुलतको शिकार हुन नदिनको लागि उनको योगदान रहेको कुरा पनि उनको समकालिन साथीहरु बताउँछन्। 

दशैंमा सांस्कृतिक कार्यक्रम, कविता वाचनका कार्यक्रमहरु पनि उनकै पहलमा हुने गरेको उनको कामबाट प्रभावित हुनेहरुले भन्ने गरेको सुनिन्छ। कहिल्यै कसैलाई जातका कारणले वा सम्पन्नताका कारणले भेदभाव गरि सानो ठूलो नदेख्ने सबैप्रति समभावीय व्यवहार गर्ने, सामाजिक, आर्थिक, सरकारी र घरायसी हरेक समस्यामा आफूले सकेको सहयोग गर्न रुचाउँने मदन थापामगरले आफू वडा अध्यक्ष हुँदा जावलाखेलमा स्वर्गीय राजा विरेन्द्रको सालिक बनाउँन र जावलाखेलमै मच्छिन्द्रनाथको भोटो देखाउँने प्रयोजनको लागि निर्मित ललितमण्डपको निर्माणमा पनि योगदान दिँदै केही आफ्नो नीजि लगानी समेत गरेका थिए। 

आफ्ना कार्यकालमा खानेपानी संस्थानको पहलमा नक्खु खोलाको पानी बागडोलमा फिल्टर गरी धोबीघाट बागडोल लगायत वरिपरिका अन्य ठाउँहरुमा समेत वितरण गर्न सफल भएका थिए उनी। त्यसैगरि एकान्तकुनाको महेन्द्र भृकुटी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई कापी कलम पुस्तक लगायत अन्य शैक्षिक सामग्रीहरुको निःशुल्क वितरण, एकान्तकुनाको खरिबोटमा चौतारा निर्माण, जावलाखेलदेखि एकान्तकुनासम्मको बाटोमा पेटीको निर्माण, विष्णुदेवी मन्दिरको सरसफाई, स्तरोन्नती, वरिपरि पार्क र घाटको निर्माण समेत उनकै अगुवाईमा भएको थियो। 

यसरी आफ्नो जीवनको अधिकांश समय सामाजिक उत्थान र विकासमा खर्चेर हाल छतबाट लडेर ढाड भाँच्चिएका र बृद्ध भएका कारण शल्यक्रिया गर्न नमिलि घरमै बसी निश्क्रिय जीवन विताउँदै आएका मदन थापामगर आजकल हाम्रो समाजमा
मौलाउँदै गएको नकारात्मक भावनातिर ध्यान नदिई सकारात्मक सोच राखेर हाम्रो देशको विकास चाँडै नै हुने कुरामा आशावादी हुँदै पूर्वतिर एकनासले नियालेर नेपालको भावी सन्ततिले उल्यालो दिन देख्ने कुरामा ढुक्क हुँदै शान्तिपूर्वक विहानीलाई पर्खिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न मंगलबार, असोज २८, २०८२
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु सोमबार, असोज ६, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्