Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उज्यालो दिनलाई पर्खिरहेका छन् मदन थापामगर
उज्यालो दिनलाई पर्खिरहेका छन् मदन थापामगर
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, माघ १६, २०७८

सानै उमेरमा पिताको साथ लागेर गोरखाबाट काठमाडौ उपत्यका प्रवेश गरी ललितपुरमा बसोबास गर्दै आएका मदन थापामगरलाई संघर्षको पर्यायको रुपमा लिँदा पनि फरक पर्दैन। शुरुमा जीवीकोपार्जनको लागि आफ्नो पिताले गरेको काममा हातमा हात मिलाई साथ दिँदै पछि साझा यातायातमा केही वर्ष कार्य गरि यातायातको क्षेत्रमा पनि एउटा छुट्टै अनुभव प्राप्त गरेका थिए उनले। 

सत्य बोल्ने भएकाले नै झ्वाट्ट हेर्दा र बोल्दा कडा स्वभावका देखिएता पनि कसैको कुभलो नगर्ने, अप्ठ्यारो र समस्यामा परेकाहरुलाई सहयोग गर्ने भएकै कारणले उनको गाउँटोलमा निकै नै प्रशंसा हुने गर्दथ्यो। वास्तवमा खरो स्वभावको मान्छेको सार्है नै दयालु र सहयोगी भावना हुन्छ भन्ने कुराको गहकिलो उदाहरण नै भएका थिए मदन थापामगर। 

साझा यातायातबाट अवकाश प्राप्त गरेपछि ललितपुर वडा नं. ४ हाल परिवर्तन भएको वडा नं.१३ मा बसेर आफ्नो टोलको सुधारमा समर्पित भई दुखी पीडितहरुको उद्धारमा सधै तल्लीन रहने उनी साथीभाई लगायत वडाबासीहरुको आग्रह र अनुरोधमा राजनीतिमा सक्रिय हुँदै दुई कार्यकाल जनताद्वारा निर्वाचित र एक कार्यकाल मनोनित भएर वडा अध्यक्षको पदिय दायित्व निर्वाह गर्न वाध्य भएका थिए। समाजमा आफूले गरेका राम्रा कामहरुबाट प्रभावित भएका शुभचिन्तकहरुका कारण। 
उनले वडा अध्यक्षको पदिय दायित्व ग्रहण गरे पछि नै जावलाखेलमा भलिवल खेल्नका लागि सरकारी जग्गा उपलब्ध गराउँने काम र जावलाखेल क्लबलाई भलिवलका माध्यमबाट मुलुकभरि परिचित गराउँने काम भएको थियो भन्छन् स्थानियबासीहरु। 

त्यस्तै दौड्, ब्याडमिन्टन, टेवलटेनिस, हाजिरिजवाफ लगायतका खेलहरुको प्रतियोगिताहरुको आयोजनाहरु पनि उनकै कारण सम्पन्न भएको र ललितपुर जिल्लामा तत्काल प्राय गाउँटोलहरुमा टेवलटेनिस खेल्नका लागि कंक्रिटको टेवल निर्माण गर्न लगाई युवाहरुलाई कुसंगतबाट बचाई कुलतको शिकार हुन नदिनको लागि उनको योगदान रहेको कुरा पनि उनको समकालिन साथीहरु बताउँछन्। 

दशैंमा सांस्कृतिक कार्यक्रम, कविता वाचनका कार्यक्रमहरु पनि उनकै पहलमा हुने गरेको उनको कामबाट प्रभावित हुनेहरुले भन्ने गरेको सुनिन्छ। कहिल्यै कसैलाई जातका कारणले वा सम्पन्नताका कारणले भेदभाव गरि सानो ठूलो नदेख्ने सबैप्रति समभावीय व्यवहार गर्ने, सामाजिक, आर्थिक, सरकारी र घरायसी हरेक समस्यामा आफूले सकेको सहयोग गर्न रुचाउँने मदन थापामगरले आफू वडा अध्यक्ष हुँदा जावलाखेलमा स्वर्गीय राजा विरेन्द्रको सालिक बनाउँन र जावलाखेलमै मच्छिन्द्रनाथको भोटो देखाउँने प्रयोजनको लागि निर्मित ललितमण्डपको निर्माणमा पनि योगदान दिँदै केही आफ्नो नीजि लगानी समेत गरेका थिए। 

आफ्ना कार्यकालमा खानेपानी संस्थानको पहलमा नक्खु खोलाको पानी बागडोलमा फिल्टर गरी धोबीघाट बागडोल लगायत वरिपरिका अन्य ठाउँहरुमा समेत वितरण गर्न सफल भएका थिए उनी। त्यसैगरि एकान्तकुनाको महेन्द्र भृकुटी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई कापी कलम पुस्तक लगायत अन्य शैक्षिक सामग्रीहरुको निःशुल्क वितरण, एकान्तकुनाको खरिबोटमा चौतारा निर्माण, जावलाखेलदेखि एकान्तकुनासम्मको बाटोमा पेटीको निर्माण, विष्णुदेवी मन्दिरको सरसफाई, स्तरोन्नती, वरिपरि पार्क र घाटको निर्माण समेत उनकै अगुवाईमा भएको थियो। 

यसरी आफ्नो जीवनको अधिकांश समय सामाजिक उत्थान र विकासमा खर्चेर हाल छतबाट लडेर ढाड भाँच्चिएका र बृद्ध भएका कारण शल्यक्रिया गर्न नमिलि घरमै बसी निश्क्रिय जीवन विताउँदै आएका मदन थापामगर आजकल हाम्रो समाजमा
मौलाउँदै गएको नकारात्मक भावनातिर ध्यान नदिई सकारात्मक सोच राखेर हाम्रो देशको विकास चाँडै नै हुने कुरामा आशावादी हुँदै पूर्वतिर एकनासले नियालेर नेपालको भावी सन्ततिले उल्यालो दिन देख्ने कुरामा ढुक्क हुँदै शान्तिपूर्वक विहानीलाई पर्खिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्