Top Navigation
Main Navigation
शुक्रबार, माघ १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, माघ १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताको हरेक समस्यामा २४ सै घण्टा अलर्ट : विकासप्रेमी वडा अध्यक्ष श्रेष्ठ 
जनताको हरेक समस्यामा २४ सै घण्टा अलर्ट : विकासप्रेमी वडा अध्यक्ष श्रेष्ठ 
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, माघ २२, २०७८

नाम  अनुसार नै काम गर्ने ललितपुर महानगरपालिका वडा नम्बर ५ का सदावहार लोकप्रिय विकासप्रेमी वडा अध्यक्ष विकाशमान श्रेष्ठ जो सर्वसाधारणको ढुकढुकी नै बनिसकेका छन्। हरेक समस्याको सजिलै समाधान निकाल्न सक्ने, सर्वसाधारणको हरेक समस्या आफ्नै समस्या मान्ने वडा अध्यक्ष श्रेष्ठ जनतालाई रातको १२ बजेसमस्या परेपनि सहयोग गर्न आफू तत्पर रहेको बताउँछन्।

स्थानीय निर्वाचन १५ वर्षको अन्तरालपछि वि.सं.२०७४ सालमा भएको हो। लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा स्थानिय सर्वसाधारणको सामान्य समस्या पनि समाधान नहुने अवस्था थियो। त्यसमा पनि विकास निर्माणको काम हुने त सम्भावना पनि थिएन। कर्मचारीबाट मात्र काम भइरहेको अवस्थामा सर्वसाधारण जनता मारमा परेका थिए।

हुन त आफ्नो जीवनको ४६ वर्ष राजनीतिमा बिताइसकेका वडा अध्यक्ष श्रेष्ठ भन्छन्–‘राजनीति सेवा हो। पेशा होइन। म जनताको सेवक हुँ। कुनैपनि काम सानो ठूलो हुँदैन। व्यक्तिगत निर्णयले कहिलेपनि कुनै पनि मानिसले सफलता हासिल गर्न सक्दैन। सामूहिक निर्णय नै सफलताको कसी हो।‘

ललितपुर महानगरपालिका वडा नम्बर ५ का स्थानिय बासिन्दा मात्र होइन समग्र ललितपुरवासी विकासमानलाई आदर्शको रुपमा लिन्छन्। यस्तो कुरा सुन्दा विकासमानलाई लाग्छ–‘अझ धेरै गर्न बाँकी छ। सन्तुष्ट जीवन होइन, असन्तुष्ट जीवन हो। ५ नम्बर वडा मात्र होइन समग्र जिल्ला, सिंगो मुलुक नै समृद्ध बनाउन सकेमा म धन्य हुनेछु।‘ 

वडा अध्यक्ष श्रेष्ठ अगाडि भन्छन्–‘ललितपुर महानगरपालिका वडा नंबर ५ मा हामी जनप्रतिनिधि निर्वाचित भएर आउँदा सडकमा कही पनि बत्ति नभएको अवस्था थियो भने हरियाली पनि थिएन। वडा कार्यालय पनि फोहोर भएको अवस्था थियो। सडक र ढल व्यवस्थाको कुरा त परको नै भयो। सडक पनि साँघुरा थिए। त्यतिखेर नै हामी जनप्रतिनिधिले दृढ संकल्प गरेर विकास निर्माणका कामहरु द्रुत गतिमा गरेर ललितपुर महानगरपालिका वडा नंबर ५ एउटा नमुना वडा नै वनाउने काम गरेका छौ। हामी निर्वाचित भएर आएको यो साढे चार वर्षको अवधिमा सडक फराकिलो गर्ने काम, त्यसैगरी ढलको व्यवस्थापन, सडक पिच, फोहोर व्यवस्थापन, सबैतिर हरियाली बनाउने लगायतका कामहरु सम्पन्न भएका छन्। ८ फिटको बाटो ११ फिट बनाएका छौं। रिङरोड ट्रयाकको बाटो अतिक्रमण गरी टहरा बनाइएको थियो, त्यो बाटो पनि खोलेर पिच गरी हरियाली पनि बनाएको र ढलको पनि व्यवस्थापन गर्न हामी सफल भएका छौ। त्यस्तै लगनखेलस्थित कृषि विकास बेैंकदेखि दक्षिणकाली मन्दिर जाने बाटो कही ३ फिट कही ५ फिटको बाटो थियो, त्यो पनि फराकिलो बनाएको र अहिलो सवारी साधनहरु दोहोरो आवत जावत गर्न मिल्ने भएको छ। काम गर्दा चुनौतीहरु प्रसस्त आउँछन्, तर चुनौती विनाको काम गर्न मजा आउदैन।'

सहज र सरल काम त जसले पनि गर्छ, पहाडसंग जुधेर काम गर्दा चुनौति नै अवसर बन्ने कुरामा विकासमानको विश्वास रहेको छ। उनी थप्छन्–‘ललितपुर महानगरपालिका वडा नंबर ५ मात्र एउटा यस्तो कार्यालय हो, जसमा पार्टी पार्टी बिच कुनै टकराव छैन। एक अर्कामा साथ, सहयोग र सद्भाव भएको कारण काम गर्न सहज भएको छ। वडामा यो पार्टी त्यो पार्टी भन्ने छैन, हामी नेपाली हौं, हामी जनताको सेवक हौं, हामीले जनताको सुविधाको लागि अहोरात्र खटिनुपर्छ भन्ने भावना छ अनि एकता छ।'

विकास निर्माणकै कुरा गर्दा दक्षिणकाली मन्दिरबाट कुमारीपाटी जाने बाटो र सोही मार्ग हुँदै चक्रपथ जाने बाटो पनि फराकिलो भएकोमा उनी केही हदसम्म आफ्नो काम प्रति खुशी छन्। पिच नभएको धेरै ठाउँमा पिच भएको र विगत ५०औं वर्षदेखि ढलको व्यवस्थापन नभएको, बाटो पिच नभएको, बत्ती नभएको ठाउँ जुन जावलाखेलको एनटिसि पछाडि हामीले नगरपालिकाको सहयोगमा ढल व्यवस्थापन गर्ने कार्य भएको छ। प्रदेशको रकमले ५०औं वर्ष सम्म पनि केही नहुने गरी सिसिसि र ढलान गरिएको जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिए।

वडा अध्यक्ष श्रेष्ठ भन्छन्–‘पिच बनाउने, ढल व्यवस्थापन गर्ने, ठाउँ-ठाउँमा बत्ती राख्ने मात्र होइन सरसफाइको पनि क्षेत्रमा पनि हामीले उत्तिकै ध्यान दिएका छौं। हाम्रो नारा नै थियो कि स्वच्छ सफा, हराभरा, धूवाँ धूलोरहित वडा बनाउने हाम्रो उद्धेश्य अनुसारको नारा पनि साकार भएको छ।‘

त्यसो त स्वास्थ्यमा पनि ध्यान दिनु उत्तिनै जरुरी नै रहेको उनी बताउँछन्। स्वास्थ्यको भवन पनि बनाएको र त्यहाँ एक जना डाक्टर पनि बस्ने गरेको बताउँछन्। सडकमा जथाभावी खानेकुरा खाएर कागजहरु, प्लाष्टिकहरुको व्यवस्थापन गर्न २०० भन्दा बढी डस्टविन राखिएको छ।  ठाउँ-ठाउँमा २५ भन्दा बढी ठाउँमा सिसि क्यामेरा जडान भएको छ, जसले गर्दा डकैती पनि कम भएको छ। यी बाहेक अरु अपराधिक घटनाहरु पनि कम भएको छ।

५ नम्बर वडा सुरक्षित त भएको छ। संगसंगै छिमेकी वडाहरु पनि सुरक्षित भएको छ। ठाउँ-ठाउँमा धूपिको बोटहरु पनि रोपिएको छ। जसले गर्दा प्रदूषण पनि कम हुने र वातावरण स्वच्छ हुनेमा दुईमत छैन। वडा नै झिलिमिली उज्यालो हुनु पर्छ भन्ने मान्यता राख्ने अध्यक्ष श्रेष्ठ भन्छन्–‘यदि कसैको घरमा वा कुनै ठाउँमा बत्ति बिग्रिएमा वा जडान गर्नुपरेमा तुरुन्त खबर गर्नुस । छिटोभन्दा छिटो बनाउने छौं। आफ्नो वडाका कुनै पनि स्थानिय सर्वसाधारण कुनै पनि सेवा सुविधाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना छ।‘

यी सबै काम गर्न मनभित्रैबाट इच्छाशक्ति हुनुपर्छ उनी भन्छन्। आफूमा यस्तो खालको उर्जा आउनुमा आफ्नो परिवारको मुख्य हात रहेको बताउँछन्। बालक्लबहरु पनि संचालन गरिएको र वडामा रहेका वृद्धवृद्धाको सम्मानका लागि पोैष्टिक आहार वितरणका साथै अवलोकन भ्रमण पनि लाने गरेको उनले जानकारी गराए।

त्यस्तै  विगत २४ वर्षदेखि बन्द रहेको खड्ग जात्रा पनि गएको ३ वर्षदेखि संचालन गर्न सफल भएको उनी बताउँछन्, जुन महालक्ष्मी मन्दिरबाट संचालन हुने गरेको छ। त्यसो त महिलाका लागि पनि स्वरोजगारमूलक र शीपमूलक प्रशस्त तालिमहरु दिएको बताउँछन् उनी । 

त्यसैले त अहिले ललितपुर महानगरपालिका वडा नं. ५ सबैका लागि विकासका नमूना वडा बनेको छ। अरु जो कोहि जनप्रतिनीधिले उदाहरणको रुपमा लिन सक्नेछ । 

- नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १३:१०
##BikashmanShrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण बुधबार, माघ १५, २०८२
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्