Top Navigation
Main Navigation
बुधबार, जेठ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, जेठ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मेयर शाक्यको दावी–महानगरपालिकाकै अडान तथा अवधारणा अनुरुप रानीपोखरीको पूर्नरनिर्माण
मेयर शाक्यको दावी–महानगरपालिकाकै अडान तथा अवधारणा अनुरुप रानीपोखरीको पूर्नरनिर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं। महाभूकम्पवाट ध्वंस्त बनेका रानीपोखरी र दरबार हाईस्कुल यी दुवै सम्पदा काठमाडौं महानगरपालिकाले लिएको अडान तथा अवधारणा अनुरुप नै पूर्नरनिर्माण संपन्न भएको दावी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रहेको छ। मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ५२ औं नगरकार्यपालिकाको बैठकलाई सम्वोधन गर्दै उक्त कुराको खुलासा गरेका हुन्।
 

रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ,’ मेयर शाक्यले भने, ‘महानगरपालिकाको जिम्मेवारी भित्र रहेका यी दुई वटा ऐतिहासिक सम्पदा विभिन्न खाले विवादका बिचमा पनि महानगरपालिकाको अवधारण अनुसार नै पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भएका छन् ।’
 

विसं.२०७२ साल माघ २ गते  राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बिचमा विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार राष्ट्रपति भण्डारीले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ। ‘रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने काठमाडौं महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको छ, यसमा म आफैँ पनि धेरै खुशी छु,’ मेयर शाक्यले अगाडि बताए, ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो ।

त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए । ९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए। तर, हामीले संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रतापमल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ ।’ जनप्रतिनिधि आउनुअघि नै रानीपोखरी पुनःनिर्माणको काम सुरु भएको पनि मेयर शाक्यले स्मरण गराएका छन्।
 

‘यद्यपि, रानीपोखरी पुनःनिर्माणका बारेमा विसं.२०७४ पुस ११ गते केही विवाद भएपछि मेयर शाक्यकै अध्यक्षतामा विसं.२०७४ साल पुस १३ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने निर्णय भएको जानकारी पनि मेयर शाक्यले दिएका छन्। मेयर शाक्यले भने, ‘त्यहि बैठकले १५ दिन भित्रमा पुर्ननिर्माणका सम्वन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनाएको थियो । समितिको सदस्य सचिवमा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा रहनुभएको थियो ।’
 

मेयर शाक्यका अनुसार त्यो समितिको सदस्यहरुमा संस्कृति विद प्रा.डा. सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत थिए । सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहेका थिए।
‘केही सम्पदाविद् र पुरातत्व विभागले भूकम्पले क्षति पुग्नु पूर्व जस्तो स्वरुपको थियो त्यस्तै स्वरुपमा अर्थात गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्नुपर्छ भन्ने अडान राखेका थिए,’ मेयर शाक्यले भने, ‘तर, हामीले शिखर शैलीमै बनाउनुपर्छ भनेर अडान लियौँ । हामी अडानबाट पछि हटेनौँ। अहिले हामीले भनेकै शैलीमा पुनःनिर्माण सम्पन्न भयो ।’

 

मेयर शाक्यले रानीपोखरी पुनः निर्माणकै विषयलाई लिएर त्यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटक–पटक सल्लाह मागेको स्मरण गराएका छन्। प्रधानमन्त्रीज्युसँग सल्लाह हुँदा उहाँले पनि रानीपोखरी पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिऔँ । पुनःनिर्माण सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकालाई नै हस्तान्तरण गरौँला भनेपछि सहमति जनाएको हो। ‘रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएपछि महानगरपालिकालाई नै हस्तान्तरण गर्ने सर्तसहित प्रधानमन्त्रीज्युको सल्लाहमै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएका हौँ,’ मेयर शाक्यले थपे, ‘रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ । त्योसँगै काठमाडौंबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ।’


 

मेयर शाक्यले दरबार हाईस्कुल दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०१:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु शुक्रबार, वैशाख २५, २०८३
भदौ २४ को घटनामा सरकारको मौनता किन ?
भदौ २४ को घटनामा सरकारको मौनता किन ? सोमबार, वैशाख २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
  • नंः २ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ३ ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
  • नंः ४ अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
  • नंः ५ स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्