Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्न आग्रह
क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्न आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ २५, २०७८

काठमाडौ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ। 

पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको  कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि  मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको हो।

यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ। क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ  भन्दै केन्द्रीय बैंकले त्यस्तो कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको स्मरण गराएको छ। 

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र अमेरिकी डलर ३ अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ। 

क्रिप्टोकरेन्सीको कारोबारबाट उपभोक्ता संरक्षणमा पनि असर गर्ने देखिन्छ भन्दै केन्द्रीय बैंकले नेपाल जस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ता असुरक्षित हुने बढी सम्भावना रहने स्पष्ट पारेको छ।

क्रिप्टोकरेन्सीको प्रयोगबाट पूँजी पलायनको नियमनमा पनि असर गर्ने स्पष्ट पार्दै केन्द्रीय बैंकले नेपाल जस्तो सीमित पूँजी भएको र स्वदेशी पूँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पूँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको जनाएको छ। 

नवीन प्रविधिको सहयोगमा अन्तरदेशीयरूपमा सञ्चालित नेटवर्किङ मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पूँजी पलायन हुन सक्ने सूचनामा उल्लेख छ।

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने तथा अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको ३ वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको जनाएको छ।

क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने सूचनामा जनाइएको छ। 

क्रिप्टोकरेन्सीको कारोबार र लगानी तथा नेटवर्किङ व्यवसायबाट पूँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले त्यस्ता गतिविधमा संलग्न नहुन अनुरोध गरिएको छ। 

क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले त्यस्तो अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने भएकाले ध्यान दिन आग्रह गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:४६
##NepalRastraBank
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ नामी साप्ताहिक
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्