Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • भगवती क्लबको बार्षिक साधारणसभा सम्पन्न
भगवती क्लबको बार्षिक साधारणसभा सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन १८, २०७८

काठमाडौ । काठमाडौको प्राचिन सहर टोखामा अवस्थित श्री भगवती क्लबको ३१औं साधारणसभा सम्पन्न भएको छ।

युवाहरुलाई खराव बाटोबाट सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने उद्धेश्यले २०४७ सालमा स्थापित क्लबले सामाजिक रुपान्तरका साथै खेलकुद बिशेषत फुटबलमा अगाडी बढाउँदै आईरहेको छ। 

क्लबले साधारण सभाको अवसरमा आफ्नो क्लबबाट विभिन्न समयमा खेल खेलेका पुराना खेलाडीहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो। 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले प्रशंसा पत्रबाट सम्मान गरेका थिए भने एन्फाद्वारा सञ्चालन गर्न लागिएको शहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई खेल पोशाक तथा किड समेत प्रदान गरिएको थियो।

क्लबले विभिन्न समयमा देशमा देखापरेका आपत बिपतका बेला नगरबासीका साथै नेपाली नागरिकहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य सहयोग पुर्याउनुका नगरबासीलाई सामाजिक सचेतना, सिपमूलक तथा आर्य आर्जन सम्वन्धी तालिमहरु प्रदान गर्नुका साथै युवाहरुलाई गलत बाटोबाट जोगाउन खेलकुद तर्फ आकर्षण गर्ने उद्धेश्यले विविध खेलकुदहरुको आयोजना गर्दै आईरहेको छ। 

नेपालकै पहिलो धावक एवं टोखा नगरका प्रधानपञ्चको रुपमा नेतृत्व गरिसकेका स्व. गजराज जोशीसंग जोडिएको सहरको क्लबले खेलकुदमा बिशेषत पहिलो स्थानमा फुटबललाई राखेको छ। 

डि डिभिजनबाट सि हुँदै बी डिभिजनमा पुगको क्लबले दुई पटक उपबिजेताको रुपमा आफुलाई उभ्याउन सफल भएको छ। यस पटक क्लबले ए डिभिजनको यात्रा तय गर्ने लक्ष राखेको क्लबको अध्यक्ष ईन्द्रराज जोशीले जानकारी गराए। 

भगवती क्लबलाई टोखा नगरपालिकाको साथ

काठमाडौको उत्तरीभेगको प्राचिन सहरको एक मात्र एन्फा बी डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ। 

एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए। 

क्लबको ३१औं बार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्विएको खण्डमा यस रकममा बृद्धि गरि अर्को बर्षदेखि ५० लाख पुर्याउने समेत बताएका थिए।

यसका साथै क्लबलाई नगरपालिकाभित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेको छ। 

समष्टिगत रुपमा नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको क्लबका अध्यक्ष ईन्द्रराज जोशीले बताए।

क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापितले जानकारी गराए।

आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगबती क्लबले सुखद शुरुवात गरेको छ भने प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो।


 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ४ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्