Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बैंक तथा वित्तीय संस्थामा तरलता, घरजग्गा कारोबारमा बहार
बैंक तथा वित्तीय संस्थामा तरलता, घरजग्गा कारोबारमा बहार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत ६, २०७८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ। 

गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ। 

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै ५ हजार ९ वटा भएका छन्। 

संशोधनतर्फ कूल ३ हजार ५३९,  हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२  र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ। 

घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै १ लाख ६२ हजार ६७८ काम भएका देखिन्छ। गत माघमा कूल १ लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ। 

यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ। गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए। 

यस्तै घर जग्गाको नामसारीतर्फ ४ हजार २७७ वटा थिए। संशोधनतर्फ ३ हजार ६२२, हाल साविक २ हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए। 

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ। 

विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ। 

रजिष्टेशन दस्तुरबाट ३ अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ ,अतिरिक्त शुल्कबाट ४ लाख २ हजार ५४५ पूँजीगत लाभकरबाट १ अर्ब ४४ करोड ४६ लाख तीन हजार ३ बराबरको राजश्व उठाइएको छ। 

सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन्।

बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख ६ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ। 

मालपोत कार्यालय कलङ्कीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व सङ्कलन गरेको छ। 

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ। विभागको विवरण अनुसार लखनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ। 

यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व सङ्कलन गरेको छ। 

विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले ९ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले ३ करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व सङ्कलन गरेको छ। 

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व सङ्कलन गरेको छ। त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका २ मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका ३ मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम सङ्कलन गरेको छ।

प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ। त्यसबापत ४ करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम सङ्कलन भएको छ। 
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १६:०१
##Bank
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्