Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • 'ती चार दिन महिनावारी अनुभूति कथाहरु' - नामक पुस्तकको सार्बजनिकीकरण
'ती चार दिन महिनावारी अनुभूति कथाहरु' - नामक पुस्तकको सार्बजनिकीकरण
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, चैत १९, २०७८

काठमाडौ । हरेक दृष्टिकोणबाट हेर्दा महिलाले पुरुष सरह आफ्नो मानवीय सम्मानको चाहना राख्नु स्वभाविकै हो। झन त्यसमाथि पुरुषको तुलनामा महिलाहरुले महिला भएकै कारण भोग्दै आएको सामाजिक पीडाले त महिलाहरुले हाम्रो जस्तो चेतनाको अभावले ग्रसित सामाजिक संरचना भएको मुलुकमा एउटा ठूलै सामाजिक क्रान्तिको आवश्यकता महसूस गर्नुलाई कसैले पनि अन्यथा सोच्नु हुँदैन। 

सृृष्टिको प्रारम्भिक चरणदेखि नै विभिन्न संस्कार र संस्कृतिको विकास हुने क्रममा महिलाहरुको सामाजिक र घरायसी नेतृत्व प्रवल र शक्तिशाली भएका प्रमाणहरु प्रशस्तै भेटिएता पनि जीवन यापन गर्ने क्रममा उनीहरुले शारीरिक संरचना र प्राकृतिक प्रक्रियाका कारणले भोग्नु परेको पीडालाई हामीले समाप्त पार्न अन्य विकसित मुलुकहरुको तुलनामा सकेका छैनौं। 

लैङ्गिक समानतालाई व्यवहारतः स्थापित गर्न हामी कहाँ हुने गरेको एकाध गोष्ठी र छलफलले केही हदसम्म शिक्षित महिलाहरुलाई आफूले ग्रहण गर्दै आएको परम्परागत रुढिवादी सोच र विचारलाई त्याग्न मद्धत गरेपनि हाम्रो मुलुकको अधिकांश ठाउँहरुमा जकडिएर रहेको शंकुचित सामाजिक संरचनाहरुलाई उखालेर नफालेसम्म हामीले लैङ्गिक असमानता विरुद्धको लडाइँमा कहिल्यै पनि सफलता हासिल गर्न सक्दैनौं।

विशेष गरि महिलाहरुमा हुने गरेको महिनावारीले सामाजिक रुपमा उनीहरुलाई ज्यादै नै अपमानित तुल्याउँदै आएको परम्परागत कुसंस्कारलाई हामीले समयमै निमिट्यान्न पार्न सकेनौ भने लैङ्गिक समानताको दृष्टिकोणले मात्र होइन मानवताको दृष्टिकोणले पनि हामी विश्वभरी ज्यादै नै तुच्छ देखिने छौ। 

किनभने महिनावारीकै कारण हाम्रा कैयौं दिदीवहिनीहरुले विद्यालयस्तरको शिक्षा र उच्च शिक्षा पनि हाँसिल गर्न नपाई रहेको वर्तमान अवस्थाले भविष्यमा संसारभरी हरेक मान्छेको पहिलो शिक्षिका आमा र पहिलो पाठशाला घर भनेर स्थापित भएको मान्यतालाई हामी कहाँ विर्साईदियो भने हाम्रो समाज कतातिर जाला ? अनि यो गम्भिर प्रश्नले जन्माउँने समस्याले हामीलाई कहाँ पुर्याउला ? यस्तो मानवीय संवेदनशीलतासँग सम्बन्धित कुराहरुमा हामी समयमै सचेत भएनौ भने हाम्रो समाज नकारात्मक सोचले भरिने छ र सामाजिक चेतनाको तीव्ररुपले विकास हुँदै गइरहेको विश्वसामु हामीले आफ्नो अनुहार लुकाउन बाध्य हुनुपर्नेछ र ओरालो लागेको हाम्रो सामाजिक मूल्य र मान्यताका कारण संसारभरि विगतमा कहिल्यै ननिहुरिएको शिरलाई पनि झुकाइदिनेछ भन्ने चिन्तनलाई आत्मसात गर्दै समयमै सचेत हुनुपर्ने मूल मानवीय तत्वज्ञानलाई लिएर चैत १३ गते महिनावारीको कठीन अनुभूतिहरु समेटेर “ती चार दिन महिनावारी अनुभूति कथाहरु” नामक पुस्तकको काठमाडौमा सार्बजनिकीकरण भएको छ।  

नेपालका विभिन्न क्षेत्रका प्रतिष्ठित २२ जना वौद्धिक व्यक्तित्वहरुले महिनावारीमा विशेषगरि आफ्नो कठीन भोगाईहरुलाई समेटेर लेखेका कथाहरु समावेश गरिएको यो पुस्तकको मुख्य उद्देश्य महिनावारी एउटा प्राकृतिक र शारीरिक प्रक्रिया हो जसले मानव सभ्यताको निरन्तरताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । त्यसकारण यसलाई छिःछिः दूर–दूर र पापको रुपमा लिएर महिलाहरुलाई छाउपडिमा राख्ने जस्ता अमानवीय कुरितिहरुलाई समाप्त पार्न जनचेतना फैल्याएर मर्यादित बनाउँदै सहज रुपमा सबैले अपनाएर व्यवस्थित बनाउनु पर्दछ साथमा यस पुस्तकमा रहेका कथाहरुका कारण महिनावारी सम्बन्धि सकारात्मक सोचलाई व्यवहारतः ग्रहण गर्न ऐन कानुन नीति निर्माता तथा निर्णयकर्ताहरुलाई सहयोग पुगोस् भन्ने रहेको छ। 

एकीकृत सामुदायिक विकास मञ्चले प्रकाशन गरेको यो पुस्तक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा गङ्गाराम गौतमको परिकल्पनामा लक्ष्मी न्यौपानेले सङ्कलन गरि तयार पारिएको हो। 

अनुष्का श्रेष्ठ–पूर्व मिस नेपाल, महालक्ष्मी उपाध्याय डिना–राजनीतिज्ञ, डा अरुणा उप्रेती–जनस्वास्थ्य विशेषज्ञ, मोहना अन्सारी–पूर्व सदस्य मानव अधिकार आयोग, कला राई – लैङ्गिक विज्ञ, डा डिला सङ्ग्रौला–राजनीतिज्ञ, राधा पौडेल–लेखक लैङ्गिक विशेषज्ञ, दुर्गा शोव–दलित महिला विशेषज्ञ, रिचा न्यौपाने –महिला अधिकारकर्मी, थममाया थापा–राजनीतिज्ञ, रामकुमारी झाँक्री–राजनीतिज्ञ, निर्मला धिताल–अपाङ्गता लैङ्गिक विशेषज्ञ, रिता शाह– लैङ्गिक विशेषज्ञ, निरा जैरु–राजनीतिज्ञ, डा रेणु अधिकारी– महिला विशेषज्ञ, निर्मला शर्मा –पत्रकार, लिलि थापा– लैङ्गिक विज्ञ, पावती विशुङ्के–राजनीतिज्ञ, हिसिला यमी–राजनीतिज्ञ, लक्ष्मी न्यौपाने –लेखक लैङ्गिक विशेषज्ञ, डा विमला राई पौडेल– राजनीतिज्ञ र उपप्राध्यापक माधवी घिमिरेका अनुभवहरु समेटेर तयार भएको यो पुस्तकको सार्बजनिकीकरणमा राजनीतिज्ञ हिसिला यमीले आफू महिला हुनुमा गर्व गरेर जनयुद्धमा पुरुषहरु रगत देख्दा तर्सियर ढल्थे तर महिलाहरुले महिनावारीमा रगत बगाएर पनि डर नमानि लडेको प्रशङ्ग कोट्टयाइन् भने डा अरुणा उप्रेतिले यदि हामीले महिलाहरुको वास्तविक हक र हितमा समर्पित यो पुस्तक अफगानिस्तानमा प्रकाशित गरेको भए हाम्रो टाउको काटिन्थ्यो भनेर महिलाहरुको समस्याप्रति हाम्रो हेर्ने दृष्टिकोणमा व्यापक सुधार आएको भन्दै हर्ष व्यक्त गरेकी थिइन् । 

पेशाले इञ्जिनियर तर सामाजिक कुरितिका विरुद्ध लड्दै आएका गुणराज श्रेष्ठले अझैपनि खुल्ला दिशा पिसाब मूक्त भनेर घोषणा भएका नेपालका कुनै कुनै ठाउँमा बनाइएका शौचालयहरुमा महिलाहरुलाई महिनावारी हुँदा शौच गर्न नदिने रुढीबादी विचार कायमै रहेकोले त्यस्ता ठाउँहरुलाई खुल्ला दिशा पिसाव मुक्त ठाउँ भन्नुको कुनै अर्थ नरहेको वताए। 

त्यस्तै पत्रकार आरती चटौतले महिनावारीलाई महिलाहरुलाई दबाउँने अस्त्रका रुपमा अझैपनि लिइँदै आएको बताउँदै सर्वप्रथम सञ्चारमाध्यममा आफूले यो विषयलाई उठाएको पनि वताइन्। कार्यक्रमा अन्य वक्ताहरुले पनि महिनावारीकै कारण महिलाहरुले भोग्नु परेको पीडालाई व्यक्त गरेका थिए। 

कार्यक्रमलाई लक्ष्मी न्यौपानेले पुस्तकमा रहेका कथाकार लगाएत पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएर समापन गरेकी थिइन्। 

- नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्