Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह चुनावी घोषणापत्रमा भत्ता वृद्धिदेखि स्याहार केन्द्रसम्म
स्थानीय तह चुनावी घोषणापत्रमा भत्ता वृद्धिदेखि स्याहार केन्द्रसम्म
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत २२, २०७८

काठमाडौ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन्। 

गत निर्वाचनमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेका छन्।

हरेक निर्वाचनमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ। 

मनमोहन स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका सवाललाई आशन्न स्थानीय तहको निर्वाचनमा दलको प्रतिबद्धतापत्रमा प्राथमिकतामा पार्न पहल सुरु गरेको छ। 

विसं २०५२ मा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु भएको वृद्ध भत्तालाई वृद्धिसहित निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन थालिएको छ। 

प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक संवाद कार्यक्रममा ज्येष्ठ नागरिक र यससम्बन्धी काम गर्ने सामाजिक संस्था र विज्ञहरुले वृद्ध भत्ता वितरणको ढाँचामा भने पुनरावलोकन गर्न सुुझाव दिएका छन्।

अर्थविद् डा चन्द्रमणि अधिकारीले धनी र गरिबबीचको वर्गीकरणका आधारमा गरिब भएका ज्येष्ठ नागरिकलाई मात्रै भत्ता दिने या ज्येष्ठ नागरिकको लिभिङ कष्ट व्यहोर्ने भन्ने नीतिमा सरकार स्पष्ट हुनुपर्ने बताए।

डा अधिकारीले  सरदर आयुमा आउने भिन्नताबीच बीच ज्येष्ठ नागरिक भत्ता दिने उमेर ७० को मापदण्ड सबै भूगोलका लागि ठीक या बेठीक भन्ने बहस चलाउन आग्रह गरे।

ज्येष्ठ नागरिक महिलाका सवालमा काम गर्दै आएको एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतमले विपन्न र धनी दुवैलाई एकैसाथ उत्तिकै वृद्धभत्ता दिइरहनुको सान्दर्भिकता नहुने तर्क राख्दै वितरणको वैज्ञानिक मापदण्ड बनाउन माग गरे।

अनुसन्धान र प्राध्यापनमा संलग्न डा पदम खतिवडाले कुनै ज्येष्ठ नागरिकले ८० वर्ष उमेरसम्म सियोमा धागो हाल्न सक्ने गरी आँखा देख्न सक्ने र कुनैले त्योभन्दा कम उमेरमा पनि त्यो काम गर्न नसक्ने भएकाले सबैलाई एउटै बास्केटमा राखेर हेर्न नहुने उल्लेख गर्दै पुस्तान्तरणको साटो अन्तरपुस्ताको आवधारणाबाट काम गर्न सुभाव दिए।  

ज्येष्ठ नागरिक दिव्येश्वर साहले गत निर्वाचनमा वाम गठबन्धनले मासिक ५ हजार वृद्ध भत्ता दिने घोषणा गरेको र हाल ४ हजार मात्र रहेको बारे ध्यानाकर्षण गराउँदै भत्ता बढाउन आग्रह गरे। 

ज्येष्ठ नागरिक फटिक थापाले समुदायमा आधारित दिवा स्याहार केन्द्र खोलिनु पर्ने बताउँदै ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत वसन्त कार्कीले सय वर्ष नाघेका नागरिकलाई विशिष्ट नागरिकको उपाधिसहित सम्बन्धित पालिकाले सम्पूर्ण पालनपोषणको जिम्मा लिनुपर्ने बताए। 

अर्का ज्येष्ठ नागरिक राजाराम पन्तले यस क्षेत्रका संस्थाको क्षमता विकास र भ्रमणको अनुभव उपलब्ध गराउन आग्रह गरे। 

ज्येष्ठ नागरिक समाजका महासचिव सोमनाथ सापकोटाले अशक्त ज्येष्ठ नागरिकलाई घरघरमै गएर भत्ता र सेवा दिने गरी घोषणापत्र ल्याउन सुझाव दिए। उनले घर परिवारले हेर्न नसक्ने वा परिवार नभएका ज्येष्ठ नागरिकका लागि हरेक पालिकामा वृद्धाश्रम आवश्यक रहेको बताए।  

सुझाव श्रवणपछि प्रतिष्ठानका अध्यक्ष एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिकको कल्याणका लागि आफ्नो पार्टी सधै तत्पर रहेको र आगामी निर्वाचनमा कस्ता मुद्दालाई ध्यान दिनुपर्ने भन्नेबारेमा प्राप्त सुझावलाई नीतिगत र व्यवहारिक तहमा कार्यान्वयनमा लगिने विश्वास दिलाए। 

एमालेको घोषणापत्र तयारी समितिका संयोजक पूर्वउपप्रधानमन्त्री पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीबाट वैशाख ९ गते घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २०:२५
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्