Top Navigation
Main Navigation
शुक्रबार, मंसिर २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, मंसिर २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन : देशैभर उम्मेदवार मनोनयन दर्ता
स्थानीय तह निर्वाचन : देशैभर उम्मेदवार मनोनयन दर्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, वैशाख ११, २०७९
Ummedwar Manonayan Darta.jpg

काठमाडौ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन सुरु भएको छ । 

देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । 

विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनय दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएइको आयोगको प्रष्टीकरण छ ।

यही वैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए। 

कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । 

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेश गर्नुपर्नेछ ।

दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ।

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । 

सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । 

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । 

मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:०१
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक आइतबार, मंसिर १५, २०८२
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण शनिबार, मंसिर १४, २०८२
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं"
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं" बिहीबार, मंसिर १२, २०८२
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?"
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?" बुधबार, मंसिर ११, २०८२
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने मंगलबार, मंसिर १०, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु सोमबार, मंसिर ९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ५ बैंकर नारायणदास मानन्धरको निधन
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्