Top Navigation
Main Navigation
शुक्रबार, माघ १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, माघ १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन सभापति देउवाकाे अपिल
पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन सभापति देउवाकाे अपिल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख १५, २०७९
Sher Bahadur Deuba

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आवश्यकता भएको बताएको छ ।

सभापति देउवाले एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने उल्लेख गरेको हो ।

मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात गरी यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको थियो ।

पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपिलमा उल्लेख छ ।

सभापति देउवाले पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दागर्दै पनि पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ । साथै उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि अपिलसमेत गरेको छ ।

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको उल्लेख गर्दै सभापति देउवाले पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम् भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन उनले आग्रह गरेको छ ।

सभापति देउवाले देशभरका वालिग मतदाता स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तह सरकारको नेतृत्व सुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेको उल्लेख गरेको छ । 

पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिको कार्यशैलीको समग्र मूल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिबद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवार र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपङ्क्ति हार्दिक एकताकासाथ जुटिरहेको उनले बताएको छ ।

nepali congress1651129374.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १२:३५
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै सोमबार, माघ ६, २०८२
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार आइतबार, माघ ५, २०८२
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम शनिबार, माघ ४, २०८२
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड शनिबार, माघ ४, २०८२
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने शनिबार, माघ ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्