Top Navigation
Main Navigation
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अर्थतन्त्रको आकार साढे ४८ खर्ब बराबर पुग्यो 
अर्थतन्त्रको आकार साढे ४८ खर्ब बराबर पुग्यो 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख १५, २०७९
राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै ५ अर्ब बराबरको बिजुली बिक्री गरेको छ । 

अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पुर्याएको पाइएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल ६ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भर समेत बनाएको छ ।

विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रेको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ।”

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको आव २०७८।७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ ।

विश्व बैंक, एसियाली विकास र आइएफएफ जस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

आव २०७७/७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६/७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो । 

सरकारले चालु आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा  कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ ।

यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कूल उत्पादन आधारभूत मूल्यमा भने ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ। यस्तै कूल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ। 

चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधार मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड बराबर रहँदा चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ । 

विभागका अनुसार चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड बराबर छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड बराबर छ । चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ३ अर्ब २० अर्ब ७१ करोड बराबर छ।

यस्तै वस्तु तथा सेवा आयात १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल गार्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ। ९ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । 

प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन १ लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा १ हजार ३७२ बराबर हो। त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन १ लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा १ हजार ३८१ बराबर हो ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालु आवको ६ देखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो।

बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ । बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकताका आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तर्राष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दो रहेको बताए।

आयोगका सदस्य डा रामकुमार फुँयालले रुस–युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताए । कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उनको भनाइ छ ।

यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिए निर्यात भने ३ खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
किन बढ्दै छ सुनकाे मूल्य
किन बढ्दै छ सुनकाे मूल्य मंगलबार, पुस २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ५ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्