Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कटारी नगरपालिकाका उप-मेयरका उम्मेदवार हुन् विनोद कटुवाल । को हुन् कटुवाल ? कसरी आए राजनीतिमा ?
कटारी नगरपालिकाका उप-मेयरका उम्मेदवार हुन् विनोद कटुवाल । को हुन् कटुवाल ? कसरी आए राजनीतिमा ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख १६, २०७९
Binod Katuwal
Api Himal

उदयपुर । इतिहासमै सर्वाधिक सशस्त्र संघर्ष भनेकै जनयुद्ध नै हो । त्यही जनयुद्ध र परिवर्तनकारी आन्दोलनकाे प्रतिफलले रङ्गिएको एक नगर हाे उदयपुर जिल्लाको कटारी नगरपालिका । 

कटारी नगरपालिका क्षेत्रबाट जनयुद्ध र परिवर्तनकारी आन्दोलनमा सयौँले ज्यानको आहुति दिएका छन् । जनयुद्धमा बुबा-आमाको रगतले रङिगएको कटारी नगरपालिकावासी आमजनताको जीवनस्तरमै आमूल परिवर्तन गर्न उप-मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् - विनोद कटुवाल (दिवश) ले ।

जनयुद्धमा बुबा-आमा गुमाउनेहरुको भीडमा एक साहसिक पात्रको रुपमा चिनिन्छन विनाेदका कटुवाल (दिवस) । इतिहासका स्वाश्वत साक्षी पनि हुन् उनी । हाल कटारी नगरपालिका-२ गराँस घर भएका कटुवाल जनयुद्धका महान सहिद कमरेड मोहन कटुवाल र गंगा कटुवालका कान्छा छोरा हुन् । 

कटुवालका एक दाजु र एक बहिनी छन् । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट कटारी नगरपालिकामा उप-मेयरको उम्मेदवार बनेका कटुवाल नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला अध्यक्ष पनि हुन् । 

Nepal Oil Corporation

कटारी नगरपालिकामा मेयर तथा उप-मेयरमा उम्मेदवारी दर्ता गर्नेेहरुमध्ये कटुवाललाई ‘हेवीवेट’ का उम्मेदवार भन्दा फरक पर्दैन्। कटुवाल भन्छन्, ‘मेयरको आकांक्षी थिएँ, राष्ट्रिय राजनीतिको परिवेशले बनेको पाँच दलीय गठबन्धनका कारण उपमेयरमा सीमित भएको छु । तर, उपमेयर हुँदैमा, जनताको सेवा कम गर्न पाइन्छ भन्ने होइन्, मात्र उपमेयर जितेर जनताको सेवा गर्ने मौका खोजेको हुँ ।’ 

कटुवाल गठबन्धनको तर्फबाट कटारी नगरपालिकाको स्थानीय सरकारमा सहभागी हुँदै हिजो बुबा-आमाले जुन कार्यको लागि आफ्ना रगत बगाएको थियो । त्यही काम पूरा गर्न खोजेको दाबी गर्छन् । उनी भन्छन्, ‘जनयुद्धमा बुबा आमाले जुन बलिदान गर्नुभएको छ, त्यो अहिलेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको लागि हो, काठमाडौंको सिंहदरबार गाउँमा ल्याउनको लागि हो । त्यो आएको छ, राज्यसत्ताको व्यवस्था परिवर्तन भएको छ, अब जनताको अवस्था परिवर्तन गर्नुपर्ने मुख्य अभिभारा छ, त्यो पूरा गर्नको लागि मैले गठबन्धनको तर्फबाट उमेयरमा उम्मेदवारी दिएको हुँ।’

कटुवाल उप-मेयरको उम्मेदवार भएपछि विभिन्न कोणबाट टीकाटिप्पणी पनि सुरु भएको छ । कटुवाल भन्छन्, ‘जनयुद्ध र जनआन्दोलनको बलमा देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको छ । संविधान सभाबाट २०७२ सालमा संविधान जारी भएको हो । त्यही संविधानको आधारमा राज्य पुनर्संरचना भएर अहिले ७ सय ५३ वटा स्थानीय तह बनेका छन् । त्यही स्थानीय तहको दोस्रो कार्यकालको लागि जनप्रतिनिधि चुन्न स्थानीय तह निर्वाचन २०७९ हुँदैछ । संविधानमाथि र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगामी तत्वहरुले षड्यन्त्र गर्न थालेपछि देशमा पाँच दलीय गठबन्धन बनेको छ । यो गठबन्धन प्रतिगामी तत्वहरुका विरुद्ध प्रतिकार गर्न बनेको हो, त्यही भएकाले कटारीमा पनि गठबन्धनको तर्फबाट हामी चुनावी मैदानमा होमिएका छौँ । प्राविधिकवश म उप-मेयरको उम्मेदवार बनेको हुँ । यसमा जनताले बुझ्नुहुन्छ ।’

कटुवाललाई साथ दिने मेयरको उम्मेदवार छन् नेपाली कांग्रेस उदयपुरका जिल्ला सहसचिव राजेशचन्द्र श्रेष्ठ । सामाजिक न्याय र परिवर्तनकारी आन्दोलनबाट आएका श्रेष्ठ पनि कटारीबासीको लागि लोकप्रिय मानिन्छ । कटुवाल भन्छन्, ‘विभिन्न कोणबाट प्रतिक्रियावादीहरुले टीकाटिप्पणी गरे पनि जित सत्यको नै हुन्छ, कटारी नगरपालिकामा हाम्रो आवश्यकता रहेको जनताले महशुस गरिरहेको छ । कटारीमा जनताका जनजीविकासँग जोडिएका सवालहरुको सम्बोधन हामीले मात्र गर्न सक्छौँ । त्यही भएर चुनावी एजेण्डा पनि जनताका समस्यालाई अध्ययन गरेर बनाएका छौँ ।’

को हुन् विनोद कटुवाल ?

१० वर्षे माओवादी जनयुद्धमा बुबा आमा दुवै गुमाएका कटुवाल सहिद परिवारका सन्तान हुन् । बुबा-आमाको बलिदानप्रति गर्व गर्दै कटुवाल भन्छन्, ‘राज्य व्यवस्था परिवर्तन गरी लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न बुवा आमाले सन्तानको भविष्य हेर्नु भएन । जनताको आजको अवस्थालाई परिकल्पना गर्दै तत्कालीन राज्यसत्तासँग लड्दा लड्दै जीवन बलिदान गर्नुभयो ।’ 

Binod katuwal Udayapur 11jpg1651232707.jpgकटुवाल विगत सम्झदै भन्छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र माग गर्दा तत्कालीन शाही राज्यसत्ताले म जस्ता, त्यसबेलाका धेरै बालबालिकाको बालअधिकार खोसेको थियो । राज्यले बाल अधिकार खोसेपछि कटुवाल पनि राज्य व्यवस्था परिवर्तनको लागि सुरु भएको जनयुद्धको सिपाही हुन बाध्य बनेँ ।' कटुवाल भावुक हुँदै भन्छन्, ‘जनयुद्धमा बुबा आमा गुमाएपछि तीन सन्तान पठनपाठन गर्ने उमेरमा टुहुरो बन्यौँ । बेसहारा भयौँ । अनि राज्यको ज्यादतिविरुद्ध बाल सिपाही भएर बन्दुक बोक्न बाध्य भएका थियौँ । अहिलेको व्यवस्था परिवर्तन भएको छ । त्यही व्यवस्थामा जनताको अवस्था परिर्वतन गर्नको लाग नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)को तर्फबाट आधिकारिक उपमेयरको उम्मेदवार बनेको छु ।’ 

माओवादी आन्दोलन अनेक समूहमा विभाजित छन् । तर, कटुवाल माओवादी केन्द्रबाटै जनताको अवस्था परिवर्तन गर्ने पक्षमा अठोटकासाथ उभिएको छ ।  ‘बुबाको शहादतपछि गाउँमा बस्न सक्ने स्थिति थिएन । त्यसैले स–परिवारले गावै छोड्यौं । प्रहरीले आमा गंगालाई पनि छोडेनन् । साना तीन जना नानीहरूलाई छोडेर भाग्नुको विकल्पै रहेन आमाको । दाइ सुरक्षित बन्न हिँडेछन् बुटवलतिर । बहिनी नाता पर्ने छिमेकीको सहारा लिन पुगि छन् ।' कटुवाल भन्छन्, ‘बुबासँग आउने नेताहरूले पार्टी लिन आउँछ भनेका थिए । त्यही सुनेर म पर गाउँमा गएर बाख्रा चराउने, कहिलेकाहीँ स्कूल जाने गर्न थालेँ । मलाई लिन पार्टीको कोही पनि आएनन् । बरु प्रहरी गाउँमा पस्ने थाले । मलाई मोहन कटुवालको छोरो भनेर चिनेको भए मात्रै पनि मार्ने थिए । गाउँमा त्रास फैलिरह्यो । चार महिनापछि पार्टीसँग सम्पर्क भयो । एमालेबाट वडा अध्यक्ष जितेका व्यक्तिले गराइदिए सम्पर्क । पार्टी सम्पर्कबाट दाजु, बहिनी खोज्ने काम गरेँ । दाजु बुटवल पुगेको खबर पाएँ । पार्टी सम्पर्कबाट बहिनीलाई भेटेँ । पार्टीले सिन्धुपाल्चोक लग्यो । तिथि मिति भनेर साध्य छैन ।’ 

सिन्धुपाल्चोकले नेता बनायो :

उप-मेयरका उमेदवार कटुवाल भन्छन्, ‘त्यो बेला सिन्धुपाल्चोकमा ध्रुव पराजुली इन्चार्ज थिए । हामीले दुःख पाएको देखेर पार्टीले सिन्धुपाल्चोक लाने योजना बनाएछ । हामीलाई पढाउन सिन्धुपाल्चोक लगियो । बहिनीलाई माथि माङखामा पढ्ने व्यवस्था गरिदियो पार्टीले । लामाको घरमा बसेर पढ्ने व्यवस्था भयो । मलाई सिन्धुपाल्चोकको कुविण्डेमा । जुन घर सिन्धुपाल्चोकभरि चर्चामा थियो । त्यो घर हालका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा ‘कञ्चन’का दाजुभाइकै थियो । म बस्दाबस्दै त्यो परिवारमा ३ जनाको शहादत भयो । शान्ति प्रक्रियासम्म आइपुग्दा म बस्ने गाउँबाट मात्र १६ जना सहिद बने । मलाई त्यो देखेर झन् आत्मबल मिल्थ्यो । म अखिल (क्रान्तिकारी) सेतीदेवी पञ्चकन्या मावि (हाल उच्च मावि) कुबिण्डे इकाई समितिमा आबद्ध भएँ । दिनहुँजसो प्रहरी आउन थाल्यो स्कूलमा । म झ्यालबाट बाहिरिन्थें । पढाइ अब्बल भएकाले अग्नि सापकोटाले पढाउनमा विशेष जोड दिनुभएको थियो । सापकोटा परिवारको सबै परिवार जनयुद्धमा होमिएको थियो । अनि म घरमा कसरी बस्ने ? दाजुहरूले नआइज् भन्दा पनि म जबर्जस्त हिँडे ।'

कटुवाल भन्छन्, ‘पूर्वमा भएका ठूला कारबाही सबैमा संलग्न हुँदै आएँ । धेरै मोर्चामा लडेँ । अहिले अरू केही नभए पनि जनयुद्धकर्मी बनेको छु । नेपाली राजनीतिको इतिहास बनेको छु । त्यही भएकाले मेरो परिवार र मेरो भविष्य राजनीतिमै खोज्नुपर्ने छ । खोजिरहेको छु । धैर्यताका साथ बस्दै आउँदा राजनीतिक परिवेशले कटारी नगरपालिकाको पार्टीको तर्फबाट उपमेयरको उम्मेदवार बनेको छु । एक दिन राजनीतिले नै उज्यालो भविष्य पाउँछु होला । मलाई सिन्धुपाल्चोकले नै नेता बनाएको हो । बुबा-आमाबाट नपाएको माया सापकोटा परिवारमा पाएको छु । अब कटारीबासीको माया पाउँछु भन्ने आशा गरेको छु । प्रतिगामी षड्यन्त्रविरुद्ध मेरो गठबन्धनबाट उपमेयरको उम्मेदवारी हो । '

उप-मेयरका उमेदवार कटुवालको राजनीतिक यात्रा :

मेरो बुवालाई प्रहरीले २०५५ कात्तिक १२ गते चिम्टाघारीमा हत्या गरेको थियो । म त्यतिखेर ११ वर्षको थिएँ । बुवाको मृत्युपछि आमा डिप्रेशनको बिरामी हुनुभयो । आमालाई तत्कालीन शाही सेनाले २०५९ चैत ८ गते घरबाटै पक्राउ गर्याे। त्यसपछि बेपत्ता पारियो । १३/१४ वर्षको उमेर जनयुद्धको सिपाही बनेको हुँ । अहिलेसम्म निरन्तर रूपमा मूल आधारकै पार्टी पछ्याउँदै आएको छु । दुश्मनसँग भाग्ने छल्ने चेतना भएदेखि जनयुद्धबाटै बुवाको राजनीतिक यात्रा लागेको छु। कयौंपटक मृत्युको मुखबाट बाँच्दै आएको छु । पार्टीले दिएका जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै आएको छु।

०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा सहिद परिवारको कोटाबाट संविधान सभा सदस्यको लागि पार्टीले नाम मागेको थियो । तर, उमेर पुगेन । त्यसपछि ०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो । मैले तत्कालीन निर्वाचन क्षेत्र उदयपुर ३ बाट दाबी गरेँ । तर टिकट पाइनँ । पार्टी केन्द्रले तयारी हुनुहोस् भन्यो । म तयार भएँ। तर पाइएन। त्यसपछि म पार्टीकै काममा निरन्तर लागें । ०७४ सालमा स्थानीय तहसँगै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो। स्थानीय तहको निर्वाचनमा उदयपुर पार्टीको जिल्ला संयोजक थिएँ । कटारी नगरपालिकामै मेयरको चुनाव लड्न शुभचिन्तकले आग्रह गरेका थिए । म त्यतिबेला जिल्ला संयोजक भएकाले पार्टीका उम्मेदवारहरुलाई जिताउन लागें। जनयुद्धपछि विभिन्न कारणले माओवादी कमजोर भएको उदयपुरमा धेरै वडा र लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष जित्यो । मैले र पार्टीले त्यसैलाई जित मानेका थियौँ ।

त्यतिवेला सबैले स्थानीय निर्वाचनमा उदयपुरमा निल हुन्छ भन्थे । तर, मेरो कार्यक्षेत्र भएको ठाउँमा जित हात पारेको थिएँ। त्यो जनयुद्धको आधार इलाका पनि थियो । ०७४ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो । वाम गठबन्धन बनेको थियो । 'उदयपुरमा प्रतिनिधि सभा २ क्षेत्र र चार प्रादेशिक निर्वाचन क्षेत्र बन्यो । मैले माओवादी केन्द्रको भागमा परेको प्रदेशबाट टिकट दाबी गरेको थिएँ । पार्टी हेडक्वाटरदेखि जिल्ला अगुवा नेता तथा कार्यकर्ता चुनाव लड्ने खबरले हौसिएका थिए । तर, त्यसबेला पनि प्राविधिक कारण मैले टिकट पाइँन । मेरा शुभचिन्तकले प्रतिनिधि सभा २ मा बागी उम्मेदवारी दिन अनुरोध गरें । मैले मेरो समर्थक कार्यकर्ता, नेता तथा शुभचिन्तकको लागि पनि बागी उम्मेदवारी दर्ता गरें ।' कटुवाल भन्छन्, 'त्यो माओवादी केन्द्रको भागमा परेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र थियो । त्यसपछि धेरै छलफल भयो । म सहित माओवादीको भागमा परेका क्षेत्रमा ४ जनाले बागी उम्मेदवारी दर्ता गरेको थियो । पछि पार्टी हेडक्वार्टरसँग छलफल गरेर मैले बागी फिर्ता लिएँ। साथीहरूले पनि फिर्ता लिन भने । पार्टी र पार्टीका नेता कार्यकर्ताको निर्देशन अनुरोध पालना गर्नै एक कार्यकर्ता र नेता पनि हुँ । पार्टीको निर्णय विपरित जाने बानी छैन । यसपटक कटारीमा पार्टीकै तर्फबाट उपमेयरको उम्मेदवार बनेको छु । मेरा बुवा–आमाले बगाएको रगतले निर्माण भएको पार्टी र जनयुद्धको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, समावेशी, समानुपातिक व्यवस्था प्राणभन्दा प्यारो भएको कटुवालको भनाइ छ । कटुवाल भन्छन्, ‘यही व्यवस्थामाथि प्रतिगामीहरुले पड्यन्त्र गर्न खोजेपछि अहिले पाँच दलीय गठबन्धन बनेको छ । त्यही गठबन्धनलाई विजयी गराउनका लागि पनि मेरो उपमेयरमा उम्मेदवारी छ ’

उप-मेयरका उमेदवार कटुवालका योजनाहरु :

हामी पानीजहाज ल्याउँछौँ, मेट्रो रेल कुदाउँछौँ भन्दैनौँ । कटारीका जनताको दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ ? ती योजना हाम्रा प्रतिवद्धता हुन् । स्वास्थ्य, शिक्षा, आवास, सडक, विद्युत, खानेपानीमा लगायतमा सहज बनाउँदै लाने योजना हुनेछन् । 

नेपालको संविधानले स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउन जोड दिएको छ । संविधानको अनुसूची ८ मा २२ वटा विषयगत क्षेत्राधिकार तोकेको छ । ती क्षेत्राधिकारको प्रयोग र उपभोगको लागि स्थानीय तह स्वयमले नै नियम, कानुनहरु बनाउन सक्ने व्यवस्थापकीय अधिकार प्रदान गरेको छ । शान्ति, सुरक्षा लगायत दैनिक प्रशासन सञ्चालनको लागि कार्यकारीको अधिकार पनि स्थानीय तहलाई नै प्रदान गरिएको छ । 

न्यायिक निरुपणका लागि न्यायपालिकाको पनि व्यवस्था गरिएको छ । यसबाट स्थानीय तह एकात्मक राज्यप्रणाली अन्तर्गतको निकाय नभई अबको स्थानीय तह सरकारकै रूपमा स्थापित हुने भएको छ । यसरी आधुनिक नेपालको इतिहासमा नै पहिलो पटक स्थानीय सरकार गठनको ऐतिहासिक अभियान चलिरहेको छ। यसबाट विगतकालको एकात्मक प्रणालीले सिंहदरबारमा केन्द्रित गरिएको जनताको अधिकारलाई जनताकै घरदैलोमा पुर्याउने र स्थानीय जनतालाई नै अधिकार सम्पन्न गराई स्थानीय जनप्रतिनिधिहरुद्वारा नै सुशासन सञ्चालन गर्नुका साथै स्थानीय जनताद्वारा नै आफ्नो गाउँ र नगरको विकास आफैले गर्ने प्रणालीको शुरुवात भएको छ । यी सबै उपलब्धिहरु मुख्यतः १० वर्षे जनयुद्धको उपज हो ।

हामीले स्थानीय तहमा जितेपछि सबै अंगहरुको बीचमा समन्वयात्मक रुपले सञ्चालन गरिने छ । दैनिक प्रशासनलाई जनसेवामुखी, प्रभावकारी, छिटो छरितो, सरल, सर्वसुलभ, पारदर्शी र उत्तरदायी बनाइनेछ । सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाइनेछ । योजनाहरु कार्यान्वयन भएको, नभएको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाइनेछ। प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा अनुभव, क्षमता र योग्यताअनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यतालाई अवलम्वन गरिनेछ । स्थानीय तहहरुको सञ्चालन र व्यवस्थापन गर्दा संघ, प्रदेश र अन्य समकक्षी स्थानीय तहहरुबीच समन्वयात्मक सम्बन्धको विकास गरिनेछ । 

नेपालको संविधानको अनुसूचि ८ मा उल्लेखित स्थानीय तहले प्रयोग गर्ने २२ वटा विषयगत अधिकारहरुको सूचि अनुसार भूमि सुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर संकलन, वजेट तर्जुमा, यातायात, सूचना–संचार, नगर तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकूदलगायतका क्षेत्रहरुको क्षेत्राधिकार तोकिएको छ । ती सबै क्षेत्रलाई प्रभावकारी ढंगले सञ्चालन र परिचालन गरी स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइनेछ ।

वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा गरिने छ । त्यसैको आधारमा शहरी र ग्रामीण क्षेत्रको विकासको लागि बृहत्तर गुरुयोजना तर्जुमा गरिने छ । भूमिमाथि जोताहा किसानहरुको स्वामित्वलाई सुनिश्चित गरिनेछ। जमिनलाई अव्यवस्थित घरघडेरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डिकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनेछ । भूमिलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न भूमि बैंकको व्यवस्था गरिने छ।

ग्रामीण क्षेत्रमा मुख्यतः आय–आर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफुल, तरकारी, नगदेवाली, पशुपालन लगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिइने छ । एक गाउँ एक कृषि नमूना उत्पादनमा जोड दिइने छ । गाउँपालिकाहरुले कृषि उत्पादनलाई गुणात्मक रूपमा विकास गर्नका लागि सुपरजोनको मान्यताअनुसार आ–आफ्नो भौगोलिक विशेषताअनुरुप उत्पादनको विशिष्टीकरण र नमूनामूलक ढङ्गले कृषि उत्पादनलाई केन्द्रित गरिने छ । कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिइने छ । सबै उर्वरायोग्य भूमिमा सिंचाईको व्यवस्था गर्नका लागि अभियानकै रुपमा सिंचाई कार्यक्रम सञ्चालन गरिनेछ । कृषिको लागि आवश्यक पर्ने मल, विऊ, कीटनाशक औषधिलगायतका औजारहरु सर्वसुलभ बनाइनेछ । 

कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिइनेछ । कृषि बजारको व्यवस्थालाई व्यवस्थित गरी प्रत्येक गाउँमा कृषि उपजहरुको बजारको व्यवस्था गरिने छ । कृषि उपजको भण्डारण र शितभण्डारणको व्यवस्था गरिने छ । कृषि उत्पादनमा सहकारी प्रणालीलाई प्रोत्साहित गरिनेछ । किसान र उपभोक्ताबीचको विचौलियाहरुको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभको लागि बहुउद्देश्यीय सहकारी प्रणालीमार्फत् कृषि उत्पादन, उत्पादित वस्तुहरुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गरिने छ । 

साना तथा गरीविका रेखामुनि रहेका किसानहरुको लागि सहुलियत व्याज दरमा कृषि ऋणको व्यवस्था गरिनेछ । कृषि पेशालाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिनेछ । अव्यवस्थित तथा छरिएर रहेको ग्रामीण बस्तीहरुलाई एकीकृत सघन बसोबासको लागि सघन वस्ती विकास कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक ग्रामीण क्षेत्रहरुमा सफा खानेपानी, शौचालय, सरसफाई, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना सञ्चार केन्द्र आदि आधारभूत संरचनाहरुको विकासमा जोड दिइनेछ । ग्रामीण सडक गुरुयोजनाको मापदण्ड बनाएर आर्थिक उत्पादनको गतिविधिसँग जोड्ने गरी ग्रामीण हरित सडक सञ्जालको निर्माण र विस्तार गरिनेछ । 

ग्रामीण क्षेत्रमा पर्यटन र वातावरणीय संरक्षणलाई ध्यानमा राखी पर्यटकीय पैदलमार्ग र केवल कारहरुको व्यवस्था गर्न जोड दिइनेछ । गाउँहरुलाई स्मार्ट नमूना गाउँको रुपमा विकास र विस्तार गर्न जोड दिइनेछ । ग्रामीण क्षेत्रमा कृषिजन्यसाना तथा घरेलु उद्योगहरुमा जोड दिइने छ । त्यसप्रकारका उद्योगहरुलाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था गरिनेछ । 

पूर्वाधार विकासका परियोजनाहरु सञ्चालन गर्दा स्वदेशी पुँजी, स्थानीय स्रोत साधन र श्रममुखी साना तथा सरकारले धान्न सक्ने मझौला प्रकृतिका योजनाहरुमा जोड दिइनेछ । एक गाउँ एक नमुना उद्योग स्थापना गर्न जोड दिइने लगायतका योजना रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:०६
##BinodKatuwal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति बिहीबार, वैशाख २५, २०८२
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण बुधबार, वैशाख २४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, वैशाख २२, २०८२
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु आइतबार, वैशाख २१, २०८२
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड शनिबार, वैशाख २०, २०८२
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए शनिबार, वैशाख २०, २०८२
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट  
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट   शनिबार, चैत २३, २०८१
मोर्चा गठन अवधारणालाई अनुमोदन
मोर्चा गठन अवधारणालाई अनुमोदन बिहीबार, चैत २१, २०८१
बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली
बिम्स्टेक शिखर सम्मेलनका लागि बैङ्कक उडे प्रधानमन्त्री ओली मंगलबार, चैत १९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्