Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकका लागि नेपाल आर्कषणको केन्द्र छ, रहन्छ र रहिरहनेछ 
पर्यटकका लागि नेपाल आर्कषणको केन्द्र छ, रहन्छ र रहिरहनेछ 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख १६, २०७९
Tourist

काठमाडौँ । कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए ।

काठमाडौँको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर ¥याफटिङ’ मा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे ।

कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै पुलकित भइरहेका हुन्थे भने कोही सगरमाथाको आधार शिविर पुगेर आफू भाग्यमानी भएको अनुभूति गरिरहेका हुन्थे ।

कोही खप्तडतिर, कोही रामारोशनतिर, कोही बर्दियातिर बाघसँग लुकामारी गरिरहेको अवस्थामा भटिन्थे । सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना कहरले संसारका धेरै देश र त्यहाँका नागरिक जस्तै नेपाल पनि प्रभावित भयो।

मान्छे मान्छेसँग डराउनु पर्ने, सामाजिक रुपमा घुलमिल हुन नपाउने अवस्था देखा पर्याे । पर्यटक बनेर संसार डुल्ने मानिस कोही घरैभित्र सीमित भए । कोही अस्पताल पुगे । कोही फर्किएर घर आए भने कोहीले त्यही जीवनलीला अन्त्य गरे।

आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा विकसित भएको पर्यटन क्षेत्र ओरालो लाग्दा नेपालले पनि ठूलो क्षति व्यहोर्नु परेको छ। चालु आवको ८ महिनामा मात्रै १८.५ प्रतिशतले विदशी मुद्राको सञ्चिति ओरालो लागेको छ । दुई वर्ष त कोरोनाका कारण सबै क्षेत्र प्रभावित भयो।

पर्यटन र विप्रेषणबाटभित्रने वैदेशिक मुद्रामा चाप परिरहेको छ । अर्बौ लगानी गरिएका होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्र सुनसान बन्दा हजारौँको रोजगारी समेत खोसियो ।

प्रत्यक्षरुपमा रोजगारी पाएका १० लाख बढी नेपालीमध्ये कोरोनाका कारण झण्डै ७ लाखले काम छाड्न बाध्य भए । ती मासिनलाई रोजगारीमा पुनः फिर्ता ल्याउनु पर्ने चुनौती छ ।

सरकारले पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि यसअघि पहल नगरेको भने होइन । तर, कोरोनाका अनेकन भ्यारियन्टका कारण सरकारको सार्थक पहलले पनि यस क्षेत्रलाई पुनः जागृत गराउन सकेन । 

मार्च महिनाले दिएको सन्देश :

यद्यपि, पछिल्ला दिनमा नेपाल भित्रने पर्यटकको सङ्ख्यामा प्रगति भइरहेको छ । कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक सन् २०२२ को मार्च महिनामा नेपाल आएका छन् । यसबाट पनि नेपाल पर्यटकका लागि आर्कषणको केन्द्र छ, रहन्छ र रहिरहनेछ भन्ने स्पष्ट भएको छ।

अध्यागमन विभागका अनुसार सो महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा कूल १६ हजार ९७५ जना, फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएको पाइएको छ ।

पछिल्ला दिनमा रुस र युक्रेन सङघर्षका कारण पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक असर परेको छ । केही देशमा कोरोना कहर अझै पनि बाँकी नै छ ।

बिहानले दिनको सङ्केत गर्छ भने जस्तै, सन् २०२२ सुरु भएदेखि नै सकारात्मक बन्दै गएको नेपालको पर्यटन बजार अझै विस्तारित भएर जाने अवस्था सिर्जना भएको छ ।

सरकारले पनि पर्यटन क्षेत्रलाई थप विस्तार गर्न, बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन तथा उनीहरुलाई राम्रो आथित्यता प्रदान गर्नका लागि चरणबद्ध रुपमा कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ ।

सरकारकै चासो र खुकुलो नीतिका कारण पर्यटकको आवागमनमा वृद्धि भइरहेको र विश्व बजारमा नेपाल खुल्ला छ भन्ने सन्देश गएका कारण पनि अवस्था सहज बन्दै गएको छ ।

सहज बन्दै गएको वातावरणलाई थप विस्तार र विकसित गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा सन् २०२२ जनवरी २७ मा  ‘राष्ट्रिय पर्यटन पुरुत्थान निर्देशक समिति’ गठन गरियो ।

समिति मातहत रहने गरी पर्यटन पुनरुत्थान प्राविधिक समितिसमेत गठन गरियो । सोही समितिले  पर्यटनमन्त्री आलेलाई ‘राष्ट्रिय पर्यटन पुनरुत्थान कार्यक्रम प्रतिवेदन’ हस्तान्तरण गरेको छ । 

अर्को वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य :

समितिले तयार पारेको प्रतिवेदन अनुसार सन् २०२२ मा कूल ५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। भने, सन् २०२३ मा कूल १० लाखभन्दा बढी पर्यटक नेपाल आउने वातावरण तयार पारिनेछ ।

पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका ७ लाख मानिसलाई पुनः यसमा जोडिनेछ । त्यस्तै, ७ वटै प्रदेशमा गुणस्तरीय तालिम तथा सीप विकासका लागि विशेष अभियान सञ्चालन गरिनेछ ।

प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार नेपालको दिगो पर्यटन विकासका लागि नयाँ अभियानका साथ ‘रि ब्राण्डिङ’ गर्न आवश्यक छ । त्यसले देशलाई एक प्रमाणिक, समावेशी र प्ररेणादायी मन्तव्यको रुपमा पुनः स्थान दिनेछ।

पर्यटन ऐन, २०३३, नागरिक उड्डयन ऐन जस्ता प्रचलित ऐन वा नीतिहरु परिमार्जन गर्न आवश्यक रहेको ठहर गर्दै समितिले सिल्भर भिसाको व्यवस्थाका अलावा माइस टुरिजमलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय बैठक, प्रोत्साह सम्मेलन एवं पदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना नेपालमा आयोजना गर्नका लागि प्रेरित गर्नुपर्ने समितिको सुझाव रहेको छ ।

पर्यटकीयस्थलमा सुधार, आधुनिक वासरुम, सरसफाइ र उचित व्यवस्थापनलगायत नेपाल छिर्ने वित्तिकै प्राप्त गर्ने सेवामा गुणात्मक सुधार गर्नुपर्ने देखिन्छ ।

विमानस्थलमा रहेका अध्यागमन कार्यालयमा द्रुत सेवा, एटिएम, सिमकार्ड तथा मानवीय व्यवहारसमेत सहज हुनुपर्ने र पर्यटकमैत्री हुनुपर्ने, पर्यटन सेवाको गुणस्तर, आतिथ्य र रेष्टुरेन्टकोस्तर वृद्धि, खोजी नगरिएका दुगर्म क्षेत्रमा नयाँ गन्तव्य र सुविधाा, अनुसनधान, पहिचानका साथै ती मार्गको अनुमति तथा आधारभूत पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने समितिको ठहर रहेको छ । 

थप रोजगारीका अवसरहरु :

पर्यटन क्षेत्र पुनः विस्तारित भएका अवस्थामा थप रोजगारीका अवसरको सिर्जना हुनेछ र गुमेका रोजगारी पुनः प्राप्त हुनेछ। विश्वव्यापी रुपमा नेपालको अद्वितीय छविलाई पुनः ब्राण्ड र पुनःस्थापित हुनेछ ।

पर्यटन व्यवसाय र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना हुने र नयाँ उचाइबाट विकासको बाटोमा अगाडि बढ्नेछ। विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको बेला त्यसलाई सम्बोधन गर्न थप सहयोगी हुनेछ । विश्वको पर्यटन क्षेत्रको नक्शामा नेपालको छविलाई एक पटक घुम्नै पर्ने प्रमुख गन्तव्यको रुपमा पुनः स्थापित हुनेछ।

गर्नै पर्ने आवश्यक कार्यहरु :  

मन्त्री आलेलाई बुझाइएको प्रतिवेदन अनुसार तत्काल नै नेपालको बलियो पक्षहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि एक व्यावसायिक मार्केटिङ टोली गठन गरी, विशेष जिम्मेवारीसहित परिचालन गर्नु आवश्यक छ। तीव्र रुपमा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका नेपालको प्रचारप्रसारलाई योजनाबद्ध प्रयत्न गर्नु आवश्यक छ । बीबीसी, सिएनएन, सिजिटिएन, अल जजिरा जस्ता अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा नेपालको पर्यटकीय गन्तव्यको श्रव्य दृश्य सामग्री प्रचारप्रसार गर्ने वातावरण मिलाउनु आवश्यक छ ।

नेपालका राजदूताबास रहेका देशमा पर्यटन अधिकारी नियुक्त गरी विशेष जिम्मेवारी दिनुपर्ने सुझाव पनि  समितिले दिएको संयोजक गिरीले जानकारी दिएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री आलेले नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन के कस्ता काम गर्नुपर्छ त्यसका लागि सरकार र निजी क्षेत्रले सार्थक रुपमा साझा प्रयत्न गर्नुपर्ने बताएका छन् ।

विमानस्थलमा रहेका सरकारी निकाय जस्तै, अध्यागमन, भन्सारलगायतमा सरलीकृत सेवा प्रदान गर्न अन्तरमन्त्रालय समन्वय, सरसफाइमा विशेष ध्यान दिँदै समयमै सेवा दिने गरी वायु सेवा प्रदायक कम्पनीले पनि तालिका तय गर्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।

मन्त्री आलेले भौगोलिक क्षेत्रमा आधारित लक्षित पर्यटन बजारको प्राथमिकता पहिचान गर्दै सरकार त्यसमा क्रियाशील हुने बताएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:४७
##Tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्