Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल, मन्त्री, नेता र उम्मेदवार पनि आयोगको स्पष्टीकरणमा 
दल, मन्त्री, नेता र उम्मेदवार पनि आयोगको स्पष्टीकरणमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख २४, २०७९
Election Commission Nepal
Api Himal

काठमाडौँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । 

दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ।

आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ। प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन्। 

आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई ५ हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ ।

Nepal Oil Corporation

निर्वाचन आचारसंहिता-२०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ । उक्त आचारसंहिताको ५ (क) मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएकामा बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न र सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ भने कुनै योजनाको शिलान्यास उद्घाटन सर्वेक्षण, अध्ययन वा अनुदान दिने जस्ता कार्यक्रम पनि गर्न नहुने व्यवस्था छ ।

नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरको प्रमुखका उम्मेद्वार केशव स्थापितले प्रतिस्पर्धी बालेन शाहका विषममा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट र सामाजिक सञ्जलाबाट जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दियो।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भनी फोटोसहितको समाचार सार्वजनिक भएको जानकारी आएपछि उनलाई पनि आयोगले स्पष्टीकरण दिन आदेश दिएको थियो। 

आयोगले यसरी आचारसंहिता उल्लङ्घन गरेका ३७ भन्दाबढी व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधिसकेको छ। आयोगले गएको चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरेको थियो । निर्वाचन आयोग ऐन २०७३ कोे दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता जारी गरेको हो । 

आयोगले विभिन्न राजनीति दललाई समेत स्पष्टीकरण सोधेको छ । यही २० गते नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिको नामबाट अर्को पार्टीका विषय जोडेर बनाइएको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले भन्दै त्यसको जवाफ माग गरेको थियो।

“उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरित देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशानुसार अनुरोध गरिन्छ”, आयोगको पत्रमा भनिएको छ।

यस्तै नेकपा (माओवादी केन्द्र)सँग पनि निर्वाचन आयोगले जवाफ माग गरेको थियो। निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग कलैया उपमहानगरपालिका-२३ का वडाध्यक्ष विक्रम साहलगायतका व्यक्तिले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार आएको भन्दै स्पष्टीकरण मागेको थियो ।

यी त प्रतिनिधि घटना भए तर विभिन्न जिल्लामा समेत नेता, मन्त्री, उम्मेदवार र तिनका कार्यकर्ताबाट हुने उल्लङ्घनप्रति आयोग कडाइका साथ लागिरहेको छ।

दल, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण

निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारणबारे उल्लेख छ। सोही परिच्छेदको दफा १२ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सभा, सम्मेलन जुलुस, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार गर्दा सभ्य र अनुसासित भई गर्नुपर्ने उल्लेख छ। 

स्थानीय प्रशासनको अनुमतिविना सार्वजनिक स्थानमा जुलुस, सभा, बैठक, भेला गर्न नहुने, जुलुस, सभामा सहभागि व्यक्तिले निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर भएको कपडा, टोपी, भेष्ट, सर्ट ज्याकेट, कमिज, मास्क गम्छा, व्याच वा लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ । 

उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाइ वितरण गर्न बाधा पर्दैन। कसैको घर तथा सार्वजनिक स्थलमा दलको झण्डा निर्वाचन चिह्न टाँस्न, राख्न नहुने तथा कुनै पनि संस्थालाई नगद, जिन्सी, अनुदान वितरण गर्न नहुने व्यवस्था छ । जुलुस आमसभा तथा बैठक र प्रचारका कार्यक्रम बिहान ८ देखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था छ । 

निर्वाचनका प्रयोजनार्थ ७५ ग्रामको कागजमा (तीन सय वर्ग इञ्चसम्म) आकार भएको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ । उम्मेदवारको कार्यालयमा ३ वाइ ३ को दलको झण्डा, सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड फ्लेस राख्न र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवथा छ। भित्ते लेखनसमेत गर्न पाइँदैन।

त्यस्तै निर्वाचन आयोगको अनुमति लिई उम्मेदवारले निर्वाचन क्षेत्र वा उम्मेदवार भएको क्षेत्रमा बढीमा दुई वटा दुईपाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ। 

आयोगले आफैँ अनुगमन गरेर पनि आचारसंहिता विपरीतको गतिविधि नियन्त्रण गरिरहेको छ। केही दिनअघि आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि गत शनिबार स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर तीन थान जफत गरेको थियो ।

राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १५:०५
##Election
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्