Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल
उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख २७, २०७९
Sher Bahadur Deuba

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेको छ।

सभापति देउवाले अपिल जारी गर्दै कांग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गरेको छ। 

अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न उनले आह्वान गरेको छ।

कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ। नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ।

“नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ। यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ”, उनले अपिल गरेको छ ।

अपिलमा भनिएको छ ‘‘कांग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ।’’ 

कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प कांग्रेसले लिएको सभापति देउवाले उल्लेख गरेको छ।

सभापति देउवाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड–१९ महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैतभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको सो अपिलमा उल्लेख गरेको छ। 

उनले अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजनाबाट यही वैशाखभित्र पानी वितरण गरी काठमाडौँ नगरवासीको आकाङ्क्षा पूरा गर्न सरकार सफल भएको बताए । “कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित कांग्रेसले गरेको छ। सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ। संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन्। भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन्”, सभापति देउवाद्वारा जारी अपिलमा उल्लेख छ।

स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै सङ्घ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्नेतर्फ कांग्रेस क्रियाशील हुने उनले जनाएको छ। 

सभापति देउवाले स्थानीय तहलाई कानूनतः सवल र समृद्ध बनाउने प्रतिबद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्ट पारेको छ।

सभापति देउवाले अपिलमा भनेको छ, “कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । अरु कुरा गर्छन्, हामी काम गर्छौँ। सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर हाम्रो मूलमन्त्र हो। यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन अपिल गर्दछु।”

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:५८
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्