Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन : देशभर मतदान शुरु
स्थानीय तह निर्वाचन : देशभर मतदान शुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख ३०, २०७९
Election

काठमाडौँ । आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरुआत भएको छ।

‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका  छन्।

आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो। सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका  छन् ।

आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् ।

यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक  अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

प्रदेश १ मा ३३ लाख ४७ हजार ३४८, मधेसमा ३३ लाख, ३१ हजार १७०, बागमतीमा ३४ लाख १२ हजार ८६९, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७, कर्णालीमा १० लाख एक हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।

यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए। निर्वाचनमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला गरी कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्।
 
तीन सय ९० निर्विरोध निर्वाचित

निर्वाचनमा हालसम्म ३९० निर्विरोध निर्वाचित भएका छन् । मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।

निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो । यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो।

वैशाख १२ गते उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच तथा उजुरीउपर जाँचबुझ र निर्णय, १६ गते उम्मेदवारी फिर्ता र १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो।

निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए भने १४ वटा दलले एउटा पनि उम्मेदवारी मनोनयन दर्ता नगराएको आयोगले जनाएको छ। यसपटकको निर्वाचनमा हरियो मसीले मतपत्रको छपाइ गरिएको छ ।

निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयम्सेवक र ५ हजार पर्यवेक्षक खटिइएको निर्वाचन आयोगले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०८:३३
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्