सप्तरी । छिन्नमस्ता गाउँपालिका सप्तरीको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन्।
अध्यक्ष पदमा निर्वाचित विद्दानन्द चौधरी मात्र २५ वर्षीय जोशिला युवा हुन् ।
निर्वाचित चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाएका थिए।
त्यस्तै, उपाध्यक्ष पदमा भने नेकपा माओवादी केन्द्रकी राजु देवी यादव २ हजार ४ सय ७२ मतकासाथ निर्वाचित भएकी छन् भने
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत पाइकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ०८:४४