काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले ४० हजारको हाराहारी मत प्राप्त गरेर अग्रतालाई कायमै राखेको छ ।
स्वतन्त्र उम्मेदवार साहले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई झण्डै दोब्बर मतल उछिनेको देखिन्छ।
बिहानसम्मको मत परिणाम अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत मात्र प्राप्त रेको छ ।
कांग्रेसकी सिंह नेकपा एमालेका स्थापित भन्दा ५ सय १ मतकाे अन्तरले अगाडि छिन् भने स्थापित अहिले तेस्रो स्थानमा आएका छन्।
कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९ सय ३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४ सय ३५ मत अन्तरले स्वतन्त्र उम्मेदवार साह अगाडि रहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ०९:५६