कञ्चनपुर । भीमदत्त नगरपालिका कञ्चनपुरको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
मेयरपदमा नेपाली कांग्रेसका पदम बोगटी र उप मेयर पदमा कांग्रेसकै निलम लेखक विजयी भएकी छन्।
मेयर पदमा बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरेर विजयी बनेके हो भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरेका थिए ।
त्यस्तै राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत ल्याएका थिए भने एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४ सय ५२ मत मात्रै प्राप्त गरेका थिए।
उप मेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २ सय १६ मत ल्याएर विजयी बनेकी हुन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत ल्याएका थिए भने नेकपा एमालेकी भुवन कुवँरले ७ हजार ९ सय ९० र राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७ सय ७२ मत प्राप्त गरेकी थिइन्।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ ०८:४९