जनकपुरधाम । ऐतिहासिक नगरी जनकपुरधाम उप-महानगरपालिका धनुषाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् ।
प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४ सय ६५ मत ल्याएर मेयर पदमा निर्वाचित भएको हो।
नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ९ हजार ५ सय ३२ मत प्राप्त गरेर दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ५ हजार ३ सय ६० मत पाएर तेस्रो स्थानमा रहेका छन्।
उप मेयर पदमा नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५ सय २५ मत पाएर निर्वाचित भएका छन् भने दोस्रो स्थानमा रहेकी नेकपा एमालेका उम्मेदवार रुणादेवी झाले १० हजार ८ सय ८५ मत प्राप्त गरेकी थिइन्।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १८:५६